०३ जेठ २०८२, शनिबार
17-05-2025 , Sat
×

समाचार

महोत्तरीमा गोली चल्यो, एक युवक घाइते

महोत्तरी । महोत्तरीमा एक युवकमाथि गोली प्रहार भएको छ । सोमबार साँझ मोटरसाइकलमा आएको अज्ञात समूहले युवकमाथि गोली प्रहार गरेको गरेको हो । गोली प्रहारबाट गौशाला ११ निवासी विनय महतो घाइते भएको महोत्तरी प्रहरी प्रवक्ता सन्तु जैसवालले जानकारी दिए। महतोको कम्मरमुनि एक राउण्ड गोली प्रहार भएको र उनलाई उपचारका लागि जनकपुर पठाइएको प्रहरीले जनाएको छ […]

जनकपुरधाम ।मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहलाई जनमत पार्टी धनुषा-२ का नेताकार्यकर्ताहरुले सम्मान गरेको छ। सोमबार जनकपुरधामस्थित रहेको जनमत पार्टीको सचिवालयमा आयोजित भेटघाट कार्यक्रममा मुख्यमन्त्री सिंहलाई स्वागत तथा सम्मान गरेका हुन। पार्टीका नेता तथा गैर आवासीय मधेशी संघ अन्तर्राष्ट्रिय समितीका सल्लाहकार दिनेश साहुको अध्यक्षतामा भएको मुख्यमन्त्री सिंहसंग भेटघाट तथा सम्मान कार्यक्रममा पार्टीका नेताकार्यकर्ताहरुले फुलमाला खादा […]

काठमाडौं । नेपाल-भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौंडा-ढल्केबर-इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केबर-इनरुवा खण्ड निर्माण सकिएको छ । धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-४ स्थित इनरुवा सबस्टेसम्मको १५४ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न गरिएको विद्युत प्राधिकरणले जनाएको छ । यो प्रसारण लाइन करिब ४ हजार मेगावाट विद्युत् प्रवाह गर्ने क्षमताको […]

जनकपुरधाम ।जनकपुरधामको शिवपुरमा अवस्था तनावग्रस्त बनेको छ । समुदायिक विद्यालयको जग्गामा मुस्लिम समुदायले कब्जा गर्न खोजेपछि अवस्था तनावग्रस्त बनेको हो । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ शिवपुरस्थित रहेको जनता माविको करिब ३ कठ्ठा जग्गा मुस्लिम समुदायले कब्जा गर्न खोजेपछि अवस्था तनावग्रस्त बनेको हो । पुलचोकभन्दा उत्तर र ५२ विघाभन्दा मात्र १०० मिटरको दुरीमा रहेको जनता […]

वीरगन्ज । पर्साको वीरगन्जमा एक युवकको शव फेला परेको छ। वीरगन्ज महानगरपालिका- १६ शंकराचार्य गेटस्थित खुला चौरमा एकजना युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। युवकको हत्या भएको आशंका प्रहरीले गरेको छ। उनको अनुहारमा रगत देखिएको छ। आइतबार साँझतिर खुला चौरमा एक जना व्यक्ति मृत फेला परेको सूचना प्रहरीलाई पुगेको थियो। प्रहरीले […]

जनकपुरधाम ।मधेस सरकारका वन तथा वातावरण मन्त्री त्रिभुवन साहले मधेस आन्दोलनका सहिदहरुको सालिकमा माल्यार्पण गरेका छन् । आज विहान जनकपुरधामको सहिद गेटमा पुगेर वन मन्त्री साहले मधेस आन्दोलनका सहिदहरुको सालिकमा माल्यार्पण गरेका हुन। मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहको सिफारिसमा प्रदेश प्रमुखले त्रिभुवन साहलाई वन तथा वातावरण मन्त्रीमा नियुक्त गरेका थिए । साह मन्त्रीमा नियुक्त […]

जनकपुरधाम ।धनुषाको कमला नगरपालिका-३ लगमामा रहेको राष्ट्रिय प्राथमिक विद्यालयको अतिक्रमण गरिएको जग्गा खाली गराउन माग गर्दै मेयर बिशेश्वर यादवलाई ध्यानाकर्षण गराएको छ। अतिक्रमणमा परेका जग्गा खाली गराउन माग गर्दै जनमत पार्टी मधेश प्रदेस सदस्य दिपेन्द्र तेथवारसहित पार्टीका नेताकार्यकर्ताहरुले कमला नगरपालिकाका मेयर विशेश्वर यादवलाई ध्यानाकर्षण पत्र बुझाएको हो। नेता तेथवारले मेयर यादवलाई ध्यानाकर्षण पत्र बुझाएपछि न्यूजमधेशसंग […]

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले अत्यधिक गर्मी बढेसँगै बिहानको १०ः३० बजेभित्रै पठनपाठन सकाउन सामुदायिक तथा निजी विद्यालयलाई निर्देशन दिएको छ । महानगरको आइतबार बसेको बैठकले गर्मी बढेसँगै आजदेखि विद्यालयको पठनपाठन सीमित अवधिमा मात्रै गर्न निर्देशन दिएको हो । वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले तराई÷ मधेश क्षेत्रमा गर्मी बढिरहेको र अझै केही दिन गर्मी बढ्न […]