२३ बैशाख २०८२, बुधबार
07-05-2025 , Wed
×

प्रमुख समाचार

एक महिला आइसोलेसनमा

न्यूजमधेश सम्बादाता राजविराज ,२२ चैत्र। सप्तरीको कञ्चनरुप नगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा राखिएकी एक महिलालाई आजदेखि आइसोलेसनका लागि राजविराज ल्याइएको छ । शुक्रबार राति ज्वरो आएपछि आज आइसोलेसनका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको अस्पतालले जनाएको छ । सो अस्पतालले बिरामी महिलाको घाँटीको स्वाब परीक्षणका लागि सङ्कलन गरेको छ । उहाँलाई अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरी […]

न्यूजमधेश सम्बादाता इस्लामाबाद ,२२ चैत्र । पाकिस्तानमा शनिवारसम्म कोरोना भाइरसबाट सङ्क्रमितको संख्या २७ सय नाघेको छ । अधिकारीहरुले दिएको पछिल्लो विवरणअनुसार देशभरीमा सङ्क्रमितको संख्या दुई हजार ७०८ पुगेको हो । सङ्क्रमित भएका मध्ये १३ जनाको अवस्था गम्भिर रहेको मन्त्रालयले जनाएको छ । केन्द्रिय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरणमा मृत्यु हुनेको संख्या ४० पुगेको उल्लेख गरिएको […]

न्यूजमधेश सम्बादाता वीरगंज,२२ चैत्र ।भोर नामक परोपकारी संस्थाका अध्यक्ष एवं फिल्म निर्माता राजकुमार महतोलगाइत पांच जनालाइ प्रहरीले पक्राउ गरेको छ। शनिबार पर्सा जिल्लाको सकुवा पर्सौनी गाउँपालिकाको वडा नं १ मा रहेको उराउ समुदायका १९ घर परिवारलाई राहत बाड्न जादै गर्दा प्रहरीले पक्राउ गरको छ ।कलाकारको टोलीले आफूले सम्बिन्धत प्रहरीलाई खबर गरी राहत बाड्न हिँडेको बताएका […]

न्यूजमधेश सम्बादाता राजविराज ,२२ चैत्र । सप्तरीमा कोरोनाको आशंका गरिएका नौ जनाको रिपोर्ट नेगेटिभ आएको छ । उनीहरुको स्याब परीक्षणपछि रिपोर्ट नेगेटिभ आएको हो भारतको बिभिन्न ठाउँबाट आएका आठ जना तथा कतारबाट आएका एक जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालय प्रमुख दुनियाँलाल यादवले सबैको रिपोर्ट नेगेटिभ आएको बताए । नौ […]

न्यूजमधेश सम्बादाता राजविराज ,२२ चैत्र ।सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ बनौलीमा शुक्रबार आगलागी हुदा २ लाख बराबरको क्षति भएको छ । स्थानीय जय नारायण यादव, जोगिन्द्र यादव,हृदय नारायण यादव, देव नारायण यादव, नारायण यादव र बिष्णुदेव यादवको गोठमा अगलागी हुदा सो परिणामको धनसम्पती जलेर नष्ट भएको हो । गाउँ नजिकैको बाँसघारीमा दाउरा,पराल लगायतका […]

न्यूजमधेश सम्बादाता जनकपुरधाम ,२२ चैत्र । जनमत पार्टीका केन्द्रिय सदस्य तथा महिला नेत्री अनिता साहले सरकारले लगाएको लकडाउनको पालना गर्दै ‘आफू पनि बचौं र अरुलाई पनि बचाऔं’ भन्ने सिद्धान्तलाई मध्यनजर राख्दै सामाजिक दुरी कायम गर्न सबैसँग आग्रह गरेकी छिन । महिला नेत्री साहले न्यूजमधेश संग शुक्रबार कुराकानी गर्दै उनले भने विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको […]

न्यूजमधेश सम्बादाता चितवन ,२१ चैत्र । राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशाला भरतपुरमा २४ घण्टाभित्र कोभिड १९ को नमूना परीक्षण प्रयोगशाला (पिसिआर ल्याब) सञ्चालनमा आउने गरी काम शुरु गरिएको छ । शनिबार बिहानबाट परीक्षण थाल्ने गरी काम अघि बढाइएको हो । स्वास्थ्य मन्त्रालयको प्राविधिक टोली बुधबार यहाँ आएर बिहीबार दिनभर स्थानको अध्ययनमा खटिएको थियो । सो प्रयोगशाला, […]

न्यूजमधेश सम्बादाता कपिलवस्तु,२१ चैत्र।कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं १ गुगौलीमा आगलागी हुँदा ३९ घर जलेर नष्ट भएको छ । गुगौलीका काशीराम यादवका घरमा दिउँसो खाजा बजाउन बालेको आगोले खरले छाएको घरमा छोई आगलागी शुरु भएको थियो ।आगोले गाउँका पूरै घर जलेका छन् । गाउँको उत्तरदेखि शुरु भएको आगो हावाको बहावसँगै पूरै गाउँमा फैलिएको थियो […]