२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

मधेश विशेष

प्रदेश २ को रौतहटमा जनशक्ति अभावमा आईसीयू र भेन्टिलेटर प्रयोगविहीन

न्यूजमधेश डेस्क रौतहट , २८ वैशाख । प्रदेश २ को रौतहट जिल्लाको गौर अस्पताल भवनको माथिल्लो तल्लामा १० बेडको आईसीयू र ४ वटा भेन्टिलेटर मेसिन छ । हेर्दा सबै सामान नयाँ छन् । तर दुर्भाग्यस् कोरोनाको संक्रमण तीव्र रुपमा बढेको र बिरामीको उपचारमा कठिनाइ भइरहेका बेला यी आईसीयू र भेन्टिलेटर प्रयोगविहीन छन् । गौर अस्पताल […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२३ बैशाख । प्रदेश नं २ सरकारद्वारा जनकपुरधाम उपमहागरपालिका–१४ मा प्रयोगमा नरहेको मणिपाल शिक्षण अस्पताल भवनलाई कोरोना उपचार अस्पतालमा रूपान्तरण गर्ने गृहकार्य शुरू गरिएको छ । सरकारद्वारा सो भवनमा २० आइसियुसहित १०० शय्याको कोरोना अस्पताल सञ्चालन गर्ने जनाइएको छ । सोका लागि प्राविधिक प्रक्रिया अगाडि बढाइएको र सम्पूर्ण प्रक्रिया पूर्ण गरी २० […]

न्यूजमधेश डेस्क कैलाली ,२२ बैशाख । धनगढी उपमहानगरपालिका–२ को दीपटोल र कृष्णनगर नजिकै दुई स्थानमा गरी तीन बिघाभन्दा बढी जमीन लिज (भाडा)मा लिई व्यावसायिकरूपमा तरकारी खेती गर्दै आएका एक स्थानीयवासी कृषक खेतमा उत्पादन भएको तरकारी खेर जाने भन्दै चिन्तित भएका छन् । महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको निषेधाज्ञाले तरकारी बजार […]

न्यूजमधेश डेस्क काठमाडौं,१५ बैशाख । सरकारले जनता समाजवादी पार्टीसँग भएको समझदारीअनुसार जसपाका नेता तथा कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको जानकारी सरकारका प्रवक्ता पार्वत गुरुङले बुधबार दिएका हुन्। गुरुङका अनुसार जसपाका १२० जना नेता कार्यकर्ताहरुको मुद्दा फिर्ता लिइएको छ। जसपाका नेता तथा कार्यकर्ताका १५ वटा मुद्दा […]

न्यूजमधेश डेस्क कंचनपुर ,१५ बैशाख । प्रलोभनमा पारेर भारततर्फ लग्दै गरेका १२५ महिला बेचबिखन हुनबाट जोगिएका छन् । माइती नेपाल कञ्चनपुरले सीमानाका गड्डाचौकी र झोलुङ्गे पुल हुँदै भारततर्फ लैजाँदै गरेका महिलाको रोकथाम गरी घर फिर्ता पठाएको हो । गत १४ महिनाको अवधिमा भारततर्फ प्रलोभनमा परेर लग्दै गरेका महिलाको सीमानाकामा रोकथाम गरिएको माइती नेपालका कञ्चनपुर संयोजक […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१२ बैशाख ।डा सीके राउत नेतृत्वको जनमत पार्टीले कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम गरेको छ। आइतबार जिल्लाको डाक्नेश्वरी नगरपालिकामा डा रबिन्द्र कान्त मण्डलको अध्यक्षतामा भएको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथिमा जनमत पार्टीको राष्ट्रिय उपाध्यक्ष ई . वसन्त कुशवाहा रहेको थियो । त्यसैगरी विशिष्ट अतिथीमा पार्टीको केन्द्रिय सदस्य निर्मल मण्डल ,सुरेन्द्र […]

न्यूजमधेश डेस्क सिरहा,१२ बैशाख । सिरहाको लक्ष्मीपुर पत्तारी गाउँपालिका वडा नम्बर २ पर्सा टोलमा आगलागी हुँदा करीब ५० लाखभन्दा बढी मूल्य बराबरको क्षति भएको छ । स्थानीय रवीन्द्र साहको घरबाट गएराति अचानक सल्केको आगो फैलिएर आगलागी हुँदा सचिन्द्र, वीरेन्द्र, आनन्द, लाले, धीरेन्द्र, लछुराम र रामलोचन साह लगायतको आठ घर जलेर खरानी भएको प्रहरीले जनाएको छ […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१२ बैशाख । सिरहाको कल्यानपुर नगरपालिका र धनुषाको कमला नगरपालिकामा जनप्रतिनिधिले लगाएको ताला अझै खुलेको छैन । जनप्रतिनिधिबीचको आन्तरिक विवादका कारण पालिकामा भएको तालाबनदी अझै खुल्न नसकेको हो । जनप्रतिनिधिहरुले भागवण्डा नमिल्दा लगाएको तालाबन्दीका कारण जनता मारमा परेका छन् । तालाबन्दीले पालिकाको सम्पूर्ण कामकाज ठप्प छ । स्थानीय सर्वसधारण पालिकामा काम विशेषले आएर […]