काठमाडौं । पूर्वी नवलपरासीको कावासोतीमा ४० वर्षको पुरुषसँग १६ वर्षकी छोरीको विवाह गराइदिएको आरोपमा प्रहरीले बालिकाकी आमासहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरले बालिकाको भाउजूले दिएको उजुरीको छोरीलाई दबाब दिएर विवाह गराउने आमा, दुई जना सानीमा र एक जना सानोबुबासहित विवाह गर्ने पुरुषलाई पनि समातेको हो । मंसिर २९ गते आफ्नो […]
बारा । पूर्वपश्चिम राजमार्गको बारा जिल्ला स्थित ३ नम्बर पुलमा बस र ट्रक ठोक्किँदा भएको दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ ३ नम्बर पुल नजिक काठमाडौँतर्फ जाँदै गरेको बा ३–००१ख २५८७ नम्बरको बस र हेटौडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक एक आपसमा ठक्कर […]
रुपन्देही । रुपन्देहीबाट प्रहरीले हतियारसहित दुई जनालाई पक्राउ गरेको छ । सोमबार रुपन्देहीको तिलोत्तमा वडा नम्बर ८ स्थित गणेश नगरको करैया सामुदायिक वनबाट हतियारसहित स्थानीय दीपक परियार र कर्ण बहादुर परियारलाई पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार उनीहरूको साथबाट भरुवा बन्दुक नाल २ थान, धातुको गोली, छर्रा ३२ पिस, फलामको काटिएको स-साना […]
जनकपुरधाम ।मधेस प्रदेशको अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७९/८० मा गैरकानुनी रूपमा रकमान्तर गरेको र स्थानीय तहहरूलाई अनुदान पठाएको पाइएको छ। आर्थिक वर्षको अन्तिमतिर बजेट कार्यक्रमको ‘अर्थ विविध’ शीर्षकमा राखिएको ३ अर्ब ३४ करोड २३ लाख ८ हजार ३४१ रुपैयाँ अर्थ मन्त्रालयले विभिन्न मन्त्रालय तथा स्थानीय तहमा पठाएको थियो। त्यो रकम कानुन, नियम र कार्यविधि मिचेर […]
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले संघीय निजामती ऐन संसदमा दर्ता हुने चरणमा रहेको बताएकी छिन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । उनले संघीय निजामती ऐन मन्त्रीपरिषद्बाट पास भएर संसदमा दर्ता हुने चरणमा रहेको स्पष्ट पारिन् । उनले भनिन्, ‘अब हाउसमा छलफल भएको कुरामा समन्वयात्मक छलफल […]
सिरहा । सिरहाको मिर्चैया नगरपालिका-७ मा अवस्थित श्री बाबुजी राय जुनाई ठाकुर माध्यमिक विद्यालयमा शुद्ध खानेपानीका लागि फिल्टर जडान गरिएको छ । जनमत पार्टीकी नेतृ एवं प्रदेश सांसद भाग्यश्री चौधरी र जनमत नेता तथा मिर्चैया खानेपानी संस्थाका अध्यक्ष अंजय साहको पहलमा ईपीसी नेपाल नामक संस्थाले विद्यालयमा खानेपानीको फिल्टर मेसिन जडान गरिदिएको हो । फिल्टर जडान […]
जनकपुरधाम ।डा.सीके राउत नेतृत्वको जनमत पार्टीका भातृसंगठन अन्तर्गत पशु चिकित्सक जनमत संघको केन्द्रिय कार्यसमिति घोषणा भएको छ। मंगलबार काठमाडौंमा एक कार्यक्रम बिच डा.मोगल प्रसाद साहको नेतृत्वमा पशुचिकित्सक जनमत संघ घोषणा भएका हुन। जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको । उक्त कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री तथा जनमत […]
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आजदेखि १० बजे नै कार्यालय पुग्ने र नियमित काममा खटिने उनको सचिवालयले जनाएको छ । सोही अनुसार प्रधानमन्त्री प्रचण्ड आज १० बजे नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा पुगेका छन् । राजधानी बाहिर जानुपरेको अवस्थामा वा अत्यन्त जरुरी अन्य कुनै काम परेकोबाहेक अबदेखि हरेक दिन १० बजे नै कार्यालय […]