२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

विचार

आजदेखि काठमाडौको फोहोर एकहप्तासम्म ठप्प हुने

न्युजमधेस डेस्क काठमाडौ,५श्रावण। काठमाडौँबाट फोहोर संकलन अनियमित बन्दै गएका बेला आजबाट एक हप्ता ठप्प हुने भएको छ । नुवाकोटको सिसडोलदेखि बञ्चरेडाँडा ल्यान्डफिल साइटसम्म जाने करिब दुई किलोमिटर बाटो मर्मतको काम भइरहेकाले एक साता फोहोर व्यवस्थापनको काम रोकिएको काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै जनाएको हो । योसँगै एक साताका लागि उपत्यकाको फोहोर संकलन ठप्प भएको छ […]

न्युजमधेस डेस्क जनकपुरधाम,५श्रावण। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज सुदूरपश्चिम र प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षा हुने जनाएको छ । ‘सुदूरपश्चिम र प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने […]

न्युजमधेस डेस्क बाजुरा,४श्रावण। बाजुराको बडीमालिका नगरपालिका २ भौनेरामा बूढीगङ्गा नदीमा आएकाे बाढीले चार वटा घर बगाएकाे छ । मङ्गलवार राति परेकाे पानीका कारण बूढीगङ्गामा बाढी आउँदा चार वटा घर बगाएकाे नेपाल पत्रकार महासङ्घ बाजुराका सहसचिव गंगाराज पण्डितले जानकारी दिनुभएकाे छ । बाढीले खेत पनि बगाएकाे उहाँले बताउनुभयाे । क्षतिको बारेमा बुझ्न प्रहरीको टोली घटनास्थलतर्फ गइरहेको […]

न्युजमधेस डेस्क जनकपुरधाम,४श्रावण। उखरमाउलो गर्मीबीच पानी परेपछि महोत्तरीसहित मधेसमा राहत मिलेको छ । करिब तीन सातापछि आज दिउँसो पानी परेपछि यहाँका किसानले राहतको सास फेरेका छन् । पानीबेगर रोपेको धान रोपोमै पहेँलिँदै जाँदा र थप रोपाइँ गर्न नपाएर पिरोलिएका किसानमा आजको वर्षाले अब खेती गर्न पाइने आश जागेको छ । महोत्तरीमा १५ असारयता आज पानी […]

न्युजमधेस डेस्क कैलाली,४श्रावण। बिहानैदेखिको वर्षाले कैलालीको धनगढी बजार जलमग्न भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १, २, ३ र ५ का बस्ती डुबानमा परेका छन् । डुबानका कारण आउजाउ गर्न र व्यापार व्यवसाय सञ्चालन गर्न कठिन भएको छ । पानीको निकास नभएकाले वर्षा हुनासाथ डुबान हुने गरेको धनगढीका मेयर गोपाल हमालले जानकारी दिनुभयो । खोला, […]

न्युजमधेस डेस्क जनकपुरधाम,४ श्रावण। हाल देशभर सामान्य बदली भइरहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा सरदर स्थान भन्दा केहि उत्तरतिर र पश्चिमी भू-भागमा सरदरको आसपासमा अवस्थित हुँदा मौसममा बदली आएको मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ। महाशाखाकाअनुसार बुधबार बिहान देशका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेका छन्। लुम्बिनी प्रदेशका केही स्थानमा भने […]

न्युजमधेस डेस्क जनकपुरधाम,४ श्रावण। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश: मेष : आम्दानी हुनेछ। साथीभाइको साथ रहनेछ। मानसम्मान प्राप्त हुनेछ। वृष : आफ्नै बोलीको फन्दामा पर्ने सम्भावना छ। आफन्तको सहयोग मिल्नेछ। विद्याको क्षेत्रमा सफलता मिल्नेछ। मिथुन : आम्दानी र खर्च बराबर हुने देखिन्छ। रोग बढ्नेछ। कर्कट : प्रतिस्पर्धी सक्रिय छन्। सचेत […]

न्यूजमधेश डेस्क काठमाडौ,३ श्रावण ।चीनले कब्जा गरेको भूमि फिर्ताको माग गर्दै राष्ट्रिय एकता अभियानले भूमि व्यवस्थामन्त्री शशि श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको छ । अभियानका केन्द्रीय अध्यक्ष विनय यादवसहितको टोलीले मंगलबार सिंहदरबारस्थित भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयमा मन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको हो । हालै गोरखाको चुमनुब्री गाउँपालिका–१ को रुइला नाकामा चीन सरकारले दुई देशीय समन्वय […]