०७ जेठ २०८१, सोमबार
20-05-2024 , Mon
×

समाज

रौतहटमा १७ वर्षिय युवकको रहस्यमय हत्या

न्यूजमधेश सम्बादाता रौतहट,३२ श्रावण । प्रदेश २ का रौतहट जिल्लामा एक दलित युवकको धारिलो हतियारले हत्या गरिएको छ । स्थानीय गरुडा नगरपालिका–८ जिंगडिया गाउँका १७ वर्षीय निरञ्जन राम चमारको गए राति हत्या गरिएको प्रहरीले जनाएको छ । आज बिहान ६ बजे स्थानीयवासीले खबर गरेपछि जिंगडिया भन्दा करीब तीन सय मिटर पर वर्षाको पानीमा शव बरामद […]

न्यूजमधेश सम्बादाता झापा ,३१ श्रावण । कोरोना भाइरसको सङ्क्रमण समुदायमा फैलिएसँगै झापाका चार स्थानीय तहले बन्दाबन्दी घोषणा गरेका छन् । जिल्लामा समुदायमा रहेका ५१ जना कोरोना सङ्क्रमित भएपछि पालिकाहरु धमाधम बन्द हुन थालेका हुन् । बन्दाबन्दी घोषणा गर्नेमा दमक र मेचीनगर नगरपालिका तथा कमल र बुद्धशान्ति गाउँपालिका छन् । चारवटै पालिकाले एक हप्ताका लागि बन्दाबन्दी […]

न्यूजमधेश सम्बादाता महोत्तरी,३१ श्रावण । महोत्तरीमा एउटै वडामा १६ जनालाई विषालु सर्पले टोकेपछि स्थानीयवासी त्रसित भएका छन् । महोत्तरीको भङ्गहा नगरपालिका वडा नम्बर–५ राजपुरमा पाँच घण्टाको अन्तरालमा १६ जनालाई सर्पले टोकेपछि स्थानीवासी त्रसित भएका हुन् । धानखेतमा काम गरिरहेका बेला बिहीबार ४५ वर्षीया जैमुन खातुनलाई विषालु सर्पले टोकेपछि उनको मृत्यु भएको थियो । शुक्रबार साँझ […]

मनोज बनैता सिरहा, ३१ श्रावण । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ तथा मनकामना ड्राईभिङ्ग सेन्टर लाहानको सहयोग तथा संयोजनमा दलित समुदायका ५ जनालाई निशुल्क ड्राईभिङ्ग तालिम दिएको छ । स्वरोजगारलाई बढावा दिने लक्ष्यको साथ शुरु गरिएको उक्त शिप मुलक तालिममा ईटहर्वा ५ का संजीव सदाय, सखुवानन्कारकट्टी ५ का जित नारायण पासवान, ईटहर्वा २ का […]

न्यूजमधेश डेस्क काठमाडौं,२८ श्रावण ।राष्ट्रिय गौरवको रुपमा रहेको हुलाकी राजमार्गमा गत आर्थिक वर्षमा लक्ष्यभन्दा १५८ किलोमिटर कम सडक मात्रै कालोपत्र भएको छ । आयोजनाले ३५० किमी सडक कालोपत्र गर्ने लक्ष्य लिएको थियो । तराई मधेशको समृद्धिसँग जोडेर हेर्ने गरिएको सो आयोजनामा कोभिड–१९ का कारण अपेक्षित रुपमा निर्माण हुन नसकेकाले भौतिक प्रगति कम देखिएको छ । […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२८ श्रावण । बेलायतमा एउटा लिलाम कम्पनीले महात्मा गान्धीले प्रयोग गरेको चस्मा आफूले फेला पारेको जनाएको छ।ईस्ट ब्रिस्टल अक्शन्सका एन्ड्रू स्टोका अनुसार गान्धीको चस्मा १५ हजार पाउन्डमा बिक्री हुने अपेक्षा छ। आफ्नो कम्पनीको इतिहासमा उक्त चस्मा महत्त्वपूर्ण वस्तु भएको उनले बताए।उक्त चस्माको मूल्य बताइँदा त्यसको स्वामित्व भएका व्यक्ति झन्डै मुर्छा परेको उनले […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२७ श्रावण । कोरोनाभाइरस महामारीले निम्त्याएको विषम परिसिथितिका कारण सञ्चार जगतसमेत अछुतो नरहेको भन्दै श्रमजीवी सञ्चारकर्मी मार्कामा परेका कारण प्रेस मञ्च नेपालले सोमबार एउटा प्रेस विज्ञप्ति जारी गर्दै सदस्ता नवीकरण शुल्क मिनाह गर्न माग गरेको हो । नेपाल पत्रकार महासङ्घले प्रत्येक वर्ष पत्रकारसँग नवीकरण शुल्क वापत १ हजार रुपैयाँ लिनेगरेको छ । चार/चार […]

न्यूजमधेश डेस्क सप्तरी, २७ श्रावण । मृत्यु भएका पुरुषको अन्तिम संस्कारका लागि भींड लगाएर मलामी पुगेको तस्वीर कैद गर्ने सप्तरीका एक जना पत्रकारमाथि नै हमला गरिएको छ । सप्तरी सदरमुकाम राजविराज वडा नम्बर १ निवासी ४० बर्षीय निजामुद्दिनको अन्तिम संस्कार गर्न नजिकैको इदगाहा लगिएको थियो । शवको अन्तिम संस्कार गर्नका लागि झण्डै २ सय जना […]