१८ बैशाख २०८१, मंगलबार
30-04-2024 , Tue
×

अर्थ

पहिलो पटक समयमै धनौजीको गाउँसभा सम्पन्न, ३२ करोड बजेट सार्वजनि

न्यूजमधेश डेस्क जनकपुरधाम,११ असार। धनुषाको धनौजी गाउँपालिकाले पछिल्लो चार वर्षमा पहिलो पटक समयमै गाउँ सभा सम्पन्न गरेको छ । यस अघिका जनप्रतिनिधी र कार्यालय प्रमुख बीचको विवादका कारण असार १० गते भित्रै गाउँसभा सम्पन्न गर्नुपर्ने संवैधानिक व्यवस्था रहेपनि समयमै सम्पन्न गर्न सकेको थिएन । जसले गर्दा गाउँपालिकाका विकास निर्माणका कामहरु प्रभावित हुँदै आएको थियो । […]

धर्मेन्द्र पासवान लहान,११ असार । सिरहाको लहान नगरपालिकाले आर्थिक वर्ष २०७९/८० को लागि बजेट १ अर्ब २६ करोड ९१ लाख ३० हजार बजेट प्रस्ताव गरेको छ । शुक्रबार भएको १० औं नगर सभामा नगर प्रमुख महेश प्रसाद चौधरीले शुक्रबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त बजेट प्रस्ताव गरेको छ । लहान नगरपालिकाको […]

न्यूजमधेश डेस्क खजुरी ,१० असार।पुर्वी दक्षिणी भारतको सिमानामा रहेको जनकनन्दिनी गाउँपालिकाको ८ औं गाउँसभा सुरु भएको छ। शुक्रबार गाउँपालिका वडा नम्बर ४ खजुरीस्थित स्वास्थ्य चौकीको सभा हलमा जनकनन्दिनी गाउँपालिकाका अध्यक्ष दिपिन देव यादवको अध्यक्षतामा ८ औं गाउँसभा नीति कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रम सुरु भएको छ। सो कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कमला सहगल,प्रमुख प्रशासकीय अधिकृत अजोधी […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,९ असार। धनुषाको कमला नगरपालिका ३ का सन्दिप मुखिया ७ वर्षीय छोरा सुरज मुखियाको उपचारका लागि डा. श्यामबाबु महतो आर्थिक सहयोग गरेका छन् । गैर आवासीय मधेसी संघका अन्तर्राष्ट्रिय समितिका महासचिव डा. शमहतोले व्यक्तिगत २५ हजार रूपैया विरामीलाई उपचार गराउन सहयोग गरेका हुन् । डा .महतोको घर विदेह नगरपालिका वडा नम्बर ६ […]

न्यूजमधेश डेस्क जनकपुरधाम,८ असार। साताको कारोबारको चौथौ दिन बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। बुधबार छापावाला सुनको मूल्य प्रति तोला ९७ हजार ३ सय रुपैयाँ कायम गरेको छ। मंगलबार प्रति तोला ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन ४ सयले घटेर प्रति तोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी […]

न्यूजमधेश डेस्क सर्लाही ,५ असार। सर्लाही प्रहरीले हरिवन नगरपालिकास्थित बजार क्षेत्रको एक घरबाट लाखौँ रकमसहित ६ जना जुवाडेलाई पक्राउ गरेको छ । आइतबार साँझ इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले जुवा खालबाट छापा मारेको हो । जुवा खेलिरहेका उनीहरूको साथबाट मोटो रकम बरामद भएको प्रहरी श्रोतले जनाएको छ । तर, प्रहरीले पक्राउ परेकाहरूको विवरण […]

न्यूजमधेश डेस्क काठमाडौं,३ असार। चार लाख भारतीय रकमसहित एक नेपाली युवक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन्। विमानस्थल प्रहरी कार्यालयले तनुहँको व्यास नगरपालिका–१२ का रन्जन पाण्डेलाई पक्राउ गरेको हो। उनको साथबाट प्रतिबन्धित ३ लाख ९३ हजार ६५० भारु बरामद भएको छ। नेपाल एअरलायन्सको उडानमार्फत काठमाडौंबाट दिल्ली जान लागेका पाण्डेले बोकेको ह्याण्ड ब्यागबाट उक्त रकम बरामद […]

न्यूजमधेश डेस्क काठमाडौं,३ असार । बजेटमार्फत स्टिलको कच्चा पदार्थ बिलेट आयात गर्दा भन्सार बिन्दुमा लिदै आएको अन्तःशुल्क थप वृद्धि तथा भन्सार शुल्क पनि बढाएको भन्दै स्टिल उद्योगीहरु देशभरबाट आन्दोलित भएका छन् । अन्तःशुल्क वृद्धि भएपछि स्टिलको मूल्य पनि १० देखि १३ प्रतिशतसम्म वृद्धि भएको छ।अर्थमन्त्री जनार्दन शर्माले गत जेठमा आएको बजेटमा अन्तःशुल्क वृद्धि भएको बताएका […]