०७ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

सरकारबाट रकम नपाएको भन्दै नेपालगञ्ज मेडिकल कलेजमा डायलाइसिस सेवा बन्द

Logo
प्रकाशित आइतबार, भाद्र १९, २०७९

न्यूजमधेश डेस्क
काठमाडौं,१९ भदौ। बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा बिरामीलाई अत्यावश्यक पर्ने डायलाइसिस सेवा बन्द भएको छ । सरकारबाट पाउनु पर्ने रकम नपाएको भन्दै डायलाइसिस सेवा बन्द गरिएको हो ।

नेपालगञ्ज मेडिकल कलेजमा दैनिक १८ देखि २० जनासम्मको डायलाइसिस हुँदै आएको थियो । सेवा बन्द भएपछि बिरामीहरु मर्कामा परेका छन् ।

नेपालगञ्ज मेडिकल कलेजमा डायलाइसिस सेवाको जिम्मा पाएको बिरङ्ग हेल्थ केयर प्रालिले गत शुक्रबारदेखि डायलाइसिस सेवा बन्द गरेको सूचना अधिकारी सञ्जय कुमार पन्तले जानकारी दिए । ‘हामीसँग १८ देखि २० जनासम्म डायलाइसिस गर्नुपर्ने बिरामीहरु छन्,’ पन्तले भने, ‘स्वास्थ्य मन्त्रालयले १४ महिनादेखि रकम नपठाएपछि बिरङ्गले सेवा रोकेको छ । हामी सेवा सुरु गराउन प्रयास गरिरहेका छौं ।’

बिरङ्ग हेल्थ केयरका म्यानेजर शिशिर शाहले एक वर्षदेखि भुक्तानी नपाएकाले बाध्य भएर शुक्रबारदेखि डायलाइसिस सेवा बन्द भएको बताए । ‘गत आर्थिक वर्षदेखि यो आर्थिक वर्षको भदौ महिनासम्मको गरी करिब २ करोड रुपैयाँ हामीले पाएका छैनौं,’ शाहले भने, ‘हामीले उधारो माग्ने ठाउँ पनि सकिएपछि सेवा रोकियो ।’

उनले बिरामीहरु मर्कामा परेपछि ललितपुरस्थित बिरङ्गको हेड अफिसले एक हप्तालाई पुग्ने सामानको पैसा पठाइदिएको र त्यसैको आधारमा डायलाइसिसलाई आवश्यक पर्ने सामान मगाएको बताए । उनले भने, ‘आजै साँझबाट सेवा सुरु गर्ने प्रयासमा हामी छौं ।’

शाहका अनुसार बिरामीहरुले अस्पतालमा जतिपटक डायलाइसिस गराए पनि एकपटकको २५ सय रुपैयाँको दरले निःशुल्क सेवा पाउँछन् । यो सेवा दिएबाफत् सरकारले सम्बन्धित अस्पताललाई रकम उपलब्ध गराउँछ । नेपालगञ्ज मेडिकल कलेजले बिरङ्ग हेल्थ केयरलाई डायलाइसिस सेवाको जिम्मा दिएको छ । सरकारबाट प्राप्त हुने रकम बिरङ्ग हेल्थ केयरले नेपालगञ्ज मेडिकल कलेजबाट पाउँछ । तर आफूहरुले १४ महिनादेखि रकम नपाएको बिरङ्ग हेल्थ केयर प्रालिका म्यानेजर शाह बताउँछन् ।

शाहका अनुसार नेपालगञ्ज मेडिकल कलेजमा सेवा रोकिएपछि बिरामीहरुलाई अरु नै अस्पतालमा पठाउनु परेको छ । डायलाइसिस सेवा भेरी अस्पतालमा भए पनि धेरै मेसिन नभएकाले बिरामीहरुले पालो नै नपाउने समस्या रहेको उनको भनाइ छ ।

‘कतिपय बिरामीको त डायलाइसिस रोकियो, कतिपयलाई भेरीमा र नजिकको क्लिनमा एडजष्ट गर्न कोसिस गर्यौं,’ उनले भने, ‘भेरी सरकारी अस्पताल भए पनि त्यहाँ जम्मा दुईवटा मेसिनमात्र चल्छ रे । त्यसैले धेरैजसो बिरामीहरु त सेवाबाट बन्चित नै हुनुभयो ।’

आफूहरुसँग पाँच वटा मेसिन नेगेटिभमा र दुईवटा पोजेटिभमा रहेको उनले बताए । नेगेटिभका पाँच वटामध्ये एउटा बिग्रिएकाले चारवटा मेसिन चालु अवस्थामा रहेको उनी बताउँछन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिराहा : आसन्न प्रतिनिधि सभा निर्वाचन आउन अब १७ दिन मात्रै बाकी छ। सिरहा निर्वाचन क्षेत्र नं २ मा उम्मेदवारहरु आ आफ्नो प्रभाव बलियो बनाउन कसरत गरिरहेको छ। निर्वाचन आयोगका अनुसार आज ४ गतेबाट १८ गते राति १२ बजे सम्म निर्वाचन प्रचार प्रसार गर्ने समय सीमा तोकेको छ। उम्मेदवारहरु मनोनयन गरे पश्चात देखि नै आफ्नो […]

सिराहा–२ बाट प्रतिनिधी सभाको निर्वाचनमा जनमत पार्टीका युवा नेता संजय यादव उम्मेदवारका रूपमा मैदानमा उत्रिने भएका छन्। पार्टीभित्र सक्रिय, संगठन निर्माणमा अग्रसर र युवामाझ लोकप्रिय मानिएका यादवलाई जनमत पार्टीले बलियो दावेदारका रूपमा अघि सारेको छ।   उनी हाल मधेश प्रदेश सांसद हुन्। पार्टी स्रोतका अनुसार संभवतः आजै राजीनामा र उम्मेदवारीको घोषणा गर्ने बुझिएको छ। आजै […]