२५ बैशाख २०८१, मंगलबार
07-05-2024 , Tue
×

समाज

धानबालीमा रोगको प्रकोप फैलिएपछि किसान चिन्तित

न्यूजमधेश डेस्क सप्तरी ,१० भदौ । एक महिनाअघि आएको बाढीले धान खेतीमा ठूलै क्षति पु¥याएको सप्तरीमा अहिले धान खेतीमा गवारो रोगको प्रकोप फैलिएपछि किसानहरु चिन्तित बनेका छन् । जिल्लाका सर्वाधिक धान खेती हुने पाँच स्थानिय तहमा गवारो रोगको प्रकोप फैलिएपछि किसानहरु थप चिन्तित बनेका हुन् । जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका, विष्णुपुर गाउँपालिका, बालन बिहुल गाउँपालिका, […]

गोपालप्रसाद बराल महोत्तरी,८ भदौ । धान खेत धाँजा फाटेर चिरा पर्दै जाँदा पिरोलिएका महोत्तरीका किसानलाई राहत भएको छ । आइतबार साँझदेखि झमझम परेको पानीले धानखेत टम्म भरिएपछि किसानले राहत महसुस गरेका हुन् । साउन मध्ययता राम्ररी पानी नपरेर भदौ लागेयता दिनहुँ चल्ने तातो बतासले खेत खङ्रङ सुकाएर धान पहेँलिन थालेपछि किसान पिरोलिएका थिए । “राम्रो […]

न्यूजमधेश सम्बादाता काठमाडौँ, ७ भदौ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले महिला हिंसा अन्त्यका लागि सामाजिक अभियान नै सञ्चालन गर्न प्रदेश र स्थानीय सरकारलाई आह्वान गर्नुभएको छ । जिल्ला समन्वय समिति महासंघ, नेपालले आज आयोजना गरेको ‘भर्चुअल’ कार्यक्रममा उहाँले सुःखी, समृद्ध र समुन्नत राष्ट्र निर्माणका लागि महिलामाथि हुने सबै प्रकारका विभेद अन्त्य हुनुको विकल्प […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,६ भदौ। धनुषासहितका मिथिला क्षेत्रमा कोभिड–१९ को सन्त्रासबीचनै आज चौरचन पर्व मनाइदैछ । मिथिलामा चन्द्रमाको पूजाआराधना गरिने यो मुख्य पर्व मानिन्छ । अहिले प्रदेश–२ का आठै जिल्लामा निषेधाज्ञा जारी छ । पछिल्लो पटक भदौ–१ गते नै जिल्ला प्रशासन कार्यालयहरुले भदौ–१० गतेसम्मलाई निषेधाज्ञा जारी गरेका छन् । महाब्याधीको सङ्क्रमण जोखिम बढ्दै जाँदा यसलाई […]

न्यूजमधेश सम्बादाता रौतहट,४ भदौ । रौतहटको एक मन्दिरका पुजारीलाई गोली हानी हत्या गरिएको छ । बुधबार राति करीब साढे ९ बजे माधवनारायण नगरपालिका वडा नम्बर २ खेसरहियाटोल स्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको कञ्चटमा गोली हानी हत्या गरिएको हो । पुजारी साहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार […]

न्यूजमधेश सम्बादाता महोत्तरी,१ भाद्र । नेपालबाट भारततर्फ चोरी निकासी गर्न लागिएका अवस्थामा महोत्तरी प्रहरीले आज २०० किलो मटर बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जलेश्वर नगरपालिका –३ स्थित भारतीय सीमा नजीकै प्रहरीले सात बोरामा राखिएको मटर बरामद गरेको हो । नेपालबाट भारततर्फ टाउकामा बोकेर लैजाँदै गरिएको मटर […]

दुर्गा देवकोटा टीकापुर, ३२ श्रावण । लामो समयदेखि तरकारी खेती गर्दै आउनुभएका कैलालीको टीकापुर–बनगाँउका किसान खुशीराम चौधरीले गत जेठ मसान्तमा १० कठ्ठाजमिनमा लौका रोप्नुभयोे । लौकाको लहरा झाँगिदै गई फुलसँगै फल लाग्ने तयारीमा थियो । सोही लौकाबारी यही साउन १४ गते आएको बाढीले डुबान भयो । निरन्तर साउन महिनाभरी वर्षा भइरहेपछि फल्न थालेको लौकाबारी सबै […]

न्यूजमधेश सम्बादाता रौतहट,३२ श्रावण । प्रदेश २ का रौतहट जिल्लामा एक दलित युवकको धारिलो हतियारले हत्या गरिएको छ । स्थानीय गरुडा नगरपालिका–८ जिंगडिया गाउँका १७ वर्षीय निरञ्जन राम चमारको गए राति हत्या गरिएको प्रहरीले जनाएको छ । आज बिहान ६ बजे स्थानीयवासीले खबर गरेपछि जिंगडिया भन्दा करीब तीन सय मिटर पर वर्षाको पानीमा शव बरामद […]