२५ बैशाख २०८१, मंगलबार
07-05-2024 , Tue
×

कोशी

बन्दकर्ता र मजुदरबीच झडप

न्यूजमधेश डेस्क सुनसरी,२२ माघ । सुनसरीको धरानमा बन्दकर्ता र मजदुरबीच झडप भएको छ । नेकपाको दाहाल-नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा बिहीबार बिहान धरानको भानुचोकमा मजदुर र बन्दकर्ताबीच झडप भएको हो । बन्दकर्ताले टेम्पू रोकेर लात्त हानेपछि भएको विवाद सामान्य झडपमा परिणत भएको थियो । अहिले सो क्षेत्रको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

न्यूजमधेश डेस्क मोरंग ,२० माघ । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले संविधानमा सबै क्षेत्रका जनतका अपनत्व हुनुपर्ने बताउनुभएको छ । सो पार्टीको जिल्ला समन्वय समिति मोरङद्वारा आज यहाँ आयोजित अगुवा कार्यकर्ता भेलामा उहाँले पहाड, हिमाल र तराईमा बसोबास गर्ने सबै नागरिकको समानुपातिक समावेशी केन्द्रित संविधान हुनुपर्नेमा जोड दिनुभयो । वरिष्ठ नेता महतोले […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१४ माघ ।भूमाफियाको चलखेलका कारण नक्कली मोही खडा गरी व्यक्तिको स्वामित्वमा गइसकेको झापाको विर्तामोडस्थित दुर्गा गुठीको करोडौँ मूल्यको दुई बिघा आठ कठ्ठा १८ धुर जग्गा २३ वर्षपछि गुठीकै नाममा फिर्ता भएको छ । विर्तामोड नगरपालिका–३ मा अनारमनी दुर्गा मन्दिरको नाममा राजगुठीमा दर्ता रहेको १३ बिघामध्ये तीन बिघा तीन कठ्ठा १८ धुर जग्गा […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१२ माघ । ‘घुमौं पूर्व प्रदेश नम्वर १’ भन्ने मुख्यः नारासहित अभियान सुरु भएको छ । १ नम्बर प्रदेशका पर्यटन व्यवसायी र नेपाल पर्यटन बोर्डको संयुक्त प्रयासमा यो अभियान प्रारम्भ भएको हो । आन्तरिक पर्यटन पुनरूत्थान एवं प्रवर्द्धन गर्ने उद्देश्यसहित अभियान १० माघ २०७७ मा जनकपुरबाट सुरु भएको हो । अभियानको प्रवर्द्धक […]

न्यूजमधेश डेस्क काठमाडौं,११ माघ।प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई वैवाहिक जीवनको शुभकामना दिएका छन् । विवाह समारोहमा पुगेर उनले दुलाहा-दुलहीलाई सुखद दाम्पत्य जीवनको शुभकामना दिएका हुन । आज मुख्यमन्त्री राई र पूर्व मिस मंगोल जाङ्मु शेर्पा वैवाहिक बन्धनमा बाँधिएका हुन् । सीमित व्यक्तिहरुबीच भएको विवाहमा केही आफन्त तथा केही नेताहरुको उपस्थिति […]

न्यूजमधेश डेस्क सुनसरी,७ माघ।सुनसरीको दुहवी-इनरुवा खण्डमा मंगलबार भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् । सुनसरी प्रहरीका अनुसार विराटनगरबाट राजविराजतर्फ जाँदै गरेको माइक्रो र विपरीत दिशामा रहेको मोटरसाइकल आपसमा ठोकिदा दुर्घटना भएको हो । प्रहरीले दिएको जानकारी अनुसार प्रदेश १–०२–००१ ज ३८६८ नम्बरको माइक्रोले को३४प […]

न्यूजमधेश डेस्क मोरंग ,२४ मंसिर । प्रदेशमा निर्माण हुने संरचनामा अपाङ्गता एवं फरक क्षमता भएका सबैको पहुँच पुग्नुपर्ने सुझाव सरोकारवालाले दिएका छन् । प्रदेश नं १ सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटा र राष्ट्रिय अपाङ्ग महासङ्घ प्रदेश समितिले संयुक्तरुपमा आज यहाँ आयोजित ‘अपाङ्गता भएका व्यक्तिको पुनःस्थापना र विद्यमान संरचना’ विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले अब […]

न्यूजमधेश डेस्क विराटनगर ,२२ मंसिर । मोरङको मिक्लाजुङमा शिक्षकको गोली हानी हत्या गरेको छ । मंगलबार बिहान शिक्षक राजेन्द्र श्रेष्ठको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार ५४ वर्षीय शिक्षकको हत्यामा नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताको संलग्नता देखिएको छ । ‘थप अनुसन्धानका लागि हाम्रो टोली घटनास्थलमा पुग्दैछ, ‘ उनले […]