न्यूजमधेश डेस्क काठमाडौं,१० जेष्ठ । भारतमा पछिल्लो २४ घन्टामा दुई हजार २२ जनामा कोभिड संक्रमण देखिएको छ । योसँगै कोभिडबाट संक्रमित हुनेको संख्या ४ करोड ३१ लाख ३८ हजार ३९३ पुगेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ८३२ रहेको छ । यो कुल संक्रमितको शून्य दशमलब ०३ प्रतिशत हो […]
न्यूजमधेश डेस्क सप्तरी,९ जेठ। जनमत पार्टीले जितेको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाले जन्म, विवाह र मृत्यु दर्ता जनताको घरदैलोमै पुगेर बनाइदिने भएको छ । नगरपालिकाको मेयरमा निर्वाचित वीरेन्द्र माझीले जन्म, विवाह र मृत्यु र्ताका साथै बृद्धभत्ता पनि घरमै पुगेर उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले सोमबार लिखित प्रतिवद्धता सार्वजनिक गर्दै विपन्न परिवारलाई रासन कार्ड […]
सइन्द्र राई काठमाडौं,९ जेठ। सत्ता गठबन्धनसँग प्रतिस्पर्धा गरेको नेकपा एमाले स्थानीय चुनावमा नराम्रोसँग पराजित भएको छ । शहरी र सुगम क्षेत्रका धेरै पालिकामा हार व्यहारेको एमालेले पाँच वर्ष अगाडि बनाएको पहिलो दलको हैसियत नेपाली कांग्रेसलाई सुम्पिएको छ । चुनाव अगाडि अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनविरुद्ध ७० प्रतिशत जित निकाल्ने दाबी गरेपनि झण्डै सय सिट गुमाउँदै […]
न्यूजमधेश डेस्क काठमाडौं,९ जेठ । नेपाल आयल निगमले आइतबार साँझ खाना पकाउने ग्याँससहित डिजेल, पेट्रोल र मटितेल र हवाइ इन्धनको मूल्य समेत बढायो । इन्धनमा भएको मूल्यवृद्धि पारदर्शी नभएको भन्दै उपभोक्ता अधिकारकर्मी ज्योति बानियाँले निगमको मूल्यवृद्धि पारदर्शी नभएको भन्दै लामो स्ट्याटस फेसबुकमा लेखे । ‘पेट्रोलियम पदार्थमा अनुचित मूल्य वृद्धि गरियो । उल्टो देशभरका पेट्रोल पम्पमा […]
न्यूजमधेश डेस्क काठमाडाैं ,९ जेष्ठ।सत्तारुढ दल नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले पेट्रोलियमको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । अखिल क्रान्तिकारीले सोमबार काठमाडौंको रत्न राज्यलक्ष्मी क्याम्पसमा विरोध पर्दशन गर्दै मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको हो । विरोध पर्दशनमा बोल्दै संगठनका महासचिव दिपेश पुनले जनताको ढाड सक्ने गरी भएको पेट्रोलियमको मुल्यवृद्धि फिर्ता गर्न माग […]
ओमप्रकाश ठाकुर सर्लाही ,९ जेष्ठ।सर्लाहीको बरहथवा नगरपालिकाको मेयर तथा उपमेयरमा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा एमालेकी उम्मेदवार कल्पनाकुमारी कटुवालले नेकपा माओवादी केन्द्रका उम्मेदवार समेत रहेका निवर्तमान मेयर देवानन्द महतोलाई ५ हजार ६ सय ७ मतले हराउँदै विजयी भइन् । कटुवालले १२ हजार २ सय ७३ मत ल्याउँदा महतोले ६ हजार ६ सय ६६ […]
न्यूजमधेश डेस्क राजविराज ,९ जेष्ठ ।सप्तरीको बलान बिहुल गाउँपालिकाको नवनिर्वाचित अध्यक्ष खेमचन्द्र यादवले एम्बुलेन्स खरिद गर्ने निर्णय गरेका छन् । आइतबार गाउँपालिकाको कार्यलयमा पदभार ग्रहण गर्दै अध्यक्ष यादवले बिरामी र अशक्तलाई उपचारका लागि ओसारपोसार गर्न एम्बुलेन्स खरिद गरि नि: शुल्क सेवा दिने निर्णय गरेका छन् । उनले पालिकाभित्र एम्बुलेन्स नपाउने वातावरणको अन्त्यका लागि यस्तो निर्णय […]
न्यूजमधेश डेस्क सप्तरी ,८ जेष्ठ । सप्तरीको बलान बिहुल गाउँपालिका प्रमुखमा निर्वाचित खेमचन्द्र यादवले पदभार ग्रहण गरेका छन् । गत बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचनबाट बलान बिहुल गाउँपालिका प्रमुखमा निर्वाचित यादवले आज एक कार्यक्रमविच पदभार ग्रहण गरेका हुन् । प्रमुख यादवले सदेव जनताको सेवामा समर्पित रहनेछु भन्दै उनले बलान बिहुल गाउँपालिकाबासीलाई धन्यावादसमेत दिएको […]