२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

स्वास्थ्य

भारतमा एकैदिन थपिए २० हजारभन्दा बढी नयाँ सङ्क्रमित

न्युजमधेस डेस्क नयाँ दिल्ली। भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा २० हजारभन्दा बढी नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २० हजार ४०८ जना नयाँ सङ्क्रमित भएका हुन् । संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिलेसम्म चार करोड ४० लाख १३८ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाएको छ । ती […]

न्युजमधेस डेस्क जनकपुरधाम,११ श्रावण। मधेस प्रदेशको राजधानी जनकपुरधाम स्थित औषधि व्यवस्था विभागले औषधि पसलमा अनुगमन गरेको छ । मापदण्ड विपरीत पाइएका तीन वटा औषधि पसलमा सिलबन्दी गरिएको हाे । बुधबार विभागले औषधि पसलमा अनुगमन गर्न थालेपछि केही औषधि व्यवसायी पसल बन्द गरेर भागेका थिए । जनकपुरधामका अधिकांश औषधि पसल दर्ता नै नगरी सञ्चालनमा रहेकाले व्यवसायीहरूमा […]

न्युजमधेस डेस्क काठमाडौ,२श्रावण। देशका २७ जिल्लाका ५ वर्षदेखि १२ वर्षमुनिका बालबालिकाकालाई कोरोना भाइरसविरुद्धको खोपको दोस्रो मात्रा आज लगाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत असार ९ गतेदेखि १५ गतेसम्म खोप लगाएका बालबालिकालाई आजदेखि दोस्रो मात्रा लगाउन थालेको हो । ती जिल्लाका बालबालिकालाई खोप लगाउनका लागि विद्यालयमा नै खोप केन्द्र स्थापना गरिएको छ । उनीहरुलाई […]

गोविन्द महतो जनकपुरधाम ,३१ असार।मधेश प्रदेशको स्थायी राजधानी जनकपुरधामस्थित मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रादेशिक अस्पतालमा पुग्दा दिनको ठिक १२ बजेर ३५ मिनेट भएको थियो। ओपिडी कक्ष बिरामीहरूले भरिभराउ थियो। तर एकआध चिकित्सकबाहेक अन्य कुनैपनि विशेषज्ञ चिकित्सक समयमै आइपुगेका थिएनन्। १२:३५ बजे देखि डाक्टर कुरिरहेका बिरामीले ३ बजे सम्म कुरिरहे तर चिकित्सक आइपुगेनन्। ओपिडी कक्षको १९ […]

न्युजमधेस डेस्क जनकपुरधाम,२६ असार। चिकित्सकले अस्पतालमा भर्ना भएका बिरामीको स्वास्थ्य अवस्थाका आधारमा २४ सै घण्टा सेवा दिनुपर्छ। विडाम्बना भरतपुर अस्पतालको पुरुष र महिला मेडिकल वार्डमा भर्ना भएका बिरामीले शनिबार बिहानदेखि चिकित्सकको सेवा लिन पाएका छैनन्। अहिले अस्पतालको पुरुष मेडिकल वार्डमा १६ र महिला मेडिकल वार्डमा २४ बिरामी छन्। पुरुष मेडिकल वार्डका १४ नम्बर शय्यामा रहेका […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२७ जेष्ठ।पुर्वी धनुषाको कमला नगरपालिकामा नि:शुल्क आँखा शिवर हुने भएको छ । नगरपालिकाको कार्यालयले निःशुल्क आँखा शिविरको आयोजना गरिने भएको हो । कमला नगरपालिकाको आयोजना तथा ढल्केवरस्थित रहेको रेयूकाई एई मासुनागाको समन्वयमा जेठ २९ गतेदेखि ३१ गतेसम्म निःशुल्क शिविर हुने भएको छ । शिविर कमला नगरपालिकाको वडा नम्बर २ माचि झिटकैया स्वास्थ्यचौकी […]

सम्झना विक काठमाडौं,१६ जेष्ठ । नवलपरासीका १८ वर्षे समीर खड्कालाई सर्पले डस्यो । उनलाई हत्तपत्त जिल्लाको विभिन्न अस्पतालमा पुर्‍याइयो । ती अस्पतालमा एन्टी स्नेक भेनेम र औषधि उपलब्ध थिएन । आखिरमा उनको ज्यान गयो । यो गत वर्षको घटना हो । यद्यपि वर्षैपिच्छे यस्तो घटना दोहोरिन्छ । खासगरी वर्षायाममा सर्पको डसाइबाट धेरैले ज्यान गुमाउने गर्छन् […]

न्यूजमधेश डेस्क काठमाडौं,१० जेष्ठ । भारतमा पछिल्लो २४ घन्टामा दुई हजार २२ जनामा कोभिड संक्रमण देखिएको छ । योसँगै कोभिडबाट संक्रमित हुनेको संख्या ४ करोड ३१ लाख ३८ हजार ३९३ पुगेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ८३२ रहेको छ । यो कुल संक्रमितको शून्य दशमलब ०३ प्रतिशत हो […]