१६ बैशाख २०८१, आइतबार
28-04-2024 , Sun
×

विचार

महोत्तरीमा ट्रक र मोटरसाईकल ठोक्किएर चालकको मृत्यु, एक गम्भीर

न्युजमधेस डेस्क महोत्तरी,१८ साउन। जिल्लाको गौशाला नगरपालिका – ४ सुर्तिविकास नजिक ट्रकको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ भने एक जना गम्भिर घाइते भएका छन् । मृत्यु हुनेमा गौशाला नगरपालिका वडा नम्बर ४ रजखोर बस्ने दिलिप सहनी रहेको प्रहरीले जनाएको छ । गौशाला नगरपालिका वडा नम्बर ४ सुर्तिविकास नजिक आज(बुधबार) बिहान करिव ८ बजेको समयमा […]

न्युजमधेस डेस्क जनकपुरधाम,१८ साउन। कारोना संक्रमित संख्या बढ्दै गएपछि नेपालगञ्जस्थित नेपाल–भारत सीमा जमुनाह नाकामा सुरक्षा सतर्कता अपनाइएको छ । भारतबाट घर फर्किने नेपालीको सीमामा प्रभावकारी स्वास्थ्य जाँच कोरोना परीक्षण गर्ने गरिएको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीका अनुसार भारतमा दिनहुँ ठूलो संख्यामा कोरोना फैलिएकाले नेपालगञ्जमा सहजै भित्रिन सक्ने भएकाले भारतबाट […]

न्युजमधेस डेस्क साउन १८ गते। चितवनको नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ मौरीखोला पुलमा गएराति फेरि पहिरो खसेपछि बाटो अवरुद्ध भएको छ। २३ घण्टापछि मंगलबार राति पौने १० बजे पहिरो हटाएर सवारी आवागमन सुचारु गरिएको थियो। तर सोही स्थानमा राति साढे दुई बजेतिर पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको हो। भारतीय नम्बर प्लेटको एउटा मिनी ट्रकमा पनि […]

न्युजमधेस डेस्क डेस्क,१८ साउन। पहिरोबाट एकै घरपरिवारका पाँच जना पुरिएर मृत्यु भएको छन। म्याग्दीको मालिका गाउँपालिका-२ रुममा अविरल वर्षाको कारण मंगलबार बिहान पहिरो जाँदा एकै घर परिवारका ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने ३६ को घाम बहादुर बिक, उनकै श्रीमती ३४ वर्षीया राममाया बिक, उनकै छोराहरू १८ वर्षीय नवीन विक, […]

न्युजमधेस डेस्क साउन १८ गते। नारायणी नदीमा पानीको सतह बढ्न थालेपछि भारतले गण्डक बाँधको सबै ढोका खोलिदिँदा पूर्वी र पश्चिम नवलपरासीका ४० बढी गाउँ डुबानको जोखिममा परेका छन् । दुई दिनको लगातारको वर्षापछि भारतले पूर्वी नवलपरासीको त्रिवेणी ब्यारेजस्थित गण्डक बाँधका सबै ३६ वटै ढोका (फाटक) खोलेको हो । बाँधको ढोकाको चाबी सधैं भारतले राख्ने गरेको […]

न्युजमधेस डेस्क जनकपुरधाम,१७ श्रावण। उदयपुरको बेलका नगरपालिका–८ स्थित जिरो पाइन्टबाट सप्तकोसीको बाढी बस्तीतर्फ पस्न लागेको छ । निरन्तरको वर्षाका कारण सप्तकोसीमा आएको बाढीले कटान गर्दै लगेपछि बाढी बस्तीमा पस्ने खतरा बढेको हो । २०४५ सालमा कटान गरेकै स्थानबाट कोसीले कटान गर्न थालेपछि थप जोखिम बढेको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले कोसी अनलाइनसँग […]

न्युजमधेस डेस्क महोत्तरी,१७ साउन। महोत्तरीमा बोलबमका यात्रु बोकेको दुईवटा ट्रयाक्टर छुट्टाछुट्टै स्थानमा दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । सोमबार दिउँसो करिब सवा १ बजे महोत्तरीको बर्दिबास नगरपालिका–५ ढुंगेस्थित बोलबम यात्रु बोकेको ज १ त ६१३५ नम्बरको ट्रयाक्टर आफँै अनियन्त्रित भई दुर्घटना हुँदा धनुषाका १२ जना घाइते भएका छन् । यस्तै, दिउँसो करिब साढे […]

जनकपुरधाम,१६ साउन। गत शनिबार राती धनुषाको सबैला नगरपालिका वडा नं. १० स्थित भनिएको मोटरसाईकल दुर्घटना शंकास्पद देखिएको छ । प्रहरीले मोटरसाईकल दुर्घटना भएर धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर ५ पतनुका बस्ने बर्ष ३० को मुकेश कापरको मृत्यू भएको बताएपनि घटनामा शंका उत्पन्न भएको छ । मृतक मुकेश कापरका बुवा फुलहाई कापरले आफ्नो छोरालाई योजनावद्ध तवरले […]