२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

राजनीति

सर्वाेच्चकाे निर्णयले दलीय शासनको हत्या गरी द्वन्द्व चर्कायाे : पुर्वमन्त्री प्रभु साह

न्यूजमधेश डेस्क काठमाडौं,२८ असार। पूर्वमन्त्री प्रभु साहले सर्वोच्च अदालतको फैसलाले दलीय शासन प्रणालीको हत्या गरी देशमा द्वन्द्व चर्काएको बताएका छन् । सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गर्ने निर्णय गरेपछि प्रतिक्रिया जनाउदै पूर्वमन्त्री साहले सर्वोच्च अदालतको संसदमा दलिय व्हिप न लाग्ने आदेश यो ब्यवस्थाकै विडम्बना भएको बताएका हुन् । दलीय शासन व्यवस्था प्रणालीमा दलीय अनुशासन लागू हुँदैन […]

न्यूजमधेश डेस्क काठमाडौं,२९ असार । नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले दिएको परमादेशको कार्यान्वयन असम्भव रहेको टिप्पणी गरेका छन् । अदालतको आदेशले देश राजनीतिक द्वन्द्वमा प्रवेश गरेको बताउँदै उनले आदेश कार्यान्वयन असम्भव रहेको भनेका हुन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै बस्नेतले कार्यकर्तालाई माइतीघर मण्डलामा भेला भएर फैसलाको विरोध जनाउन पनि आह्वान गरेका छन् […]

न्यूजमधेश डेस्क काठमाडौं ,२८ असार । सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ । पाँच सदस्यीय संवैधानिक इजलासले सोमबार दिउँसो यस्तो आदेश जारी गरेको हो । सर्वोच्चको यो आदेशसँगै प्रतिनिधिसभा पुनस्स्थापित भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले निवेदकको मागबमोजिम […]

न्यूजमधेश डेस्क काठमाडौं,२८ असार । नेपाली कांग्रेसले सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सर्वोच्च अदालतको फैसला विवेकपूर्ण रहेको भन्दै कांग्रेसले फैसलाको स्वागत गर्ने बताए । उनले भने, ‘राष्ट्रपति, प्रधानमन्त्रीको आवेगपूर्ण कदमलाई विवेकपूर्ण तरिकाले सच्याएको छ ।’ प्रवक्ता शर्माले कांग्रेस नेतृत्वको सरकार गठनको बाटो खोलेको अवस्थामा अब सरकार निर्माण हुने भन्दै […]

न्यूजमधेश डेस्क काठमाडौं,२७ असार । एमालेको विवाद मिलाउन आज बिहानैदेखि बसेको कार्यदल बैठक करिव १३ घण्टापछि १० बुँदे सहमति गरेको छ । विहान ९ बजेदेखि बसेको कार्यदलले पार्टीभित्र देखिएको विवाद समाधानका लागि १० बुँदे सहमति गरेको हो । एमाले एकतावद्ध रुपमा अगाडि बढ्नेगरी सहमति कायम भएको उपाध्यक्ष भीम रावलले जानकारी दिए । उनले भने,‘कार्यदलको तर्फबाट […]

न्यूजमधेश डेस्क काठमाडौं, २७ असार । निर्वाचन आयोगले पुष्पकमल दाहाल नेतृत्वको नेकपा (माओवादी केन्द्र) को वैधानिकता कायम रहने निर्णय गरेको छ । एमाले नेता टोपबहादुर रायमाझी र प्रभु साहलगायतको योजनामा अधिवक्ता सरोज बुढाथोकीले असार २३ मा दिएको निवेदन निर्वाचन आयोगले खारेज गरिदिएको हो । त्यसैगरी, अर्का निवेदक भविसोर पराजुलीले असार २५ गते माओवादी केन्द्रको लेटरप्याड […]

न्यूजमधेश डेस्क काठमाडौं,२७ असार। प्रधानमन्त्री केपी शर्मा ओलीले वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्‍घाटन गरेका छन्। आइतबार बिहान प्रधानमन्त्री ओलीले वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्‍घाटन गरेका हुन्। अस्पतालका प्रमुख डा. जागेश्वर गाैतमले कोभिड-१९ महामारीका बाबजुद् अस्पतालको भवन तोकिएको समयभन्दा अगाडि नै निर्माण सम्पन्न भएको जानकारी दिए। नवनिर्मित भवनबाट अस्पतालले आधुनिक चिकित्सा प्रणाली अपनाइ सेवामा […]

न्यूजमधेश डेस्क काठमाडौं ,२६ असार । नेकपा (एमाले) भित्र देखिएका विवाद समाधानको निष्कर्षमा पुगेको छ ।सिंहदरबारमा आज विवाद समाधान गर्न गठित कार्यदलको बैठकले दलभित्र देखिएका समस्या समाधान निष्कर्षतिर पुगेको जनाएको हो । विवाद समस्या समाधान गर्दै दलले आइतबार पार्टीका आमकार्यकर्तालाई एकताको सन्देश दिँदै छ । वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबाट कार्यदलका सदस्य गोकर्णराज विष्ट दलभित्रको […]