२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

मधेश विशेष

सप्तरीमा निषेधाज्ञा र लकडाउनका कारण घरमै मनाइयो बकर इद

नानीमैया कटवाल राजविराज ,१७ श्रावण । सप्तरीका इस्लाम धर्मावलम्बीले आफ्नै घरघरमा बसेर आज ‘बकर इद ९इदुल जोहा०’ मनाएका छन् । कोरोना महामारीका कारण ठूलो सङ्ख्यामा मस्जिदमा भेला भएर तथा इष्टमित्रलाई घरमा बोलाएर यस वर्षको ‘बकर इद’ मनाउन नपाएपछि इस्लाम धर्मावलम्बीले घरपरिवारमा सीमित भएर पर्व मनाएका हुन् । देशमा लकडाउन खुलेपछि दोस्रो महान् पर्व हर्षोल्लासपूर्वक मनाउने […]

गोपाल बराल महोत्तरी, १५ श्रावण ।साउन शुक्लपक्ष शुरु हुनासाथै महोत्तरीसहितका मिथिला क्षेत्रमा बढ्ने राखी रक्षाबन्धन पर्वको चहलपहल यसपटक भने देखिएको छैन । कोविड–१९ को महाव्याधीको त्रासले अझै राम्ररी सार्वजनिक यातायात सञ्चालनमा आएका छैनन् र यसले गर्दा सीमा क्षेत्रको (नेपाल–भारत) आउजाउ पनि सहज छैन । सिनेमा घरहरु सञ्चालनमा आएका छैनन् भने घरचोकमा पनि राखीको रौनक देखिएको […]

न्यूजमधेश सम्बादाता सर्लाही ,१५ श्रावण ।हरिपुर नगरपालिका वडा नम्बर ९  हजार बिघा मूर्तियामा पोखरी खन्ने क्रममा पुरातात्विक महत्वका आकृति फेला परेका छन् । पोखरी खन्ने क्रममा नजीकै रहेको माटोको ढिस्को सम्याउँदा तीन तला भएको एक फिट उचाइ भएको शिवलिङ्ग र शिवलिङ्गको भाग फेला परेको वडाध्यक्ष तुलसी लुइँटेलले जानकारी दिनुभयो । मूर्तियामा ऐतिहासिक मुक्तेश्वर महादेवको मन्दिर […]

न्यूजमधेश सम्बादाता कैलाली , १४ श्रावण । लगातारको वर्षापछि तीन वटा नदीमा आएको बाढी गाउँ पसेपछि कैलालीमा एक सय भन्दा बढी घरहरु डुबानमा परेका छन् । कान्द्रा, काडा र पथरैया नदीमा आएको बाढी बस्तीमा छिरेपछि कैलालीको भजनी र जोशीपुरका घरहरु डुबानमा परेको स्थानीयले जानकारी दिएका छन् । जोशीपुरमा काडा नदी गाउँ पसेपछि २५ भन्दा बढी […]

न्यूजमधेश सम्बादाता सर्लाही,१३ श्रावन । डा सीके राउत नेतृत्वको जनमत पार्टी सर्लाहीले संगठन विस्तार अभियानलाई निरन्तरता दिएको छ । पार्टीले सर्लाहीका विभिन्न स्थानीय तह तथा वडाहरुमा संगठन विस्तार अभियानलाई निरन्तरता दिएको हो । सो क्रममा कविलासी नगरपालिका वडा नं ८ मा पार्टीले वडास्तरीय समिति गरेको छ ।मंगलबार बैजु साहको अध्यक्षतामा २० सदस्य वडा समिति विस्तार […]

कैलाश दास जनकपुरधाम, १३ श्रावण । आइसोलेसनमा छटपटिएर ज्यान गुमाएका राजु सदा र हिरासतमै मृत फेला परेका शम्भु सदाको न्यायका लागि जनकपुरधाममा थाली तथा सिटी जुलुस प्रदर्शन गरिएको छ । संयुक्त दलित संघर्ष समितिका संयोजक चन्देश्वर दासको नेतृत्वमा जनकपुरको  जनक चोकबाट निस्केको थाली तथा सिटी जुलुस शिव, भानु, कदम चोक हुँदै जिल्ला प्रशासन कार्यालय अगाडिमा […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१३ श्रावण ।धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा एक किशोरीमाथि बलात्कार भएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरले दिएको जानकारी अनुसार सोमबार राति क्षीरेश्वरनाथ नगरपालिका–३ मङ्गलपुर बस्ने १८ वर्षीया एक किशोरीमाथि बलात्कार भएको हो । राति १० बजे शौच गर्न घरबाट निस्केको मौका छोपी आफूलाई डर धाकधम्की दिएर क्षीरेश्वरनाथ नपा–३ मङ्गलपुर बस्ने २८ वर्षीया कलाम […]

न्यूजमधेश सम्बादाता सर्लाही ,१२ श्रावण । सागरनाथ वन विकास परियोजनाका क्षेत्रमा अवैध रुपमा बनाइएका घरटहरा भत्काइएको छ । परियोजनाको नेतृत्वमा सर्लाहीकोे वाग्मती नगरपालिका–५ टेकानीस्थित अवैध रुपमा बनाएको ८० घरटहरा आइतबार भत्काएको हो । परियोजनाको जमिनमा छरपस्ट रुपमा घर बनाइ बसेका सुकुम्वासीलाई वाग्मती नगरपालिका– ४ जिरायत र वडा नं ५ टेकानीमा एकत्रित बस्ती बनाएर राख्ने सहमति […]