२५ बैशाख २०८१, मंगलबार
07-05-2024 , Tue
×

कोशी

पतिको निधनपछि सिन्दूर–पोतेसहित घाटबाट फर्केर काजकिरिया

न्यूजमधेश डेस्क झापा ,२२ मंसिर । झापा जिल्लाको विर्तामोड नगरपालिका वडा नम्बर ८ की रेनुका नेपालले पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलनलाई तोडेर घाटबाटै सिन्दूर–पोतेसहित घर फर्केर काजकिरिया बारिरहनुभएको छ । उहाँका पति केशव नेपालको मिर्गौला रोगका कारण शनिबार ६१ वर्षको उमेरमा निधन भएको थियो । सत्र दिनअघि घरछेउ पैदलयात्रा गरिरहेका बेला मोटरसाइकलको ठक्करले घाइते […]

न्यूजमधेश डेस्क सुनसरी,२० मंसिर । कोरोना भाइरस सङ्क्रमण रोकथाम गर्न नेपाल तथा भारत सरकारले सिल गरेको नाका खोल्न माग गर्दै अनिश्चितकालीन धर्ना शुरु गरिएको छ । नेपाल–भारत खुल्ला सीमा सम्वाद समूहले आज सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित भारतसँग जोडिएको नेपाल क्षेत्रमा अनिश्चितकालीन धर्ना शुरु गरेको हो । कोभिड–१९ का कारण सङ्क्रमण रोकथान गर्ने नाममा सरकारले भारतसँगको धार्मिक, […]

न्यूजमधेश डेस्क इलाम ,२० मंसिर । इतिहासको संरक्षण तथा सम्वद्र्धन गर्न इलाम नगरपालिकाले सङ्ग्रहालय निर्माण गरेको छ । नगरपालिकाले सय वर्षभन्दा पुरानो राणाकालीन दरबारलाई अरनिको सङ्ग्रहालय बनाएको हो । जिल्ला प्रशासन कार्यालय नयाँ भवनमा सरेपछि दरबारमा सङ्ग्रहालय बनाइएको हो । लोप हुने अवस्थामा पुगेका विभिन्न सामग्री, पुराना उपकरण, बाजागाजा, विभिन्न जातिका वेषभूषा र भाडावर्तनलगायतका सामग्री […]

न्यूजमधेश डेस्क इलाम ,१३ मंसिर । दुई वर्षअघिसम्म नेपाल–भारत सीमा क्षेत्रमा नेपालतर्फको सुरक्षा संयन्त्र नपुग्दा त्यस क्षेत्रका बासिन्दाले अनेकन पीडा खेप्नुपर्यो । आफँैले भोगचलन गर्दै आएको जग्गामा खेती गर्दा र संरचना बनाउँदासमेत पटक–पटक भारतीय सीमा सुरक्षा निकाय ९एसएसबी०को गाली खानुपर्यो । भारततर्फ बाक्लो सुरक्षा रहे पनि नेपालमा सुरक्षा निकाय नहुँदा यस क्षेत्रका बासिन्दाले भारतको नियन्त्रणमै […]

न्यूजमधेश डेस्क विराटनगर,१० मंसिर । भारतमा डिजेल महँगो भएसँगै नेपालबाट यसको अवैध निकासी भइरहेको छ । विगत केही दिनदेखि तराई क्षेत्रका सीमावर्ती बजारबाट नेपाल प्रवेश गरेका भारतीय गाडी फिर्ता जाने क्रममा अत्यधिक डिजेल लिएर जाने गरेका छन् । नेपालभन्दा भारतमा डिजेल महँगो मूल्यमा बिक्री भइरहेकाले यसको अवैध निकासी बढेको हो । हिजोआज नेपालको सिमावर्ती क्षेत्रका […]

न्यूजमधेश डेस्क विराटनगर,२५ कार्तिक । मोरङमा पछिल्लो १८ घण्टाका अवधिमा कोरोना सङ्क्रमणबाट १० जनाको मृत्यु भएको छ । विराटनगरका विभिन्न अस्पतालमा आठ र दुई जनाको होम आइसोलेसनमा मृत्यु भएको छ । मृत्यु हुनेमा आठ पुरुष र दुई महिला रहेका छन् । विराटनगरको नोबेल शिक्षण अस्पतालमा आज पाँचजना कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ भने कोशी अस्पताल […]

न्यूजमधेश सम्बादाता झापा ,२५ कार्तिक । कोरोना भाइरसका सङ्क्रमित बढ्दै गएपछि जिल्लामा एकका लागि एक अभियानले अक्सिजन बैंक स्थापना गर्ने तयारी गरेको छ । विर्तामोडमा स्थापना गरिने बैंकबाट घरमै उपचार गरिरहेका कोभिड १९ का सङ्क्रमितलाई उपचारमा सहज सेवा दिने उद्देश्यले अभियानले अक्सिजन बैंकको स्थापना गर्ने भएको हो । अभियानका संयोजक महेन्द्रकुमार गिरीले सङ्क्रमितको सङ्ख्या दिनानुदिन […]

न्यूजमधेश डेस्क धरान ,२३ कार्तिक ।  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड–१९ अस्पतालमा आज थप एकजना कोरोना सङक्रमितको मृत्यृ भएको छ । यससँगै प्रतिष्ठानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ९३ पुगेको छ । धनकुटा नगरपालिका–३, पाख्रीबासका ७२ वर्षीय वृद्धको उपचारका क्रममा आज मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठले जानकारी दिनुभयो । यही कात्तिक […]