न्यूजमधेश सम्बादाता नवलपुर, ५ श्रावण। कोरोना कहरकै बीच आज श्रावणको पहिलो सोमबार पूजाआजा गर्न भक्तजन देवघाटधाम आएका छन् । देवघाट क्षेत्र विकास समितिले नदी स्नान र पूजाआजा गर्न आउनका लागि आह्वान गरे पनि नजीकका भक्तजन यहाँ आएका हुन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व), चितवन र तनहुँको सिमानामा पर्ने पवित्र तीर्थस्थल देवघाट धाममा तीनै जिल्लाका तीर्थालुको उपस्थिति देखिएको […]
मनोज मोरबैता / प्रविन पण्डित जनकपुरधाम, ४ साउन । धनुषाको जनकनन्दिनी गाउँपालिकाको जनप्रतिनिधि तथा कर्मचारीको लापरवाहीको कारण सेवाग्राही मर्कामा परेका छन् । गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारी समेत कार्यालयमा नआएपछि सेवा लिन आएका सेवाग्राही काम बिनै रित्तै फर्किन बाध्य भइरहेका छन् । उपाध्यक्ष भारती कार्की, प्रमुख प्रशासकिय अधिकृत कुलानन्द झा कार्यालयमा पट्क्कै नआइरहेको सेवाग्राहीको भनाई छ […]
न्यूजमधेश डेस्क जनकपुरधाम,४ साउन । बाढीबाट जनधनको क्षति न्यूनिकरण गर्नको लागि पूर्वी धनुषाको शहिद नगर नगरपालिकामा सुरक्षाकर्मीहरुले शनिबार पूर्वतयारी तथा प्रतिकार्य अभ्यास गरेको छ । युनिसेफको सहयोगमा लाइफ नेपालद्वारा शहिदनगर नगरपालिकामा बाढीबाट जनधनको क्षति न्युनिकरण तथा प्रतिकार्य अभ्यास कार्यक्रम गरिएको हो । लाइफ नेपालले उपलब्ध गराएको सामग्रीहरुको सहयोगका सुरक्षाकर्मीहरुले प्रतिकार्य अभ्यास गरेका थिए । सशस्त्र […]
न्यूजमधेश डेस्क काठमाडौं,३ साउन। विभिन्न मुलुकमा अलपत्र एक हजार १५५ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको उद्धारका लागि भएको तेस्रो चरणको चार्टर्ड उडानमार्फत उनीहरु स्वदेश फर्किएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी १३ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानबाट छ शव पनि […]
न्यूजमधेश डेस्क काठमाडौं,३ साउन । मुलुकभर अहिले मनसुनी वायुको प्रभाव रहेकाले धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिणतिर रहेको छ । क्रमशः नेपाल नजिक आउने क्रममा रहेकाले आइतबार साँझदेखि भने मौसम थप सक्रिय हुने जनाइएको छ । विभागका अनुसार […]
न्यूजमधेश डेक्स बुटबल ,३ असार। डा सीके राउत नेतृत्वको जनमत पार्टीको रुपन्देहीमा ३१ सदस्यीय जिल्ला स्तरीय तदर्थ समिति गठन गरीएको छ । शनिबार जनमत पार्टीको केन्द्रिय सदस्य भोपेन्द्र प्रसाद यादवको अध्यक्षतामा मायादेवी गाउपालिकाको बेथरीमा एक कार्यकम बीच रामकेश गुप्ताको नेतृत्वमा ३१ सदस्यीय जिल्ला स्तरीय तदर्थ समिति गठन गरेका छन्। सो समितिको संयोजकमा रामकेश गुप्ता ,सह-संयोजकमा […]
न्यूजमधेश डेक्स वीरगञ्ज,३ साउन। पर्सामा एक महिलालाई बोक्सीको आरोपमा अर्धनग्न बनाई, मोसो र जुत्ताको माला लगाइदिएर गाउँ परिक्रमा गराइएको छ ।छिपहरमाई गाउँपालिका ३ बस्ने छोटकी जयमंगलापुरकी ४८ वर्षीया एकल महिलालाई गाउँलेले कुटपिट गर्दै पेटिकोटमै गाउँ परिक्रमा गराएका हुन् । जुत्ताको माला लगाइदिएर उनलाई गाउँ घुमाउँदा अन्य गाउँले तमासा हेरेर बसे । उनको देब्रे कुम, ढाड […]
विमलबहादुर विष्ट डोटी, ३ साउन। वर्षेनी सेती नदीको कटानले जिल्लाका बारपाटा, गोपघाट, कालागाढ, सिरखोली सैन, दिपायल, घोलतडा तथा नारिदाङका बस्ती उच्च जोखिममा परेको छ ।नदीले वर्षेनी धार परिर्वतन गर्दै स्थानीयका बस्ती भएर बग्न थालेका कारण यहाँका गाउँघर नदीले बगाउने भन्दै स्थानीयवासीमा त्रास फैलिएको छ । वर्षात्को समय शुरु भएसँगै सेतीनदीमा पानीको बहाव पनि निकै बढेकाले […]