१२ बैशाख २०८१, बुधबार
24-04-2024 , Wed
×

समाज

श्राद्धको भोजमा हुने खर्चले एम्बुलेन्स किन्ने निर्णय

न्यूजमधेश डेस्क सिरहा ,११ भाद्र। सिरहाका एक जना जनप्रतिनिधिले श्राद्धमा गर्ने खर्चले एम्बुलेन्स किन्ने निर्णय गरेका छन् । सिरहा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष इन्द्रजीत यादवले एक साताअघि बितेका आफ्ना हजुरआमाको श्राद्धको भोज नगर्ने र त्यो रकमले एम्बुलेन्स किन्ने बताएका छन् । ‘सुरुमा उहाँको श्राद्धको भोज गर्नुपर्छ भन्ने सबैको सहमति भयो’ वडाअध्यक्ष यादवले भने, […]

न्यूजमधेश डेस्क सिरहा,७ भाद्र। सिरहा लहान नगरपालिका–१४ बस्तीपुरका ८० वर्षीय फेकु महतोको ठूलो इच्छा थियो, नेपाली कांग्रेसका नेता प्रदीप गिरिलाई अन्तिम बिदाइ तथा श्रद्धाञ्जली अर्पण गर्ने । तर आफ्ना प्रिय नेताको पार्थिव शरीरमाथि श्रद्धाञ्जली अर्पण गर्ने उनको इच्छा त्यत्तिकै रह्यो । उपचारका क्रममा निधन भएका कांग्रेस नेता गिरिको निधनपछि काठमाडौँको पशुपति आर्यघाटमा अन्तिम बिदाइ गरेका […]

न्यूजमधेश डेस्क झापा,६ भाद्र । यहाँका पूर्वी र उत्तर क्षेत्रका सर्वसाधारणलाई अझै पनि जङ्गली हात्तीको त्रास छ । भारतबाट प्रवेश गर्ने जङ्गली हात्ती नियन्त्रण गर्न विश्व बैंकको सहयोगमा नेपाल सरकारले हात्ती प्रवेश गर्ने गौँडामा विद्युतीय तारबार गरे पनि जङ्गली हात्ती रोक्न सकिएको छैन । हालसम्म झापामा हात्तीको आक्रमणबाट ४८ नेपाली नागरिकको मृत्यु र गैर नागरिक […]

न्यूजमधेश डेस्क काठमाडौं ,६ भाद्र। आफ्नो बच्चाको ‘डिएनए’ परीक्षणको माग राख्दै आमरण अनसन बसेकी निहारिका राजपुत र सरकार बीचमा तीन बुँदे सहमति भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र राजपुतबीच आइतबार राति तीन बुँदे सहमति भएसँगै राजपुतले आमरण अनशन तोडेकी हुन् । उनीले कानुनमन्त्री गोविन्दप्रसाद कोइराला ‘बन्दी’ को उपस्थितिमा विगत १७ दिनदेखि […]

हरिशंकर शर्मा वीरगंज । वीरगञ्ज हेल्थ केयर अस्पतालले उपचारमा लापरवाही गरेको भन्दै बिरामीका आफन्तहरुले विरोध प्रदर्शनका साथै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । पर्साको छिपहरमाई गाउँपालिका–२ चेर्गाहा निवासी ३२ वर्षीय फिरोज मियाँ अन्सारीको उपचारमा लापरवाही गर्ने वीरगञ्ज हेल्थ केयर अस्पताल एवं चिकित्सकलाई कारवाहीको माग गर्दै विरोध प्रदर्शन गर्नुका साथै जिल्ला प्रशासन कार्यालय पर्सामा २ […]

न्यूजमधेश डेस्क जनकपुरधाम,५ भाद्र।मधेशी एकता समाजले भिजिट भिसामा संयुक्त अरब इमिरेट्स (यूएई) गएर अलपत्र परेका एक नेपालीलाई उद्धार गरेको छ। उनि सप्तरी जिल्लाको तोपा–कजौलीका ललित कुमार मण्डल हुन। आवश्यक सबै सहयोग गर्दै कानुनी प्रक्रिया पूरा गरेर एकता समाज यूएईका उपाध्यक्ष कृष्ण ठाकुरको पहलमा मण्डललाई गएको भदौ १ गते इन्डिगो एअरलाइन्सबाट बुधवार स्वदेश फर्काएकाे हो । […]

न्यूजमधेश डेस्क बाँके,५ भाद्र । खुला कारागारसम्बन्धी कार्यविधि नहुँदा यहाँस्थित खुला कारागारको संरचना प्रयोगविहीन अवस्थामा पुगेको छ । नेपालगञ्ज उपमहानगरसँग जोडिएको जानकी गाउँपालिका–६ स्थित गनापुरमा एक दशकअघि कारागार भवन निर्माण भएको थियो । बाँके जिल्ला कारागार प्रमुख रामकुमार सोनकरले खुला कारागार सञ्चालन कार्यविधि नबनेका कारण निर्माण भएका संरचना अझै प्रयोगमा आउन नसकेको जानकारी दिनुभयो । […]

न्यूजमधेश डेस्क ढल्केवर,४ भाद्र।धनुषाको शहीद नगरपालिका–५, पचहरवास्थित मुसहर टोलको एक मुसहर परिवार गरिबीका कारण बिचल्लीमा परेका छन् । मुसहर टोलका ३५ वर्षिय सत्रुधन सदाको परिवारका सदस्य खान, बस्न र लाउनु समस्याले बिचल्लीमा परेका हुन् । सदाको आर्थिक अवस्था दयनीय छ । आर्थिकरुपले लाचार सदाले बस्ने घरसमेत बनाउन नसक्दा विगत सात वर्षदेखि प्लाष्टिकले घेराबेरा गरिएको छाप्रोमा […]