न्यूजमधेश सम्बादाता काठमाडौं,१५ श्रावण । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यमाथि प्रश्न उठाएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत बागी उम्मेदवार, उम्मेदवारी खोसिएका र निर्वाचनपछि पार्टीको आन्तरिक विवादमा परेका व्यक्तिलाई विधानको एउटै दफा प्रयोग गरी कारवाही गरेको जनाउँदै समितिको कार्यमाथि प्रश्न उठाएका हुन् । नेता पौडेलले गत निर्वाचनमा पार्टीका आधिकारिक […]
न्यूजमधेश सम्बादाता काठमाडौं, १४ श्रावण ।जनता समाजवादी पार्टीकी सांसद लीलादेवी सिटौलाले आज बुधबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी छन् । सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद सचिवालयस्थित कृषि समितिको हलमा सिटौलालाई सपथ गराएका छन् । जनता समाजवादी पार्टीले सांसद सरिता गिरीलाई कारबाहीमा गरी समानुपातिक पद्धतितर्फ उनको ठाउँमा ललितपुर महानगरपालिका–१३ कि सिटौलालाई सांसद बनाउने निर्णय गरेको […]
न्यूजमधेश सम्बादाता सर्लाही,१३ श्रावन । डा सीके राउत नेतृत्वको जनमत पार्टी सर्लाहीले संगठन विस्तार अभियानलाई निरन्तरता दिएको छ । पार्टीले सर्लाहीका विभिन्न स्थानीय तह तथा वडाहरुमा संगठन विस्तार अभियानलाई निरन्तरता दिएको हो । सो क्रममा कविलासी नगरपालिका वडा नं ८ मा पार्टीले वडास्तरीय समिति गरेको छ ।मंगलबार बैजु साहको अध्यक्षतामा २० सदस्य वडा समिति विस्तार […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१२ श्रावण । जनता समाजवादी पार्टीका प्रमुख सचेतक एवम् संघिय सांसद उमाशंकर अरगरियाले कमला नदी तटबन्धको निरीक्षण गरेका छन् । सोमबार सांसद अरगरियाले कमला नदि तटबन्धको निरीक्षण गर्न रामघाट जानुभएको थियो ।त्यसैगरी हथामुंडा , लक्कर ,टरीया हुदै सघरासम्मको तटबन्ध निरीक्षण गरेका हुन्। सो निरीक्षणमा कमला नदि नियन्त्रण आयोजना धनुषाको प्रतिनिधि ई महेश […]
न्यूजमधेश डेस्क काठमाडौं, १२ श्रावण । निलम्बित सांसद सरिता गिरीको ठाउँमा लीलादेवी सिटौला सांसद बनेकी छिन् । निर्वाचन आयोगले सोमबार जनता समाजवादी पार्टीको सिफारिसअनुरूप खस–आर्य समूहको रिक्त भएको सरिता गिरीको स्थानमा सोही समूहको २ नम्बरमा नाम रहेकी लीलादेवी सिटौलालाई निर्वाचित घोषणा गरेको हो । सरिता गिरीले देशको भूअखण्डतासँग सम्बन्धित निसान छाप परिवर्तनका लागि भएको संविधान […]
मनोज मोरबैता जनकपुरधाम ,११ श्रावण । डा सीके राउत नेतृत्वको जनमत पार्टी महोत्तरीले जिल्लाको विभिन्न नगरपालिकामा संगठन विस्तार धामधम भैरहेको छ । शनिबार भन्हा नगरपालिका वडा नम्बर ६ हतिसर्बामा पार्टीको नगर प्रमुख रितेश कुमार साहको अध्यक्षतामा बसेको बैठकमा संतोष कुमार पासवानको संयोजकत्वमा ३५ सदस्यीय वडा समिति गठन गरिएको छ । वडा समितिको सह-संयोजकमा राकेश कुमार […]
एम के माझी सप्तरी,८ श्रावण । दैनिक संक्रमित फेला पर्दै गई कोरोना समुदायमा फैलिने सम्भावना बढ्दै गएपछि स्थानिय प्रशासनले राजविराज नगरपालिका क्षेत्रमा बिहीबारदेखि अनिश्चितकालिन निषेधाज्ञा जारि गरेको छ । बुधबार प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले बिहीबार बिहान ५ बजेदेखि नगरक्षेत्रमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । उक्त आदेशको […]
न्यूजमधेश डेस्क जनकपुरधाम,४ साउन । बाढीबाट जनधनको क्षति न्यूनिकरण गर्नको लागि पूर्वी धनुषाको शहिद नगर नगरपालिकामा सुरक्षाकर्मीहरुले शनिबार पूर्वतयारी तथा प्रतिकार्य अभ्यास गरेको छ । युनिसेफको सहयोगमा लाइफ नेपालद्वारा शहिदनगर नगरपालिकामा बाढीबाट जनधनको क्षति न्युनिकरण तथा प्रतिकार्य अभ्यास कार्यक्रम गरिएको हो । लाइफ नेपालले उपलब्ध गराएको सामग्रीहरुको सहयोगका सुरक्षाकर्मीहरुले प्रतिकार्य अभ्यास गरेका थिए । सशस्त्र […]