२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

राजनीति

सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । राष्ट्रियसभा निर्वाचन लगायतका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक आह्वान भएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने बैठकमा राष्ट्रियसभा निर्वाचन, टीआरसी विधेयक र समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । बैठकमा गठबन्धनका उम्मेदवार राष्ट्रियसभा निर्वाचनमा जिताउने विषयमा छलफल हुने बुझिएको छ ।

धनगढी । नागरिक उन्मुक्ति पार्टीले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ। रेशम चौधरी अध्यक्षमा निर्वाचित भएपछि बसेको पहिलो बैठकले विधान संशोधन गर्दै श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको हो । श्रेष्ठ रेशम चौधरीकी श्रीमती हुन् । श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको बताउँदै नागरिक उन्मुक्तिका अध्यक्ष चौधरीले उक्त निर्णयको पत्र श्रेष्ठलाई […]

काठमाडौं । डा.सिके राउत नेतृत्वको जनमत पार्टी सर्लाहीमा निकै लोकप्रिय बन्दै गएको छ । आमचुनावपछि नेकपा माओवादी केन्द्र त्यागेर जनमत पार्टी सर्लाहीको नेतृत्व(इन्चार्ज) हुनु भएका युवा नेता श्रीचन यादव(सुजन)ले सर्लाही जिल्लालाई जनमत पार्टीमय बनाउँदै लग्नु भएको हो । जग बलियो भए घर बलियो हुन्छ भने झैं नेतृत्व गतिलो भए मात्रै पार्टी पनि बलियो हुने हो […]

टीकापुर । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरी सर्वसम्मत भएका छन् । रेशमपत्नी रञ्जिता श्रेष्ठ यसअघि पार्टी अध्यक्ष थिइन् । निर्धारित समयमा चौधरीको मात्रै उम्मेदवारी परेको थियो । चौधरीको प्रस्तावक रोशन थापा र समर्थक सानु शाक्य थिए । पार्टीको संरक्षक रहेका चौधरी २०७४ मा कैलाली १ बाट प्रतिनिधिसभामा निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । चौधरी सर्वसम्मत […]

कैलाली । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले अधिकारको नाममा भएको आन्दोलनमा सरकारले विभेद गरेको आरोप लगाएका छन् । नागरिक उन्मुक्ति पार्टीको महाधिवेशन उद्घाटन कार्यक्रममा सहभागी उनले माओवादीले गरेको जनयुद्धतर्फ सङ्केत यस्तो बताएका हुन् । ‘यहाँहरूले हजारौंहजारको घाँटी काट्दा केही हुँदैन, हामीले अधिकार माग्दा जन्मकैद हुन्छ, त्यो कस्तो अधिकार हो हाम्रो ?’, उनको प्रश्न थियो […]

कमला । नेपाली कांग्रेसका नेता शिव पुजन मण्डल पार्टी परित्याग गर्दै जनमत प्रवेश गरेका छन् । बुधबार कमला नगरपालिका-९ मा एक कार्यक्रम विच नेपाली कांग्रेसका वडा सचिवसमेत रहेका मण्डल जनमत पार्टी प्रवेश गरेका हुन् । नेता मण्डललाई जनमत पार्टीकी केन्द्रिय कार्यकारिणी सदस्य रेखा मण्डल र प्रदेस सदस्य दिपेन्द्र तेथवारले पार्टीको सदस्यता हस्तान्तरण गर्दै पार्टीमा प्रवेश […]

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले मुलुकमा चार राजनीतिक दलको सिन्डिकेटका कारण जनतामा निराशा छाएको आरोप लगाएका छन् । रफत सञ्चार क्लब भक्तपुरले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले चार दलले राज्यको हरेक अंगमा कब्जा गरेको टिप्पणी गरे । दलहरूको स्वेच्छाचारी प्रवृत्तिविरुद्ध जनताले निकास खोज्दा गणतन्त्रभन्दा राजतन्त्र नै राम्रो प्रणाली ठीक हो कि ? भन्ने […]

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले बुधबारका लागि केन्द्रीय राजनीतिक समितिको बैठक आह्वान गरेको छ । यही पुस २५ र २६ गते ललितपुरको ज्यापु प्रज्ञा भवनमा बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । उनका अनुसार उक्त बैठकमा राजनीतिक एवं सङ्गठनात्मक प्रतिवेदन […]