३१ बैशाख २०८१, सोमबार
13-05-2024 , Mon
×

राष्ट्रिय

जनकपुरधाममा विदाको दिन सरकारी गाडी चलाएको भन्दै युवाहरुको विरोध

जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाममा सार्वजनिक बिदाको दिन सरकारी सवारी साधन दुरूपयोग भएको भन्दै युवाहरु विरोध गर्दै सडकमा उत्रिएको छ। शनिबार एमाले निकट राष्ट्रिय युवा संघ नेपालले मधेशका राजधानी जनकपुरधामको भानु चौकमा सडकमा गुडेका सरकारी गाडीलाई रोकेर ट्राफिक प्रहरीलाई बुजाएको छ । आज देशभर सार्वजनिक विदाको दिन गाडी चलाउन नदीने राष्ट्रिय युवा संघ नेपालका […]

काठमाडौं । गत शनिबार राति काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबारमा आगो लगाइदिने भन्दै फेसबुकबाट धम्की दिएको प्रसंग सरकारी गाडी प्रयोगसँग सम्बन्धित भएको विषय त धेरैले थाहा पाइसके । बालेनले जिल्ला प्रशासन कार्यालयबाट शनिबार पनि चलाउन मिल्ने गरी गाडीको पास लिएको भए पनि त्यतिवेला चालकले पास बोकेका थिएनन् । सरकारी गाडी दुरुपयोग गरेको र अराजक […]

रौतहट । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउत आज रौतहटको सदरमुकाम गौर आउन लागेका छन् । रौतहटको गौरस्थित राम जानकी धर्मशालामा आयोजना हुन लागेको वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष डा.राउत आउन लागेका हुन। जनमत पार्टी रौतहटले आयोजना गरेको वृहत् पार्टी प्रवेश कार्यक्रम विहान ११:३० बजेदेखि सुरु हुने जनमत पार्टीका युवा नेता संजय यादवले […]

काठमाडौं। काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले सिंहदरवारमा आगो लगाई दिने धम्की दिएका छन् । महानगरको गाडी सरकारले रोकेकोमा उनको आपत्ति जनाउँदै उनले भोलीबाट महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने आगो लगाई दिने बताएका हुन् । ‘चोर सरकार’ भन्दै उनले आक्रोश पोखेका छन् ।

काठमाडौ । सरकारले एकै साथ ५० भन्दा बढी सहसचिवहरुको अन्तरमन्त्रालय र अन्तरनिकायगत सरुवा गर्ने तयारी गरेको छ । मन्त्रिपरिषदमा ५२ जना सहसचिवहरुको सरुवा गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रस्ताव लगेको थियो । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रस्तावमाथि मन्त्रिपरिषदले निर्णय गरेपछि मन्त्रीहरुको राय सुझाव लिएर मुख्य सचिव डा. बैकुण्ठ अर्यालले सूची प्रमाणीकरण गर्नेछन् । […]

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न आफ्नो चीन भ्रमणमा चुच्चे नक्साको विषय उठाउने भएका छन् । प्रधानमन्त्री प्रचण्डको दल नेकपा (माओवादी केन्द्र) प्रवक्ता अग्निप्रसाद सापकोटाकाअनुसार उनले आफ्नो भ्रमणका क्रममा नक्साको कुरा उठाउने छन् । “धेरै महत्त्वपूर्ण विषयमा किन त्यस्तो हुन गयो । किन समेटिएन त्यस विषयमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्छ । त्यो जारी […]

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रुपन्देहीका तत्कालीन डिएसपी ठगबहादुर केसीविरुद्द भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बुधबार विशेष अदालतमा दायर गरेको मुद्दामा केसीलाई १८ लाख बिगो जरिवाना गरि कैद सजाय माग गरिएको छ । रुपन्देहीका तत्कालीन कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक के.सी.ले बुटवल उपमहानगरपालिका वडा नं. ५ हाटबजार नजिकबाट ३४ तोला २१ लाल […]

राजविराज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीको बोदेबसाइन नगरपालिकाका मेयर आतेश कुमार सिंहसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि छुट्याइएको रकम कामै नगरी भुक्तानी गरेको आरोपमा उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । बोदेबर्साइन नगरपालिकाले बाख्रा व्यवसायी पकेट कार्यक्रमका लागि […]