न्यूजमधेश डेस्क जनकपुरधाम ,७ भदौ । कोरोना भाइरस रोकथाम एवं नियन्त्रण शिर्षकमा प्रदेश २ सरकारले २ अर्ब १ करोड ७१ लाख भन्दा बढी रकम कार्यक्रम संशोधनसहित थप निकासा गरेको देखिएको छ । गत आर्थिक वर्ष २०७६/०७७ मा कोरोनाभाइरस रोकथाम, नियन्त्रण एवं उपचारको नाममा ५ वटा मन्त्रालयलाई १ अर्ब १७ करोड ७३ लाख ३४ हजार ७ […]
न्यूजमधेश सम्बादाता सुनसरी,७ भदौ। सुनसरीमा पुनः एकसाताका लागि निषेधाज्ञा जारी गरिएको छ । डिसीसीएमसीको आज सम्पन्न भएको बैठकले जिल्लामा एकसाताका लागि निषेधाज्ञाको समय थप गरेको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताउनुभयो । सुनसरीमा यही भदौ १४ गते राति १२ः०० बजे सम्मका लागि निषेधाज्ञाको समय थप गरिएको छ । यो भन्दा अगाडिको बैठकले आज राति […]
न्यूजमधेश सम्बादाता रौतहट ,७ भदौ । रौतहटको धर्मपुरमा बागमती नदीमा ऋषिपञ्चमी स्नान गर्न गएका एक बालिकाको डुबेर मृत्यु भएको छ । दुई बालिका बेपत्ता भएका छन । नदीमा डुबेकी गढिमाई नगरपालिका- ७ कि १० वर्षकी पिंकुकुमारी मुखियाको शव दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पिंकुकुमारीसँगै डुबेका १२ वर्षकी सुजिताकुमारी दास र १० […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,७ भदौ ।धनुषा जिल्लाको गङ्गुली क्वारेन्टाइनमा सङ्क्रमितको परीक्षण चिकित्सकले नगरी सरसफाइ सहयोगीबाट गराइएको घटना सन्दर्भमा क्वारेन्टाइनका चिकित्सक टोलीलाई प्रादेशिक अस्पताल जनकपुरधाम झिकाइएको छ । कोभिड-१९ का धनुषा संयोजक डा जामुनप्रसाद सिंहका अनुसार सङ्क्रमितलाई सरसफाइ सहयोगीले परीक्षण गरेको घटनामा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मी टोलीलाई प्रादेशिक अस्पताल झिकाइएको छ । उहाँले भन्नुभयो, “घटना सन्दर्भमा सामाजिक […]
गोपालप्रसाद बराल महोत्तरी, ७ भदौ । प्रदेश नं २ मा कोभिड–१९ सङ्क्रमण बढेसँगै होम आइसोलेसनमा बस्ने निकै बढेका छन् । यहाँका अस्पतालहरुको व्यवस्थापकीय गुनासो बढ्दै जाँदा पछिल्लो चरणमा होम आइसोलेसनमा बस्नेको सङ्ख्या निकै बढेको हो । भदौ लागिकनका बितेका छ दिनमै होम आइसोलेसनमा बस्ने तीन हजार २०७ पुगेका छन् । साउन मसान्तमा यो सङ्ख्या एक […]
न्यूजमधेश सम्बादाता बारा, ६ भदौ । मोटरसाइकलमा आएका एक व्यक्तिले प्रहरीकै अगाडि १६ लाख रुपैयाँ फालेर फरार भएका छन् । आज (शनिबार) बिहान करिव ८ बजेतिर बाराको महागढी नगरपालिका–७ स्थित सडकमा प्रहरी चेकजाँचका क्रममा एक व्यक्तिले सो रकम फालेर भागेका हुन् । प्रहरी चौकी तेलकुवा बाराबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा नम्बर नखुलेको मोटरसाइकलमा आएका […]
न्यूजमधेश डेस्क इस्लामावाद,६ भदौ । चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानी विदेशमन्त्री साह मोहमुद कुरेसीबीच शनिबार वार्ता भएको पाकिस्तानी पत्रिका ‘डन’ ले जनाएको छ । उक्त पत्रिकाका अनुसार उहाँहरुबीच शनिबार बिहान भएको वार्तामा हाल पाकिस्तानमा फैलिएको कोरोना भाइरसको महामारीका बारेमा कुराकानी भएको थियो । पाकिस्तानी विदेशमन्त्री कुरेसी हाल चीन भ्रमणमा हुनुहुन्छ । उहाँ चीनको दुई […]
नीरज गौतम नेपालगञ्ज, ६ भदौ । ‘बिहेवारी बीस वर्षपारी’ नाराको व्यावहारिक परिपालना बाँकेमा समुदायस्तरमा गराउन सरोकारवाला निकायबीच थुप्रै चुनौती देखिएका छन् । जिल्लाका युवायुवती, किशोरकिशोरी र बालबालिका संस्थागत रुपमा जनचेतनामूलक कार्यक्रममा लागि परेपनि विशेष गरी मुस्लिम तथा मधेशी समुदायमा बालविवाह रोक्न नसकिएकाले चुनौती देखिएको बाल अधिकारकर्मी साहिल अन्सारीको भनाइ छ । बाँके जिल्लामा बालविवाह कतिले […]