न्यूजमधेश डेस्क काठमाडौं,२५ असोज।अफगानिस्तानमा दर्जनौँ महिला अधिकारकर्मीले राजनीतिक तथा सामाजिक समावेशिताको माग गर्दै प्रदर्शन गरेका छन्। तालिवानले गठन गरेको कामचलाउ सरकारमा महिला सहभागिताको माग गर्दै उनीहरूले राजधानी काबुलमा प्रदर्शन गरेका टोलो न्युजलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। नयाँ सरकारमा आफूहरूको भूमिका स्पष्ट नभएसम्म प्रदर्शन नरोक्ने अधिकारकर्मीहरूको अडान छ। ‘नयाँ सरकार र उनीहरूको शासनकालमा […]
न्यूजमधेश डेस्क काठमाडौं ,२३ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद्लाई पूर्णता दिए पनि उनको सरकार समावेशी बन्न नसकेको भन्दै आलोचना भएको छ । सरकार गठन भएको तीन महिनामा देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् तर पनि सरकार भने समावेशी चरित्रको नदेखिएको हो । देउवाको नेतृत्वमा गत २९ असारमा सरकार गठन भएको थियो । ८८ दिनमा […]
न्यूजमधेश डेस्क काठमाडौं,२२ असोज । जसपाका सांसद प्रमोद साह मन्त्री बन्नबाट वञ्चित भएका छन् । ८८ दिनमा प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिमण्डललाई पूर्णता दिएका छन् । मन्त्रिपरिषदको २५ जनाको कोटा पूरा नहुने बेलासम्म जसपाबाट मन्त्री बन्नेहरुमा सांसद साहको नाम चर्चामा थियो । कतिसम्म भने आज विहानसम्म साह मन्त्री बन्ने निश्चित प्राय भइसकेको थियो । समाचारमा […]
न्यूजमधेश डेस्क काठमाडौं,२२ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले १८ मन्त्री नियुक्ति गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले १९ मन्त्री नियुक्ति गर्नुभएको हो । मन्त्री नियुक्तिसँगै मौजुदा मन्त्रिपरिषद्मा भएका केही मन्त्रीहरूको जिम्मेवारीसमेत हेरफेर गरिएको छ । यसअघि कानुन मन्त्रालय सम्हाल्दै आउनुभएका ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ भने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई […]
न्यूजमधेश डेस्क काठमाडौं, २२ असोज । सत्ता गठबन्धनका दलहरुमा मन्त्रीको टुंगो लागेको छ । नेपाली काँग्रेसको रामचन्द्र पौडेल समूहबाहेक सबैले मन्त्रीको सूची प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाइसकेका छन् । मन्त्रीको टुंगो लगाउन दलहरुलाई निकै सकस परेको छ । टुंगो लागेपछि व्यापक असन्तुष्टि देखिएको छ । नेपाली काँग्रेसको पौडेल समूहले २ मन्त्रीको टुंगो लगाउन सकेको छैन । […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,२० असोज । डा सीके राउत नेतृत्वको जनमत पार्टीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोज बर्दिबासको कार्यालय घेराउ गरेको छ । भ्रष्टाचारीहरुमाथि कारबाही अगाडी बढाउन माग गर्दै जनमत पार्टीका नेताहरुले अख्तियारको कार्यालय घेराउ गरेका हुन् । उनीहरुले अख्तियारको कार्यालय अगाडी भ्रष्ट मुख्यमन्त्री लालबाबु राउतलाई कारबाही गर, भ्रष्टाचारका फाइलहरु दर्ता गर ,अख्तियार होसियार ,भ्रष्टाचारीलाई […]
न्यूजमधेश डेस्क काठमाडौं, १९ असोज । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी पनि सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको लोसपाले सरकारमा नजाने बताउँदै आएको थियो । तर, पछिल्लो समय प्रधानमन्त्री देउवाले लोसपाका शीर्ष नेताहरुसँगको छलफलमा सरकारमा सहभागी हुन गरेको आग्रहअनुसार लोसपा पनि सरकारमा जाने भएको छ । आज विहान […]
राजविराज, १७ असोज । सप्तरीको तिरहुत गाउँपालिकामा जनमत पार्टीको गाउँपालिका अधिवेशन शनिवार समपन्न भएको छ । सोही पालिकाको संयोजक सरोज यादवको अध्यक्षता तथा महिला जनमत संघकी संयोजक तथा पर्यवेक्षक शुशिला यादवको प्रमुख आतिथ्यमा आयाेजना गरिएकाे अधिवेशन कार्यक्रममा २१ सदस्यीय समिति गठन गरिएको हो । तिरहुत गाउँपालिकाको प्रांगणमा आयोजना गरिएको अधिवेशनमा अध्यक्षमा सरोज कुमार यादव, उपाध्यक्षमा […]