२३ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

सिराहाका एसपी हेडक्वार्टरको छानविनमा

काठमाडौं । जिल्ला प्रहरी कार्यालय, सिराहाका एसपी सन्तोष आचार्यमाथि प्रहरी प्रधान कार्यालयले छानविन थालेको छ । स्थानीय बिचौलिया नरेश साहसँग मिलेर गैरव्यवसायिक गतिविधिमा लागेको आरोप आचार्यमाथि छ । साहलाई प्रहरी प्रधान कार्यालयको गोप्य टोलीले शनिबार पक्राउ गरेको छ । साह हुन्डी कारोबार तथा तस्करीको सेटिङ मिलाउने व्यक्तिका रूपमा चिनिन्छन् । उनको एसपी आचार्यसँग पनि निकटता […]

काठमाडौं। सत्तारुढ दल जनता समाजवादी पार्टी नेपाल(जसपा) फुटेको छ । आइतबार अशोक राईको नेतृत्वमा जसपा नाम राखेर दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइएको छ । संघीय संसद्‌मा प्रतिनिधित्व गर्ने ७ सांसदहरु राईसहित नवलकिशोर साह सुडी, रन्जु ठाकुर, वीरेन्द्र महतो, सुशीला श्रेष्ठ, प्रदीप यादव र हसिना खानले पार्टी विभाजन गरेका हुन्। साथै उनीहरुसँग २९ […]

काठमाडौँ । जापानी विदेशमन्त्री योको कामिकावा नेपाल आइपुगेकी छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएकी हुन् । उनी श्रीलंकाको दुई दिने भ्रमण सकेर नेपाल आएकी हुन् । उनलाई परराष्ट्र मन्त्रालयका अधिकारीले स्वागत गरे । उनी वैशाख १४ मा नै विदेश भ्रमणमा निस्किसकेकी छिन् । वैशाख १४-२४ सम्म माडागास्कर, आइभोरी कोस्ट, नाइजेरिया, फ्रान्स, श्रीलंका र […]

सिरहा । छिमेकी राष्ट्र भारतको विहार राज्यमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गरी नेपाल-भारत सीमा नाका आठ दिन बन्द गरिने भएको छ । विहारको मधुवनी जिल्लामा २५ वैशाख र ७ जेठमा गरी दुई चरणमा निर्वाचन हुँदैछ । जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार निर्वाचनको ७२ घण्टा पहिले सीमा नाका बन्द गर्नुपर्ने भएकाले पहिलो चरणको निर्वाचनका लागि शनिबार […]

काठमाडौं। अल नासेर ओभरसिजले दुईदेखि तीन लाख रुपैयाँसम्म लिएर कतारको इमदाद अलक्युबिदा कम्पनीमा पठाएका ५५ नेपाली कामदार भोकभोकै अलपत्र परेका छन् । जसमा महिलासमेत छन् । कम्पनीले तलब नदिनुका साथै खाने व्यवस्थासमेत नगर्दा उनीहरूको बिजोग भएको हो । उनीहरूलाई कम्पनीले ३ देखि ५ महिनासम्मको तलब दिएको छैन । दोहास्थित नेपाली दूतावासले खानाको व्यवस्था गर्न अल नासेर ओभरसिज र इमदाद […]

महोत्तरी। मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा आज श्रद्धापूर्वक वासन्ती छठ मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन व्रतालुले निराहार व्रत सुरु गरेका छन् । यसअघि गत शुक्रबार चैत शुक्ल चौथी (चतुर्थी)का दिन ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गरेका व्रतालुले हिजो शनिबार पञ्चमी […]

जनकपुरधाम । तराई मधेशका जिल्ला तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै छ । यो पर्व शीतलताको प्रतिक हो । नव वर्षको शुभारम्भसँगै हरेक वर्ष वैशाख २ गते तराईरमधेश क्षेत्रमा जुड़शीतल मनाइन्छ । आज एकाबिहानै शीतल जल घरको ज्येष्ठ व्यक्ति तथा मान्यजनले आफूभन्दा सानोको टाउकोमा छर्केर आशीर्वाद दिने चलन छ । यो पर्वको उद्देश्य सूर्यको […]

काठमाडौं। माइतीघर क्षेत्र लक्षित निषेधाज्ञा हटाइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले गत फागुन ४ गते दुई महिनाका लागि लागु गरेको माइतीघरदेखि बानेश्वर क्षेत्रसम्मको निषेधाज्ञा हटाएको जानकारी दिएको हो। प्रशासनले हाललाई सुरक्षा चुनौती विश्लेषणको आधारमा निषेधाज्ञा हटाएको बताएको छ।