काठमाडौं,१५ जेष्ठ। सरकारले उखु उत्पादन प्रवर्द्धन गर्न बजेट विनियोजन गरेको छ । सोमबार बसेको संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले उखु उत्पादन प्रवर्द्धन गर्न बजेट विनियोजन गरेको जानकारी दिए ।
काठमाडौं,१५ जेष्ठ। अर्थमन्त्री प्रकाशशरण महतले निर्माण व्यवसायीले देशभर लिएको ठेक्काको विवरण र कार्य प्रगतिको आवधिक विवरण प्राप्त हुनेगरी सूचना प्रणाली विकास गरिने बताएका छन् । सोमबार आर्थिक वर्ष ०८०/८१ को बजेट प्रस्तुत गर्दै मन्त्री महतले यस प्रणालीका अधारमा सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्काको प्रगति अनुगमन गर्ने बताए । ‘अनुगमनबाट गम्भीर प्रकृतिका लापरवाही देखिए सम्बन्धित आयोजना […]
जनकपुरधाम ,१५ जेठ। जिल्ला विपद् व्यवस्थापन समिति धनुषाले सम्भावित विपद् जोखिमको अवस्थालाई मध्यनजर गरी यहाँका १८ वटै स्थानीय तहले स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रको स्थापना तथा वडा विपद् व्यवस्थापन समितिलाई सक्रिय बनाउने निर्णय गरेको छ । आइतबार बसेको समितिको बैठकले प्रत्येक स्थानीय तहका विपद् व्यवस्थापन समितिले खुला क्षेत्र र उद्धार सामग्रीको अभिलेखन गरी त्यसको विवरण […]
काठमाडौं, १३ जेठ। जनमत पार्टीका अध्यक्ष सीके राउतले भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेटवार्ता गरेका छन् । शनिबार बिहान नयाँदिल्ली गएका डा.राउतले चौथाइवालेसँग भेटवार्ता गरेका हुन् । जनमत पार्टीका नेता बीपी साहका अनुसार राउतले अरु भारतीय नेताहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । ‘उहाँ अझै केही दिन भेटवार्तामै रहनुहुनेछ । […]
काठमाडौं ,१२ जेष्ठ।टीकापुर घटनामा मृत्यु भएका प्रहरी निरीक्षक केशब बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीलाई आममाफी नदिन माग गर्दै राष्ट्रपति कार्यालयमा निवेदन दिएकी छन् । सरकारको सिफारिसमा राष्ट्रपतिबाट चौधरीलाई आममाफी दिन लागिएको चर्चा चलेपछि उनले शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा पुगेर निवेदन दिएकी हुन् । सात सुरक्षाकर्मीसहित एक बालकको ज्यान जानेगरी भएको टीकापुर घटनामा […]
काठमाडौं,१२ जेष्ठ। डा.सिके राउतले नेतृत्व गरेको जनमत पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौंमा आज बिहानैदेखी सुरु भएको छ । कोटेश्वरस्थित होटेल तपोवनमा सुरु भएको उक्त बैठकमा सरकार, पार्टीको विधान, सङ्गठन निर्माणलगायतका विषयमा छलफल भइरहेको पार्टीका नेता बीपी साहले जनाएको छ । यसैगरी आजको बैठकमा विधान संशोधनको विषयमा छलफल गर्ने एजेण्डा समेत राखिएको बताइएको छ ।
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले ‘नक्कली भुटानी शरणार्थी’ प्रकरणमा नाम आएका सबैलाई छानबिनको दायरामा ल्याउन माग गरेका छन्। प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष ०८०/०८१ को नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद थापाले भ्रष्टाचारको अन्त्य र देशमा सुशासनको निम्ति पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका सबैलाई छानबिन गरी […]
महोत्तरी । सरकारले मिटरब्याजीलाई कारबाही गर्न कानुन ल्याएसँगै महोत्तरीमा मिटरब्याजीविरुद्ध धमाधम उजुरी पर्न थालेको छ । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेका अनुसार महोत्तरीमा हालसम्म मिटरब्याजीविरुद्ध एक हजार ७३४ उजुरी दर्ता भएका छन् ।सरकारले अध्यादेश ल्याउँदै अनुचित लेनदेन (मिटरब्याज) गरेका व्यक्तिलाई कारबाही गर्ने भन्दै पीडितलाई जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराउन समय […]