जनकपुरधाम । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौँमा भएको राप्रपाको प्रदर्शनमा दमन गर्न सुरक्षा निकायलाई निर्देशन नदिएको बताएका छन् । मधेश प्रदेशमा पुगेका लामिछानेले जनकपुरधाममा आयोजित मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठीको समापन सत्रमा बोल्दै सुरक्षा निकायलाई दमन गर्न निर्देशन नदिएको दाबी गरेका हुन् । उनले भने, ‘अधिकतम लचकता र सहनशीलता देखाउन भनेको छु । प्रदर्शन गर्दा […]
विरगञ्ज। पर्साका छुट्टाछुटै स्थानमा आज बिहान आगलागी हुँदा करिब रु १२ लाख बराबरको क्षति भएको छ । धोबिनी गाउँपालिका– ३ गुलरियामा आज बिहान आगलागी हुँदा करिब रु नौ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । विद्युत् सर्ट भई स्थानीय सुरेन्द्र पटेलको घरबाट सुरु भएको आगलागी फैलिएर पटेलसहित स्थानीय फरिन्द्र पटेल, हनिफ मियाँ धोवी, मनिफ […]
बाँके। बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौना ललहीका ४५ वर्षीय टेकराज थारूको दैनिकी तरकारी गोडमेल र स्याहारसुसारमै बित्ने गर्दछ। उनको आम्दानीको स्रोत नै खेतबारी हो। टेकराजका धेरै साथीहरु रोजगारीका लागि विदेश पुगेका छन्। कतिपय साथी मजदुरी गर्न नेपालगञ्जमा भौँतारिरहेका छन्। उनले भने तरकारी खेती छोडेर रोजगारी गर्नेतिर कहिल्यै सोचेनन्। “मेरो जागिर भने पनि रोजगारी भने पनि […]
वीरगंज। वीरगंज महानगरपालिकासहितको संयुक्त अनुगमन टोलीले वीरगंजको नेशनल मेडिकल कलेजको प्रयोगशालामा म्याद गुज्रिएको ‘केमिकल’ र ‘रिएजेन्ट’ प्रयोग भएको फेला पारेको छ। संयुक्त अनुगमन टोलीले आज वीरगंजमा अवस्थित मेडिकल कलेजको ल्याबमा प्रयोग भएका ३३ थरिका केमिकल र रिएजेन्टसहित मेडिकल कलेजका प्रबन्ध निर्देशक र ल्याब प्रमुखलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केशर न्यौपानेले […]
जनकपुरधाम । धनुषा निर्माण व्यवसायी संघको अध्यक्षमा पुनः अशोक कुमार चौधरी निर्वाचित भएका छन् । चौधरी २३९ मत ल्याएर संघको अध्यक्षमा निर्वाचित भएका हुन् । चौधरी दोस्रो पटक निर्माण व्यवसायी संघको अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी रमेश कुमार यादवले १७५ मत ल्याएका छन् । रमेश पनि कांग्रेस निकट छन् । रमेशलाई कांग्रेस […]
जनकपुरधाम । धनुषा निर्माण व्यवसायी संघमा नेतृत्वका लागि आज मतदान हुँदैछ । जनकपुरधामस्थित उद्योग बाणिज्य संघमा विहान साढे १० बजेबाट मतदान सुरु भएको हो । संघको ११ सदस्यीय कार्यसमितिका लागि मतदान भइरहेको छ । मतदानस्थलमा ठूलो तामझाम देख्न सकिन्छ । उम्मेदवारहरु ठूला ठूला प्रचार सामग्री सडकमा झुण्ड्याएका छन् । संघको अध्यक्षका लागि चार जनाबीच कडा […]
जनकपुरधाम । धनुषाको एक विद्यालयले आफ्ना भिडियो डकुमेन्ट्री सार्वजनिक गरेको छ। जिल्लाको विदेह नगरपालिका-६ तिनकौरिया चोकस्थित श्री जनता नमूना माध्यमिक विद्यालयमा आयोजना एक कार्यक्रमबिच बिहिवार भिडियो डकुमेन्ट्री सार्वजनिक गरेको छ। सो कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष राधेश्याम गोइत यादवको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा विकास तथा समन्वय एकाइ धनुषाको प्रमुख चेत कुमार पोखरेलको प्रमुख अतिथ्यमा सम्पन्न भएको […]
जनकपुरधाम । धनुषा निर्माण व्यवसायी संघको नयाँ नेतृत्व छनौटका लागि भोलि निर्वाचन हुन गइरहेका छन् । आठ वटा पदमा भोलि उद्योग बाँणिज्य संघको परिसरमा बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन अधिकृत कामेश्वर झाले जानकारी दिए । उनका अनुसार बिहान ८ बजेदेखि बेलूका ५ बजेसम्म मतदानको लागि समय निर्धारण गरिएको छ । जम्मा ११ सदस्य […]