०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

राजनीति

सिरहामा रहेको सौर्या सिमेन्ट उद्योगमा कार्यरत मजदुर पुनः आन्दोलित

न्युजमधेस डेस्क सिरहा,५ साउन। सिरहाको मिर्चैयामा रहेको सौर्या सिमेन्ट उद्योगमा कार्यरत मजदुरहरु पुनः आन्दोलित भएका छन् । पहिले भएको सहमति अनुसार तलव, सुरक्षा र सुविधाको माग गर्दै कर्मचारीहरु आन्दोलित भएको हो । मजदुरहरु गत मंसिरमा १२ बुदें माग राख्दै आन्दोलित भएका थिए । त्यसपछि उद्योगको व्यवस्थापन पक्ष र मजदुरवीच सहमति भएको थियो । सहमति लागु […]

न्युजमधेस डेस्क जनकपुरधाम,५ साउन। जाँड–रक्सी खाने तथा बिक्री वितरणसमेत रोक्न आ–आफ्नै निर्णय गरेका छन् । डाेटीका पालिकाले केआईसिंह गाउँपालिकाको वडा नम्बर ७ सलेनाले जाँड–रक्सी बिक्री गर्ने तथा खानेलाई ढुङ्गा बोकाउने निर्णय गरेको छ । यस वडामा कसैले जाँड–रक्सी खाएकाे पाइए १५ दिन र बिक्री गर्नेलाई वडा कार्यालयसम्म एक महिना ढुङ्गा बोकाउने निर्णय गरिएको वडाध्यक्ष दिलबहादुर […]

न्युजमधेस डेस्क काठमाडौ,५श्रावण। विश्वभरको पासपोर्ट मूल्यांकन गर्ने हेन्ली पासपोर्ट इन्डेक्स २०२२ अनुसार अरु देशसँगै विश्वकै कमजोर राहदानी (पासपोर्ट) को सूचीमा नेपाल पनि रहेको छ । रिपोर्टमा नेपाल विश्वकै कमजोर सूचीमा पर्दै १०६ औं स्थानमा देखिएको छ । पासपोर्टको अब्बल अर्थात शक्तिशाली पासपोर्टको पहिलो सूचीमा जापान रहेको छ भने सबैभन्दा कमजोर पासपोर्टको सूचीमा अफगानिस्तान ११२ औँ […]

न्युजमधेस डेस्क एजेन्सी,५श्रावण। युक्रेन हमालाका क्रममा हालसम्म १५ हजार रुसी सेनाको मृत्यु भएको छ। त्यसक्रममा ४५ हजार रुसी सेना घाइते भएको अमेरिकाले अनुमान गरेको सीआईएका निर्देशक विलियम बर्नसले बताएका छन् । रुसी हमलामा किभले ठूलो क्षति सामना गरेको पनि उनले बताएका छन् । ‘अमेरिकी खुफिया समुदायको पछिल्लो अनुमानमा १५ हजार रूसी सेना मारिएका र त्यसको […]

न्युजमधेस डेस्क काठमाडौ,५श्रावण। काठमाडौँबाट फोहोर संकलन अनियमित बन्दै गएका बेला आजबाट एक हप्ता ठप्प हुने भएको छ । नुवाकोटको सिसडोलदेखि बञ्चरेडाँडा ल्यान्डफिल साइटसम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले एक साता फोहोर व्यवस्थापनको काम रोकिएको काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै जनाएको हो । योसँगै एक साताका लागि उपत्यकाको फोहोर संकलन ठप्प भएको छ […]

न्युजमधेस डेस्क काठमाडौ,४श्रावण। विश्वभरको पासपोर्ट मूल्यांकन गर्ने हेन्ली पासपोर्ट इन्डेक्स २०२२ अनुसार अरु देशसँगै विश्वकै कमजोर राहदानी (पासपोर्ट) को सूचीमा नेपाल पनि रहेको छ । रिपोर्टमा नेपाल विश्वकै कमजोर सूचीमा पर्दै १०६ औं स्थानमा देखिएको छ । पासपोर्टको अब्बल अर्थात शक्तिशाली पासपोर्टको पहिलो सूचीमा जापान रहेको छ भने सबैभन्दा कमजोर पासपोर्टको सूचीमा अफगानिस्तान ११२ औँ […]

न्युजमधेस डेस्क जनकपुरधाम,४श्रावण। उखरमाउलो गर्मीबीच पानी परेपछि महोत्तरीसहित मधेसमा राहत मिलेको छ । करिब तीन सातापछि आज दिउँसो पानी परेपछि यहाँका किसानले राहतको सास फेरेका छन् । पानीबेगर रोपेको धान रोपोमै पहेँलिँदै जाँदा र थप रोपाइँ गर्न नपाएर पिरोलिएका किसानमा आजको वर्षाले अब खेती गर्न पाइने आश जागेको छ । महोत्तरीमा १५ असारयता आज पानी […]

न्युजमधेस डेस्क जनकपुरधाम,४श्रावण। परीक्षा दिन आएका छात्रामाथि दुर्व्यवहार गरेको भन्दै हेटौंडा क्याम्पसमा विद्यार्थीहरुले तोडफोड गरेका छन् । मंगलबार मकवानपुर बहुमुखी क्याम्पसबाट हेटौंडा क्याम्पसमा बिएड दोस्रो वर्षको परीक्षा दिन आएका २ जना छात्राहरुलाई चिट लिएर आएको भन्दै क्याम्पस प्रशासनले दुर्व्यवहार गरेको आरोप छ । हेटौंडा क्याम्पसका दुई कर्मचारीले चिट ल्याएको भन्दै मकवानपुर बहुमुखी क्याम्पसका छात्राहरुको छौ […]