बारा । बाराको चुरियामाई अगाडि भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत हुन सकेको छैन । काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस आज बिहान चुरियामाई अगाडि दुर्घटना भएको हो । बसमा सवार २६ जनामध्ये तीन जनाको घटनास्थलमा तथा तीन जनाको उपचारका क्रममा […]
जनकपुरधाम ।डा.सीके राउत नेतृत्वको जनमत पार्टीका विदेश विभाग संगठन गैर आवासीय मधेशी संघले साउदीमा ज्यान गुमाएका एक मजदुरको लास(शव) नेपाल पठाएको छ। वैदेशिक रोजगारको क्रममा साउदी पुगेका धनुषाको बिदेह नगरपालिका मुरिबाका २७ वर्षीय सुरतिया मुखियाको केहिदिन अगाडी स्वास्थ्यमा समस्या देखापरेपछी उपचारको लागि अस्पतालमा भर्ना भएका थिए।तर,उनको उपचारकै क्रममा मृत्यु भएको गैर आवासीय मधेशी संघले जनकपुरधाममा […]
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले बुधबार भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाईवालासँग भेटवार्ता गरेका छन् । दिल्लीमा रहेका अध्यक्ष डा. राउतले भारतीय जनता पार्टीको कार्यालयमा गएर उनीसँग भेटवार्ता गरेका हुन् । भेटमा दुई देश बीचको सम्बन्धलाई कसरी थप मजबुत बनाउने तथा पार्टी–पार्टी बीचको सम्बन्धलाई अझ बलियो बनाउने भन्ने विषयमा कुराकानी भएको […]
काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग ‘दराज मन्थ्ली पे डे’ योजना अन्तर्गत विशेष छुट दिने सहकार्य गरेको छ । ग्राहकहरुले सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट दराजमा अग्रीम भुक्तानी गर्दा भाद्रदेखि आगामी साउन महिनासम्म हरेक महिनाको ७ गते विशेष छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् पाँच […]
काठमाडौं । जापान सरकारबाट प्राप्त हुने जापानी येन तीन अर्ब २९ करोड ६० लाख अनुदान सहायता स्वीकार गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले धुलिखेल अस्पताल, ट्रमा तथा आपत्कालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन तीन अर्ब २९ करोड ६० लाख अनुदान […]
कमलामाई । बाटो पहिल्याउन सके गाउँकै माटोमा पसिनाअनुसारको पैसा भेटिन्छ । टिप्न मिहेनत र परिश्रम गर्नुपर्छ, काम खोज्दै देश–विदेश भौँतारिरहनु पर्दैन, सिन्धुलीको दुधौली नगरपालिका–६ हर्षाही, बताहीका भरत काफ्लेलाई यसैको ज्वलन्त उदाहरणका रुपमा लिन सकिन्छ । उनले आफ्नै ठाउँमा बसेर गुणस्तरीय ड्रागन फलको फल र बिरुवा उत्पादन गर्छन्। यसले पाँच जनाको काफ्ले परिवारलाई स्वरोजगार बनाएको छ […]
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत भारतको दिल्ली पुगेका छन् । देशमा राजनीति संक्रमण बढ्दै गइरहेको बेला उनी मंगलबार दिल्ली पुगेका हुन् । उनी दिल्ली किन गएका हुन् भनि खुलेको छैन यद्यपि पार्टीको विशेष काम लिएर उनी त्यहाँ गएको पार्टी स्रोतले जनाएको छ । सो क्रममा केही भेटघाट समेत भएको बताइएको छ । […]
काठमाडौं । गृह मन्त्रालयले भारतसँगको खुला सीमा नाकाबाट गैरकानुनी रुपमा ओसारपसार हुन सक्ने कुखुरा तथा कुखुराजन्य पदार्थको नियन्त्रणको व्यवस्था मिलाउन निर्देशन दिएको छ। मन्त्रालयले आज सीमा क्षेत्रसँग जोडिएका जिल्ला प्रशासन कार्यलय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई अवैध ओसारपसारमा संलग्न व्यक्ति तथा प्रयोग हुने सवारी साधनलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न निर्देशन दिएको हो। मन्त्रालयले […]