१६ बैशाख २०८१, आइतबार
28-04-2024 , Sun
×

राष्ट्रिय

सर्वोच्चका थप एक कर्मचारीमा सङ्क्रमण

न्यूजमधेश सम्बादाता काठमाडौँ २ भदौ। सर्वोच्च अदालतका एक कर्मचारीमा आज कोरोना सङ्क्रमण पुष्टि भएको छ । सर्वोच्च अदालतमा सहप्रवक्ता देवेन्द्र ढकालकाअनुसार शनिबार अदालतमा सेवाग्राहीसँगको सम्पर्कमा रहेर काम गर्नुपर्ने १८० जनाको स्वाब परीक्षण गरिएको थियो । त्यसमध्ये एकजना कर्मचारीमा सङ्क्रमण पुष्टि भएको हो । सर्वोच्च अदालतमा यसअघि १८२ जनाको स्वाब परीक्षण गर्दा एक सवारी चालक र […]

न्यूजमधेश डेस्क काठमाडौं ,१ भाद्र । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । कोभिड १९ का कारण परीक्षा नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरिएको हो । बोर्ड बैठकले विद्यालयहरुले पठाएको नतिजाको मूल्यांकनको प्रमाणिकरण गरेपछि नतिजा […]

न्यूजमधेश सम्बादाता कैलाली ,१ भाद्र । कैलालीका विभिन्न स्थानबाट अवैध काठसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका– ११ बेलाबाट नन्दलाल रानाको घरबाट सालका विभिन्न साइजका २५१ थान झ्यालका पल्ला, दुई थान तयारी ढोका र चार थान झ्यालका फ्रेमसहित उहाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिनुभयो […]

न्यूजमधेश डेस्क काठमाडौं,१ भाद्र । वि.सं. २०७६ सालको एसईईको परीक्षाफल केहीबेरमा प्रकाशित गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको परीक्षाफल प्रकाशन गर्न लागेको हो । बिहान ९ बजेदेखि दिउँसोसम्म रुजु र डमी कपी हेरेका सदस्यहरुले परीक्षाफल प्रकाशन गर्ने निर्णय गरेका हुन् । अहिले बोर्डको बैठक चलिरहेको जनाइएको छ । बोर्डका एक सदस्यले बैठक […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१ भाद्र । पछिल्लो केहि हप्तायता नेपालमा कोरोना भाइरस संक्रमित र यसका कारण हुने मृत्युदर बढेको छ । कोरोना संक्रमण नघट्दै सरकारले जारी लकडाउन अन्त्य गरेपछि संक्रमणदर बढेको हो । संक्रमित बढेपछि गम्भीर बिरामी पनि बढ्दा अस्पतालमा भेन्टिलेटर र आइसीयुको अभाव हुन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा आइतबारसम्म […]

न्यूजमधेश सम्बादाता काठमाडौँ, ३२ श्रावण ।लक्ष्मीनारायण स्मृति मेमोरियल ट्रष्टले राष्ट्रिय भलिबल टोलीका खेलाडी प्रत्येकको रु एक लाख बराबरको कोरोना बीमा गरेको छ । ट्रष्टले कूल ३६ भलिबल खेलाडीको कोरोना बीमा गरेको हो । ट्रष्टले गत वर्ष मङ्सिरमा नेपालमा सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद साग मा सहभागी महिला तथा पुरुष राष्ट्रिय टोलीका सबै खेलाडीको कोरोना बीमा […]

न्यूजमधेश सम्बादाता बाँके,३१ श्रावण । लगातारको वर्षाले कर्णाली नदीको बहाव बर्दियातिर फर्किएपछि राजापुर नगरपालिकाका तटीयक्षेत्र बाढीको उच्च जोखिममा परेको छ । कर्णाली नदीमा जलस्तर बढ्न थालेपछि राजापुर—३ तिघ्रामा कर्णाली नदीले कटान शुरु गरेका कारण यस क्षेत्र र आसपासका गाउँ उच्च जोखिममा परेको हो । गाउँलाई डुबानबाट जोगाउन नदी कटान रोक्नका लागि यहाँका सयाँै स्थानीयवासीले जनश्रमदान […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,३१ श्रावण । संचारकर्मी सन्तोष यादब र सिबेन्द्र रोहितामाथि प्रहरीले कुटपिट गरेको प्रहरीमाथि कारबाहीको माग गर्दै युवाहरुले जनकपुरमा प्रदर्शन गरेको छ । प्रदर्शनमा उत्रेका युवाहरुले पत्रकार कुट्ने प्रहरीमाथि कारबाही गर, प्रेस स्वतन्त्रता कायम गर, गुण्डागर्दी चल्दैन, सिडिओ र एसपी मुर्दावाद जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् । प्रदर्शन रोक्न ठूलो […]