०१ फाल्गुण २०८२, शनिबार
14-02-2026 , Sat
×

राष्ट्रिय योजना आयोग देश दौडाहमा

काठमाडौं । १६औँ योजनाका लागि सुझाव लिन राष्ट्रिय योजना आयोगले पहिलो चरणमा चार प्रदेशमा छुट्टाछुट्टै टोली परिचालन गरेको छ । आयोजगका सदस्यहरुको नेतृत्वमा परिचालित टोलीले मंगलबार मधेस, बागमती, गण्डकी र सुदूरपश्चिममा सुझाव संकलन गर्दैछन् । चार प्रदेशका स्थानीय सरकार र निजी क्षेत्रसँग सुझाव लिँदै आयोगले गण्डकी प्रदेशमा आयोग सदस्य डा. रामकुमार फुयाँलको नेतृत्वमा टोली परिचालन […]

काठमाडौँ । जुवा खेल्दै गरेको अवस्थामा एकै रातमा ३९ जना पक्राउ परेका छन् । मङ्गलवार काठमाडौँ, स्याङ्जा, डडेल्धुरा र अछामबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । काठमाडौँको नागार्जुन नगरपालिका-२ ठुलोभर्‍याङस्थित गैरिगाउँ नजिक डेरा गरी बस्ने सिन्धुपाल्चोक तातोपानी घर भएकी ३७ वर्षीया साङ्गु शेर्पाको कोठामा जुवातास खेलिरहेको अवस्थामा शेर्पासमेत ६ जनालाई मङ्गलवार साँझ प्रहरीले पक्राउ गरेको […]

काठमाडौं । नेपालमा सञ्चालित उच्च प्रभाव सामुदायिक विकास परियोजनाको सफल कार्यान्वयनको २० वर्ष पुगेको उपलक्ष्यमा भारतीय राजदूतावासले भारत सरकारको अनुदान सहयोगमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निर्मित मंगलादेवी बर्थिङ (प्रसुति) सेन्टर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्रतिनिधिहरुलाई हस्तान्तरण गरेको छ । नेपाल सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महत, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी तथा नेपालका […]

सर्लाही । धनकौल गाउँपालिकाका एक जना वडाध्यक्ष पुर्पक्षमा कारागार चलान भएका छन् । सर्लाही जिल्ला अदालतका न्यायाधीश सूर्यबहादुर थापाको इजलासले ज्यान मार्ने उद्योगमा धनकौल गाउँपालिका–५ का वडाध्यक्ष गजेन्द्र महतोलाई पुर्पक्षमा कारागार चलान गर्न आदेश दिएको हो । केही महिनाअघि केही मानिस घाइते हुने गरी गाउँमै भएको कुटपिटको घटनामा महतो समेत संलग्न रहेको भनी जिल्ला प्रहरी […]

झापा । झापाको कनकाई र शिवसताक्षी नगरपालिकामा कम लागतमा हुने छरुवा धानखेतीको प्रयोग सफल भएको छ । यो प्रविधिबाट गरिएको खेतीले उल्लेखनीय लाभ हुने भएकाले किसान र विज्ञ उत्साही बनेका छन् । कनकाई नगरपालिका–५ का ज्ञानेन्द्र शिवाकोटीले पहिलोपल्ट छरुवा धान लगाएका थिए । “डुब्नु होला, कस्तो फल्ला भनेर सुरुमा गाउँलेले सचेत गराएका थिए”, उनले भने, […]

जनकपुरधाम । धनुषामा अपहरण गरेर अनगिन्ती कपाली तमसुक कागजमा हस्ताक्षर गराएको घटनामा प्रहरी प्रशासनले असहयोग गरेको आरोप लगाइएको छ । धनुषा हँसपुर नगरपालिका- ४ मनिपट्टीका रामअशिष दासले आफुलाई औरही नगरपालिका -१ पौडेश्वरका रामविलास दास कथवनियासहितका व्यक्तिहरुले अपहरण गरेर कुटपिट गर्दै तमसुकमा हस्ताक्षर गराएको घटनामा प्रहरी प्रशासनले असहयोग गरेको आरोप लगाएका छन् । जनकपुरधामस्थित पुलचोकमा पसल […]

जनकपुरधाम । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत यतिखेर मधेश प्रदेशका जिल्लाहरुमा विभिन्न पार्टीका नेताकार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउनमा व्यस्त देखिएको छ।अध्यक्ष डा.राउतसहितको पार्टीका नेताकार्यकर्ताहरुले मिसन २०८४ को केन्द्र बिन्दु बनाएर पार्टीको संगठन मजबुत बनाउनमा ध्यान दिएको छ। अध्यक्ष डा.राउतले यस अघि सप्तरी ,सिरहा र सर्लाही जिल्लामा विभिन्न पार्टीका करिब ४ हजार भन्दा बढी नेताकार्यकर्ताहरुलाई आफ्नो […]

काठमाडौँ । कार्यालय समयभन्दा ढिलो आउने कर्मचारीलाई फूलले स्वागत गरिएको छ । पटक-पटकको निर्देशनपछि पनि केही कर्मचारी कार्यालय समयमा उपस्थीत नभएपछि दाङको लमही नगरपालिकाका मेयर जोगराज चौधरीले फुलले स्वागत गरेका हुन् । मेयर चौधरीका अनुसार आज २० जना कर्मचारीले फुल पाएका छन् । उनीहरू विभिन्न कारण देखाउँदै पन्छिन खोजेका थिए । पालिकामा कार्यरत कर्मचारीहरू समयमा […]