२३ बैशाख २०८३, बिहिबार
07-05-2026 , Thu
×

मधेशमा जनमतलाई मुख्यमन्त्री दिन एमाले–माओवादी तयार

जकपुरधाम ।नेकपा एमाले र माओवादी केन्द्र मधेश प्रदेश सरकारबाट फिर्ता हुने भएका छन् । एमालेका एक प्रदेश सांसदका अनुसार आइतबार सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । मधेशमा जसपा नेपालका नेता सराेजकुमार यादव नेतृत्वकाे सरकार ढाल्न एमाले र माओवादीले समर्थन फिर्ता लिएका हुन् । मधेशमा यादव सरकार ढाल्ने र नयाँ सरकार गठन गर्नेबारे एमाले […]

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । आइतबार अपरान्ह बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारबाट बाहिरिने साथै समर्थन फिर्ता लिने निर्णय गरेको हो । भोलि बस्ने केन्द्रीय कमिटी बैठकले यसबारे अझ परिपक्व निर्णय गरी औपचारिकरूपमा सार्वजनिक गरिने जसपाका एक नेताले बताए । […]

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जसपा नेपाललाई सरकारबाट हटाउने तयारी गरेका छन् । उनले उपप्रधानमन्त्री तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई राजीनामा गर्न सन्देश पठाएको स्रोतले बताएको छ। आज मधेस प्रदेश सरकारबाट माओवादीका दुई जना मन्त्रीले मुख्यमन्त्री सरोज कुमार यादवलाई राजीनामा बुझाएपछी उपेन्द्र यादव नैतिक संकटमा समेत परेका छन् । स्रोतका अनुसार उनलाई दबाब बढाउनकै […]

जनकपुरधाम । मधेस प्रदेश सत्ता परिवर्तन अन्तिम चरणमा पुगेको छ । आइतबार एमाले र माओवादी केन्द्र सरकारबाट बाहिरिएका छन् । अब सरकारमा जसपा नेपाल मात्रै छ । प्रदेश सभामा जसपा नेपालको १९ सिट छ । यो दल आफैँ केही दिनअघि विभाजित भएको थियो । नवगठित जसपामा कति सांसद जानेछन् भन्ने प्रष्ट छैन । लोसपा तथा […]

जनकपुरधाम । नेकपा एमाले र नेकपा माओवादी केन्द्र मधेश सरकारबाट बाहिरिने भएका छन् । दुई पार्टीले आइतबार नै मधेश सरकार छाड्ने तयारी गरेको एक नेताले जानकारी दिए। मधेशमा जनता समाजवादी पार्टी नेपालका नेता सरोजकुमार यादव मुख्यमन्त्री छन् । उनी नेतृत्वको मन्त्रिपरिषदमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी छन् । नेपाली काँग्रेस, जनमत पार्टी […]

रौतहट। जिल्लाका बजार सम्बन्धित निकायले अनुगमन नगरेका कारण उपभोक्ताहरू त्यसको प्रत्यक्ष मारमा परेका छन् । स्थानीय पालिकाहरूले समेत बजार अनुगमनमा चासो नदिएका कारण उपभोक्ताहरूले मार खेप्नु परिरहेको गुनासो आउन थालेको छ । विशेष गरेर पछिल्लो समय रौतहटका बजारमा म्याद गुज्रेका खाद्यवस्तुको बिक्री वितरण तीव्र रुपमा बढेको भएपनि सम्बन्धित निकायले बजार अनुगमन गर्नेतर्फ ध्यान दिन नसक्दा […]

काठमाडौं। नेकपा एमाले सर्लाहीका सदस्य डा. नवलकिशोर साह आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन्। साहलाई आजपा अध्यक्ष प्रभु साहले आइतबार पार्टीमा प्रवेश गराएका हुन्। उनलाई आजपा अध्यक्ष साहले टिका खादा लगाएर स्वागत गरे। पार्टीमा स्वागत गर्दै साहले उनलाई प्रवेशको उज्जवल राजनीतिक भविष्यको शुभकामना दिए।

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–२ का २५ वर्षीय सुनिल शाही मृत्यु घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले शंकास्पदमाथि सोधपुछ गर्ने कार्य भइरहेको छ। शाहीको घोडाघोडी नगरपालिका–४ स्थित नयाँ बाटो पुनःस्थापना केन्द्र (सुधारगृह)मा बुधबार बिहान मृत्यु भएको थियो। पीडित परिवारले शाहीको सुधारगृहमा कुटपिट गरेर हत्या गरिएको आरोप लगाएको छ। ‘शरीरभर ठाउँ […]