१७ चैत्र २०८२, बुधबार
01-04-2026 , Wed
×

समाचार

पूर्वमन्त्रीहरू गच्छदार, जोशी र साहसँग सीआईबीको बयान

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा नेपाल कांग्रेसका नेता तथा पूर्वमन्त्री विजयकुमार गच्छदार, चन्द्रदेव जोशी र पूर्वराज्यमन्त्री सञ्जय साहसँग बयान लिएको छ । पक्राउ पुर्जी जारी भएका तीनै जनालाई सीआईबीले हिजो साँझ छुट्टाछुट्टै बयान लिएको हो । बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न भएको भन्दै सीआईबीले पूर्वमन्त्रीहरू […]

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको सर्वदलीय बैठक बसिरहेको छ । राष्ट्रपति निवास शीतल निवासमा जारी बैठकमा संसदमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले भने अनुपस्थित छ । एमालेले राष्ट्रपतिले संविधानमा नभएको सक्रियता देखाउन खोजेको भन्दै बैठक बहिष्कार गरेको हो। बैठकमा एमालेबाहेक अन्य दलका शीर्ष नेताहरु सहभागी छन्। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति […]

काठमाडौं । दलहरुबीच सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति बनाउने सहमति भएसँगै संसद् खुल्ने वातावरण बनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा गएराति बसेको राष्ट्रिय मान्यता प्राप्त दलका नेताको बैठकले सत्ता साझेदार र प्रतिपक्षी दलका नेता सम्मिलित समिति गठन गर्ने सहमति गरेको हो । समितिको मोडालिटी तय गर्न तीन […]

जनकपुरधाम,४ भाद्र ।जनता समाजवादी पार्टी नेपालका रौतहट जिल्ला पुर्व सहसचिव कल्याण राउत जनमत पार्टी प्रवेश गरेको छ। जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले सोमबार बुद्धनगरस्थित जनमत पार्टीको कार्यलयमा उनलाई खादा र टिका लगाएर स्वागत गरेका छ्न। अध्यक्ष डा.राउतले उनलाई पार्टीको सदस्यता प्रदान जनमत पार्टीका नेता संजय यादवले बताए। पार्टी प्रवेश गरेका राउत स्थानीय तहको निर्वाचनमा […]

जनकपुरधाम,४ भाद्र।नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य अब्दुल हलिम जनमत पार्टी प्रवेश गरेका छ्न। सोमबार जनमत पार्टीको केन्द्रिय कार्यलय बुद्धनगरमा एक कार्यक्रम बीच माओवादी परित्याग गर्दै नेता हलिमले विधिवत रुपमा जनमत प्रवेश गरेका हुन। उनलाई जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले खादा लगाएर पार्टीमा स्वागत गरेका हुन।नेता हलिमलाई पार्टीको सदस्यतासमेत अध्यक्ष डा.राउतले प्रदान गरेको छ। नेता […]

नयाँदिल्ली ,४ भाद्र । भारतले गहुँ र चामल जस्ता मुख्य खाद्यान्नपछि प्याजको निर्यातमा पनि कडाइको नीति लिएको छ । आन्तरिक बजारमा प्याजको मूल्य बढ्न सक्ने आशंकाबीच भारत सरकारले प्याजमा ४० प्रतिशत निर्यात शुल्क लगाएको छ । निर्यात करले देशबाहिर प्याज पठाउने कार्य निरुत्साहित हुने, आन्तरिक बजारमा प्याजको अभाव नहुने र मूल्य स्थिर रहने बुझाइ छ । प्याजमाथि पहिलो […]

काठमाडौं,४ भाद्र । राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठक आज पनि बस्दैछ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न ४ बजेपछि बैठक बस्ने तय भएको छ। संसद अवरोध खुलाउने विषयमा छलफल गर्नका लागि आइतबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मान्यता प्राप्त दलहरूसँग छलफल गरेका थिए। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओली भने बिरामी […]

काठमाडौं,४ भाद्र । समाजवादी मोर्चाको बैठक जारी छ।नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बिहान ८ बजेपछि बैठक सुरू भएको हो। यसअघि बैठक आइतबारका लागि तय भएको थियो । तर मोर्चाको घटक एकीकृत समाजवादीको पोलिटब्युरो बैठक चलिरहेकाले बैठक आज बिहानका लागि सारिएको थियो। बैठकमा सदनको गतिरोध, सातै प्रदेशमा मोर्चाले गर्ने भनिएको कार्यक्रमलगायतका विषयमा छलफल हुने […]