जनकपुरधाम । नेकपा एमाले र नेकपा माओवादी केन्द्र मधेश सरकारबाट बाहिरिने भएका छन् । दुई पार्टीले आइतबार नै मधेश सरकार छाड्ने तयारी गरेको एक नेताले जानकारी दिए। मधेशमा जनता समाजवादी पार्टी नेपालका नेता सरोजकुमार यादव मुख्यमन्त्री छन् । उनी नेतृत्वको मन्त्रिपरिषदमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी छन् । नेपाली काँग्रेस, जनमत पार्टी […]
रौतहट। जिल्लाका बजार सम्बन्धित निकायले अनुगमन नगरेका कारण उपभोक्ताहरू त्यसको प्रत्यक्ष मारमा परेका छन् । स्थानीय पालिकाहरूले समेत बजार अनुगमनमा चासो नदिएका कारण उपभोक्ताहरूले मार खेप्नु परिरहेको गुनासो आउन थालेको छ । विशेष गरेर पछिल्लो समय रौतहटका बजारमा म्याद गुज्रेका खाद्यवस्तुको बिक्री वितरण तीव्र रुपमा बढेको भएपनि सम्बन्धित निकायले बजार अनुगमन गर्नेतर्फ ध्यान दिन नसक्दा […]
काठमाडौं। नेकपा एमाले सर्लाहीका सदस्य डा. नवलकिशोर साह आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन्। साहलाई आजपा अध्यक्ष प्रभु साहले आइतबार पार्टीमा प्रवेश गराएका हुन्। उनलाई आजपा अध्यक्ष साहले टिका खादा लगाएर स्वागत गरे। पार्टीमा स्वागत गर्दै साहले उनलाई प्रवेशको उज्जवल राजनीतिक भविष्यको शुभकामना दिए।
कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–२ का २५ वर्षीय सुनिल शाही मृत्यु घटनाको प्रहरीले अनुसन्धान सुरु गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले शंकास्पदमाथि सोधपुछ गर्ने कार्य भइरहेको छ। शाहीको घोडाघोडी नगरपालिका–४ स्थित नयाँ बाटो पुनःस्थापना केन्द्र (सुधारगृह)मा बुधबार बिहान मृत्यु भएको थियो। पीडित परिवारले शाहीको सुधारगृहमा कुटपिट गरेर हत्या गरिएको आरोप लगाएको छ। ‘शरीरभर ठाउँ […]
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले तत्काल सरकारबाट समर्थन कायमै राख्ने भएको छ । आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटमा उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहेका जसपाका अध्यक्ष यादवले सरकारलाई दिएको समर्थन कायम रहने बताएका हुन् । आफूले उपप्रधानमन्त्रीको हैसियतमा प्रधानमन्त्री ‘प्रचण्ड’सँग भेटेको र देशको समसामयिक तथा अमेरिका भ्रमणलगायतको विषयमा कुराकानी भएको यादवले बताएका […]
जनकपुरधाम ।सप्तरीमा जनता समाजवादी पार्टी (जसपा) नेपालसहित विभिन्न पार्टी परित्याग गर्दै दर्जनौं नेता तथा महिला नेतृ जनमत प्रवेश गरेकी छिन् । जिल्लाको कंचनरुप नगरपालिका-१० बदगामा र भोडहाका दुई दर्जनभन्दा बढी नेता तथा महिला नेतृहरु जनमत पार्टी प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा अमला देवी गुप्ता ,जगिरा खातुन,अफसना खातुन ,रिना देवी मुखिया,कोपिला कुमारी मुखिया ,सुलेखा […]
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजित भएर बनेको अशोक राई नेतृत्वको ‘जसपा’ (प्रस्तावित) का उपमहासचिव प्रदीप यादवले उपेन्द्र यादवका कारण आफूहरूले नयाँ दल दर्ता गरेको बताउनुभएको छ । पार्टीमा एकलौटी रुपमा निर्णय गर्ने गरेको आरोप लगाउँदै उहाँले जसपा नेपाल उपेन्द्र यादवको प्राइभेट लिमिटेड कम्पनी भएको टिप्पणी गर्नुभएको छ । नेपाली […]
काठमाडौं । निर्वाचन आयोगले नवगठित जसपा पक्षधरका प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई सनाखतका लागि उपस्थित हुन बोलाएको छ । आयोगले मंगलबार सार्वजनिक सूचना जारी गर्दै जनता समाजवादी पार्टी नेपालको तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यलाई २१ दिनभित्र सम्बन्धित प्रदेस वा जिल्ला निर्वाचन कार्यालयमा सनाखतका लागि उपस्थित हुन बोलाएको हो । आयोगले जेठ […]