०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

मधेश विशेष

प्रदेश २ : जनप्रतिनिधिले लगाएको ताला अझै खुलेनन्

न्यूजमधेश डेस्क जनकपुरधाम,१२ बैशाख । सिरहाको कल्यानपुर नगरपालिका र धनुषाको कमला नगरपालिकामा जनप्रतिनिधिले लगाएको ताला अझै खुलेको छैन । जनप्रतिनिधिबीचको आन्तरिक विवादका कारण पालिकामा भएको तालाबनदी अझै खुल्न नसकेको हो । जनप्रतिनिधिहरुले भागवण्डा नमिल्दा लगाएको तालाबन्दीका कारण जनता मारमा परेका छन् । तालाबन्दीले पालिकाको सम्पूर्ण कामकाज ठप्प छ । स्थानीय सर्वसधारण पालिकामा काम विशेषले आएर […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१० बैशाख । अहिले नेपालमा राजनीतिक मोह बढ्दै गएको छ। राजनीतिमा आउने र केहि समयभित्रै जनताको मत लिई जनप्रतिनिधी बनेर जनतालाई नै बिर्सने क्रम बढ्दो छ । नेताहरु अहिले आफ्नो स्वार्थमै रहमाइरहँदा धनुषाका एक जना सांसद भने आफ्नो क्षेत्रलाई राम्रो बनाउने अभियानमा लागिपरेका छन् । धनुषाको क्षेत्र नम्बर २ बाट प्रतिनिधीसभा सदस्यमा निर्वाचित […]

मनोज मोरबैता जनकपुरधाम ,१० बैशाख । पछिल्लो समय जताततै स्थानीय तहमा तालाबन्दी हुने क्रम बढेको छ । जनताको सबैभन्दा नजिकको निकायको रुपमा रहेको स्थानीय तहमा हुने तालाबन्दीका कारण सेवाग्राहीले सास्ती पाउने गरेका छन् । त्यस्तै स्थानीय विकासका योजनाहरु समेत अवरुद्ध हुने गरेका छन् । यता धनुषाको कमला नगरपालिकामा विभिन्न वडाका चार जना वडाअध्यक्षहरुले कार्यालयमा तालाबन्दी […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,९ बैशाख ।डा सीके राउत नेतृत्वको जनमत पार्टीको गत चैत्र २८ गते जनकपुरधाममा सम्पन्न महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको सपतग्रहण कार्यक्रम सम्पन्न भएको छ। आजबाट सुरु भएको जनमत पार्टीका केन्द्रिय कार्यसमितिको बैठकमा महाधिवेशनबाट नवनिर्वाचित पदाधिकारीहरुलाई आज वरिष्ठ नेतृत्व मण्डलका केन्द्रिय संयोजक अशोक सिंहले सपतग्रहण गराएको पार्टीका राष्ट्रिय उपाध्यक्ष अब्दुल खानले बताए। उनले भने, […]

न्यूजमधेश डेस्क  जनकपुरधाम , ७ बैशाख । धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा भवन निर्माण मापदण्ड विपरीत संरचनाहरु निर्माणको काम तिब्र भएको पाईको छ । उपमहानगर र त्यहाँका कर्मचारीहरुले लापरबाही ढंगले घर नक्सा पास गर्ने गरेको कारण यहाँ बन्ने संरचनाहरु मापदण्ड विपरीत भएका हुन् । उपमहानगरपालिकाका ईन्जिनियर विरेन्द्र यादवले लापरबाही ढंगले घर नक्सा पास गर्ने गरेको कारण विगत […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,६ बैशाख । उदाउँदो सूर्यलाई अघ्र्य दिँदै श्रद्धा, निष्ठा र लोकआस्थाको वासन्ती छठ पर्व आज सम्पन्न भएको छ । चैत शुक्लपक्षकोे षष्ठी तिथिका दिन हिजो अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिएका बर्तालुले आज बिहान उदाउँदो सूर्यलाई दोस्रो अघ्र्य दिँदै पर्व सम्पन्न गरेका हुन् । यसअघि गत शुक्रबार चौथीका दिन ‘नहाय–खाय’ विधिबाट व्रत सङ्कल्प […]

न्यूजमधेश डेस्क सर्लाही ,५ बैशाख । उत्तरी चुरे क्षेत्रका बासिन्दाले खानेपानीको सङ्कट झेल्दै आएका छन् । वर्षेनी सुक्खा मौसममा त्यस क्षेत्रका बासिन्दाले खानेपानीको अभाव व्यहोरिरहेका हुन् । सुक्खा याम शुरु भएपछि चुरे क्षेत्रका धारा, इनार, कुवालगायत खानेपानीका स्रोत सुक्ने गरेको स्थानीयवासीले बताएका छन् । चुरे डाँडा छेउछाउका बस्ती र चुरे डाँडा छेउछाउका बस्तीमा फागुनदेखि नै […]

न्यूजमधेश डेस्क राजविराज, ५ बैशाख । सप्तरीको छिन्नमस्ता गाउँपालिका वाड नम्बर ४ ललापट्टीमा जनमत पार्टीको २१ सदस्य टोल समिति र महिला वडा समिति गठन गरिएको छ । सोही वडाका जनमत पार्टीको अध्यक्ष धर्मदेव यादवको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा महिला समितिको अध्यक्षमा सुमित्रा देवी रजक लाई चयन गरिएको छ । टोल समितिको अध्यक्षमा सत्य नारायण शर्मालाई […]