न्यूजमधेश डेस्क काठमाडौं ,८ असार। पत्रकारिता छोडेर मुलधारको राजनीतिमा आएका रवि लामिछानेले नयाँ पार्टी खोलेका छन् । मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयजित घोषणा सभामा लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका हुन्। लामिछानेले आफ्नो पार्टीलाई युवाको पार्टी बनाउने बताए । उनले भने, ‘म यो पार्टीलाई युवाहरूको पार्टी बनाउने छु, भने,‘केन्द्रीय सदस्य ५० प्रतिशत युवा हुनेछन् ।’
न्यूजमधेश डेस्क भैरहवा ,७ असार। बाल सुधार गृह रुपन्देहीका १७ किशोरलाई लामो प्रयास पछि स्थानान्तरण गरिएको छ । कारागार विभागले सुधार गृहमा अत्याधिक चाप भएको भन्दै केहीलाई स्थानान्तरण गर्न खोजे पछि मंगलबार केही बेर अवस्था तनावग्रस्त भयो । दिउसो करिब २ बजे बाट तनाव सुरु भएको सुधार गृहमा प्रहरीले संयमता अपनाउँदै करिब ७ बजे स्थिति […]
न्यूजमधेश डेस्क जनकपुरधाम,७ असार । धनुषाको उत्तरी क्षेत्रमा एक किशोरीमाथि सामुहिक बलात्कार भएको घटनामा एक आरोपितलाई पूर्व पक्षको लागि थुनामा राख्ने आदेश भएको छ । क्षीरेश्वरनाथ नगरपालिकाकी एक १८ बर्षीया किशोरीमाथि सामुहिक बलात्कार भएको घटनामा जिल्ला अदालत धनुषाले एक आरोपितलाई थुनामा राखेर अनुसन्धानको आदेश दिएको हो । क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ बस्ने सिकिन्द्र साहलाई […]
न्यूजमधेश डेस्क जनकपुरधाम,६ असार । डा सीके राउत नेतृत्वको जनमत पार्टीले सिरहामा मूल्यवृद्धि विरुद्धमा चक्काजाम गरेका छ्न। सोमबार पुर्व पश्चिम राजमार्ग अन्तर्गत धनगढीमाई नगरपालिका ८ कसहा चौकमा जनमत पार्टी सिरहाको इन्चार्ज बिजय साहको नेतृत्वमा एक घण्टा चक्काजाम गरि बिच बाटोमै टाइरमा आगो बालेर बिरोध प्रदर्शन गरेको थियो। चक्काजाम गर्न पुगेका जनमत पार्टीका नेता र प्रहरीबीच […]
न्यूजमधेश डेस्क जनकपुरधाम,६ असार।राष्ट्रिय समाचार समिति (रासस) को अध्यक्षमा धर्मेन्द्र झालाई नियुक्त गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ। सोमबार बसेको बैठकले झालाई राससको अध्यक्षमा नियुक्त गर्ने निर्णण गरेको हो। उनलाई राससको अध्यक्षमा नियुक्त गरिएको एक मन्त्रीले जानकारी दिए। झा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष हुन्।
न्यूजमधेश डेस्क काठमाडौं,६ असार । इन्धन महँगिएसँगै सार्वजनिक सवारीसाधनको भाडा पनि उच्च दरले बढेको छ । इन्धनको मूल्यअनुसार स्वचालित प्रणालीमार्फत भाडा परिवर्तन हुने व्यवस्थाअनुरूप यातायात व्यवस्था विभागले अन्तर प्रदेश यात्रुवाहक तथा मालवाहक यातायातमा भाडा बढाएको हो । विभागले अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको छ । अन्तर प्रदेश सार्वजनिक यात्रुवाहक सवारी साधनमा ५.३० प्रतिशतले भाडा बढेको […]
न्यूजमधेश डेस्क काठमाडौं ,६ असार। सहरी विकास मन्त्रालयका सचिव डा. रमेश सिंहले मातहतका निकायका प्रमुख तथा वरिष्ठ इन्जिनियरलाई धम्काउदै रकम असुली गर्न थालेका छन् । यसरी सचिव सिंहले धम्क्याउँदै रकम असुली गर्न थालेपछि मातहतका इन्जिनियरलगायतका कर्मचारीले त्यसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उजुरी दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले रकम […]
न्यूजमधेश डेस्क काठमाडौं ,६ असार। नेपाल संस्कृत विश्वविद्यालयको ताला खोल्न प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवा अनिच्छुक देखिएका छन्। विश्वविद्यालयमा ताला लागेको झण्डै दुई महिना बितिसक्दा पनि ताला खोल्न पहल गरेका छैनन्। नेपाल विद्यार्थी संघले ११ बुँदे माग राखी गएको वैशाख १९ गते दाङको बेलझण्डीस्थित विश्वविद्यालयको मुख्यालयमा तालाबन्दी गरेका थिए। तालाबन्दी गर्नुअघि नेपाली काँग्रेस निकट […]