०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

एक महिला आइसोलेसनमा

Logo
प्रकाशित शनिबार, चैत्र २२, २०७६

न्यूजमधेश सम्बादाता
राजविराज ,२२ चैत्र। सप्तरीको कञ्चनरुप नगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा राखिएकी एक महिलालाई आजदेखि आइसोलेसनका लागि राजविराज ल्याइएको छ ।

शुक्रबार राति ज्वरो आएपछि आज आइसोलेसनका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको अस्पतालले जनाएको छ । सो अस्पतालले बिरामी महिलाको घाँटीको स्वाब परीक्षणका लागि सङ्कलन गरेको छ ।

उहाँलाई अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरी परीक्षणका लागि स्वाब धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले बताउनुभयो ।

श्रीमान्सँगै १५ दिनअघि भारतको राजस्थानबाट फर्किनुभएकी कञ्चनरुप नगरपालिका–११ की उहाँ शुक्रबार प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनपुरमा जाँचका लागि पुग्नुभएको थियो । स्वास्थ्यकर्मीले उहाँलाई कञ्चनरुप नगरपालिका–१० स्थित दुर्गा आधारभूत विद्यालयमा रहेको क्वारेन्टाइनमा पठाएका थिए ।

पहिलेदेखि ज्वरो आइरहेको बताउनुभएकी उहाँलाई भारतको राजस्थानबाट १५ दिनअघि आएको थाहा पाएपछि शुक्रबार क्वारेन्टाइनमा पठाइएको प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनरुपका प्रमुख डाक्टर सञ्जीव झाले बताउनुभयो । डाक्टर झाले भन्नुभयो, “नगरपालिकाको क्वारेन्टाइनमा राखिएका अन्य ४२ जनाको स्वास्थ्य अवस्था समान्य छ ।”

कञ्चनरुप नगरपालिका–१ बैरवास्थित लक्ष्मीनारायण माविको क्वारेन्टाइनमा रहनुभएका २३ जना र वडा नं ११ स्थित दुर्गा अधारभूत विद्यालयको क्वारेन्टाइनमा रहनुभएका नौ जना भारतको विभिन्न राज्यबाट फर्किएका हुन् ।

कञ्चनरुप नगरपालिका–८ स्थित सर्वोदय माविमा रहनुभएका १० जनामध्ये आठ जना कञ्चनरुप नगरपालिकाका हुन् । सप्तकोशी नगरपालिका र तिरहुत गाउँपालिका एक÷एक जना रहेका छन् । उहाँहरु सबै जनालाई काठमाडौँबाट फर्किएपछि क्वारेन्टाइनमा राखिएको हो ।

कोरोना भाइरसको रोकथामका लागि नगरपालिका र गाउँपालिकाले सञ्चालन गरेको विभिन्न क्वारेन्टाइनमा हाल ११ महिला र २४२ पुरुष राखिएको स्वास्थ्य कार्यालय सप्तरीले जानकारी दिएको छ । कञ्चनरुपमा पाँच स्थानमा बनाइएको क्वारेन्टाइनमध्ये तीन वटा क्वारेन्टाइनमा बस्नेको सङ्ख्या अहिलेसम्म ४३ जना पुगेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]