२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

मधेश विशेष

जनकपुर रेल्वे: मुआब्जा विवाद चर्कियो

न्युजमधेस डेस्क जनकपुरधाम,१९ साउन। नेपाल रेल्वे कम्पनी लिमिटेडले जनकपुर–जयनगर–बर्दिबास रेल्वे ट्र्याक निर्माणका क्रममा मुआब्जा विवाद चर्किएको छ । ट्र्याकका लागि अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरणमा ठगी गरेको भन्दै रेल्वे पीडित संघर्ष समितिले विरोध प्रदर्शन गरेका छन् । बिहीबार जनकपुरधामस्थित नेपाल रेल्वे विभागको कार्यालय परिसरमा विरोध प्रदर्शन गर्दै उनीहरुले प्रतिकठ्ठा १५ लाख रुपैयाँ दिने भनिए पनि […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१९ श्रावण। डा सिके राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको राजिनामा माग गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साइकल खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेपछि जनमत पार्टीले मुख्यमन्त्री राउतको राजिनामा माग गरेका हुन्। ‘हामीले सुरुदेखि नै भन्दै आएका छौं बेटी पढाउ, बेटी बचाउ कार्यक्रममा ब्यापक भ्रष्टाचार […]

न्युजमधेस डेस्क रौतहट,१८ साउन। रौतहटको मौलापुर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले कार्यालयको मर्यादा र अनुशासनलाई मिचेर टिकटक बनाउदै गरेको फोटो बाहिर आएको छ। नगरपालिका कार्यालयको प्रतिष्ठा र मर्यादालाई बिर्सिएर अधिकृत साह र उनको श्रीमती रानी साहले (टिकटक अनुसार) कार्यालयमै नांचगान गर्दै टिकटकमा मस्त बन्न थालेको पाईएको हो। मौलापुर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत […]

न्युजमधेस डेस्क जनकपुरधाम,१६ साउन। जनकपुरधाममा आइतबारदेखि झुलन महोत्सव सुरु भएको छ । १३ दिनसम्म चल्ने महोत्सव जानकी मन्दिर सहित अधिकांश मन्दिरमा रामजानकीको मूर्तिलाई झुलामा राखेर झुलाउने गरिन्छ । उत्सव मनाउन जानकी मन्दिर लगायत अधिकांश मन्दिरलाई विशेष रुपले सजाइएको छ । प्रत्येक वर्ष साउन महिनामा जनकपुरमा यो उत्सव हुने गरेको छ । जनकपुरधामलाई मन्दिर र पोखरीको […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१५ श्रावण। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १७ कि शान्तिदेवी महरा आइतबार काखे नानीसहित आएर सडकमै सुतिन् । जनकपुरधामस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि सडकमै सुतेर उनले नानीलाई आफ्नो छातीमा सुताइन् । ‘दुई धुर गाउँ ब्लकको जग्गामा सानो टहरा बनाएर बस्दै परिवारका चार जना आएका छौं’ उनी भन्छिन्, ‘सरकारले पटक–पटक जग्गा उपलब्ध गराउने […]

धनुषा,१५ साउन। जनकपुरधाममा भूकम्पको धक्का महसुस भएको छ । आइतबार बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् लोकविजय अधिकारीका अनुसार खोटाङको मार्तिमबिर्तालाई केन्द्रविन्दु बनाएर ८ बजेर १३ मिनेटमा ६ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौं उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा […]

न्युजमधेस डेस्क जनकपुरधाम,१४ श्रावण। धानखेती गरेका कञ्चनपुरका किसानलाई युरिया मल अभाव भएको छ । युरिया मल अभाव भएपछि किसानलाई गुणस्तरहीन भारतीय युरिया मल बजार मूल्यभन्दा दोब्बर तिरेर खेतमा हाल्नुपर्ने बाध्यता भएको छ । कृष्णपुर नगरपालिका–५ का किसान जग्गु चौधरीले युरिया मल नपाइदा एक हजार ६०० बढी तिरेर भारतबाट अवैधरूपले ल्याइएको मल खेतबारीमा हाल्नुपरेको बताए । ‘अनुदानको मल पाइएन’, उनले भने, […]

न्युजमधेस डेस्क जनकपुरधाम,१४ साउन। धनुषाको शहीदनगर नगरपालिकामा अनुमगनको लागि अनुगमन टोली पुग्दा व्यवासायी पसल बन्द गरी फरार भएका छन् । यदुकुहामा शुक्रवार हुने भनिएको बजार अनुगमनको सूचना बाहिरिएपछि व्यवसायीहरु फरार भएका कारण अनुगमन समिति रित्तो हात फर्केको छ । जिल्ला प्रशासन कार्यालय धनुषाको नेतृत्वमा यदुकुहामा अनुगमन टोली पुग्नु भन्दा पहिला साना देखि ठूला पुरै बजार […]