०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

मधेश विशेष

प्रधानमन्त्री देउवाले आफ्ना ४ कार्यकालमा मुलुकलाई अतुलनीय क्षति : यी हुन १८ कालाकर्तुत ?

न्यूजमधेश डेस्क काठमाडौं, ३० असार । नेपाली कांग्रेसका सभापति एवम् नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि आफ्ना ४ पटक प्रधानमन्त्रीको नेतृत्वमा यी १८ वटा राष्ट्रलाई अतुलनिय क्षती पुग्ने घटनाहरु घटाउनुभएको छ । नेपालको इतिहासमा लामो समयसम्म प्रधानमन्त्री बन्नुभएका सभापति देउवाले आफ्नो कार्यकालमा मुलुकलाई अतुलनिय क्षती पुर्याउनुभएको स्पष्ट रहेको छ । उहाँको नेतृत्वमा भएका राष्ट्रघाती कदमहरु […]

न्यूजमधेश डेस्क कंचनपुर ,११ श्रावण । कञ्चनपुर कारागारमा क्षमता भन्दा तिन गुणा बढी कैदीबन्दीलाई राखिँदा व्यवस्थापनमा चुनौती देखिएको छ । कारागारमा ९५ पुरुष र २० महिला कैदी राख्ने क्षमता छ । अहिले कारागारमा २२ महिला र ३८८ पुरुषलाई राखिएको छ । पछिल्लो समय बस्नका लागि समस्या भएको छ । कैदी बस्ने भवनमा ठाउँ नभएपछि ग्यालरी, […]

मिथिलेश यादव लहान,११ श्रावण । पहिलो मधेस आन्दोलन २०६३ ले अन्तरिम संविधानमा पहिलो पटक मधेसीको पहिचान संस्थागत गर्‍यो। कारण थियो–मधेस आन्दोलनका शक्तिहरूको ओज (संगठित प्रतिनिधित्व)। त्यसपछि जसरी मधेस आन्दोलनका शक्तिहरू विभाजित हुँदै गए मधेस मुद्दा कालो बादलभित्र घेरिँदै गयो। मधेसको राजनीतिमा दलहरूको गठन–विघटन, धुव्रीकरणको खेल नयाँ होइन । निकट अतीतको खोजतलास गर्ने हो भने, यस्तो फेहरिस्त […]

सञ्जीतकुमार मण्डल जलेश्वर, १० श्रावण । प्रलोभनमा पारेर भारतको मुम्बई शहरमा बेच्न लैजाँदै गरिएका सात बालिकालाई उद्धारपछि ओरेक नेपालले धम्की दिएर बयान फेर्न लगाएको बालिकाका आफन्तले आरोप लगाएका छन् । गत चैत १७ गते महोत्तरीको भङ्गाहा नगरपालिका–८ स्थित धर्मपुरका सात किशोरी एकाएक हराए थिए । यद्यपि भोलिपल्टै भारत बिहारको सितामढीमा भेटिएका ती किशोरी हराएको घटनाले […]

न्यूजमधेश डेस्क बारा ,८ श्रवाण । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव अहिले सत्ताको खेलमा लागिपरेको छ भने एका तिर नेता तथा कार्यकर्ताहरु धमाधम जेल गैरहेको छ ।यसैक्रममा जसपाका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य प्रमोद गुप्तासहित दुई जनालाई जेल चलान गरिएको छ । जिल्ला अदालत बारामा बिहीबार हाजिर हुन गएपछि अदालतले प्रहरीलाई खबर गरी […]

न्यूजमधेश डेस्क काठमाडौं ,७ श्रावण । विभिन्न कारणले नागरिकता पाउन नसकेकाहरुले संसद भवनको गेटमा धर्ना दिने चेतावनी दिएका छन् । महिला कानुन र विकास मञ्चले बुधबार गरेको भर्चुअल छलफल कार्यक्रममा उनीहरुले पुनःस्थापित प्रतिनिधि सभाले नागरिकता ऐन पास नगरे आन्दोलन गर्नेदेखि मृत्युवरण गर्नेसम्मको चेतावनी दिएका हुन् । धनुषाका इन्द्रजित साफीले २०७२ सालदेखि नागरिकता प्राप्तिका लागि जिल्ला […]

न्यूजमधेश डेस्क काठमाडौं ,६ श्रावण । प्रधानमन्त्री शेरबहादुर देउवासँग जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको भेटमा जसपाका अध्यक्ष ठाकुरले प्रधानमन्त्री देउवालाई विश्वासको मत प्राप्त गरेकामा बधाई ज्ञापन गर्दै प्रतिबद्धता जनाएअनुरुप मधेशका मुद्दालाई सम्बोधन गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको थियो । प्रधानमन्त्रीसँगको भेटमा पार्टीले उठाएका […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,६ श्रावण । सोमबार रातिको अविरल वर्षाका कारण भत्किन शुरु भएको धनुषाको किर्थपुरस्थित कमला नदीको बाँध पूर्ण रुपमा भत्किएको छ । सबैला नगरपालिका–१३ किरतपुरस्थित कमला नदीको पश्चिमतर्फको बाँध बुधबार बिहान पूर्ण रुपमा भत्किएको हो । बाँध भत्किन शुरु भएपछि सुरक्षाकर्मी तथा स्थानीय मिलेर नियन्त्रणको प्रयास गरेका थिए । तर नियन्त्रणको सबै प्रयास […]