१४ बैशाख २०८१, शुक्रबार
26-04-2024 , Fri
×

कोशी

झापामा गोली चल्दा एक जनाको मृत्यु

न्यूजमधेश सम्बादाता झापा, १० भदौ। झापा गाउँपालिका वडा नं ३ कामाटोलीमा गौहत्याका आरोपितलाई छुटाउन प्रहरी टोलीमाथि स्थानीयवासीबाट हातपात भएपछि स्थिति नियन्त्रणका लागि गोली चलाउँदा एक व्यक्तिको निधन भएको छ । घाइते ३८ वर्षीय सरिकुल आलमलाई उपचारका लागि बिर्तामोडको बिएन्डसी हस्पिटलमा भर्ना गरिएकामा आज बेलुकी ९ बजेतिर मृत्यु भएको हो । आलमको पेटमा गोली लागेको थियो […]

न्यूजमधेश सम्बादाता सुनसरी,७ भदौ। सुनसरीमा पुनः एकसाताका लागि निषेधाज्ञा जारी गरिएको छ । डिसीसीएमसीको आज सम्पन्न भएको बैठकले जिल्लामा एकसाताका लागि निषेधाज्ञाको समय थप गरेको सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले बताउनुभयो । सुनसरीमा यही भदौ १४ गते राति १२ः०० बजे सम्मका लागि निषेधाज्ञाको समय थप गरिएको छ । यो भन्दा अगाडिको बैठकले आज राति […]

न्यूजमधेश सम्बादाता झापा ,५ भदौ ।समुदायस्तरमा फैलिन थालेको कोभिड –१९ को सङ्क्रमण नियन्त्रण गर्ने उद्देश्यले झापाको मेचीनगर नगरपालिका, कमल, वुद्धशान्ति र गौरीगञ्ज गाउँपालिकाका विभिन्न वडामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा आदेश जारी गरी सर्वसाधारण र यातायातका साधनको आवागमनमा रोक लगाएको छ । निषेधाज्ञा लागू भएका क्षेत्रमा बस, सिटी सफारी, ट्रक, कार, जीप, टेम्पो, माइक्रो लगायतका यातायतका […]

न्यूजमधेश सम्बादाता इनरुवा,३१ श्रावण । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा  नम्बर ७ का एक युवकको हत्या भएको छ। बिहीबारदेखि हराइरहेका २१ वर्षीय गुनराज यादव शव आज फेला परेको हो। बिहीबारै धारिलो हतियार प्रयोग गरी यादवको हत्या गरेर सुनसरी खोलामा फ्याँकिएको र आज शव बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार यादवलाई हत्या गरेर हातखुट्टा डोरीले […]

न्यूजमधेश सम्बादाता झापा ,३१ श्रावण । कोरोना भाइरसको सङ्क्रमण समुदायमा फैलिएसँगै झापाका चार स्थानीय तहले बन्दाबन्दी घोषणा गरेका छन् । जिल्लामा समुदायमा रहेका ५१ जना कोरोना सङ्क्रमित भएपछि पालिकाहरु धमाधम बन्द हुन थालेका हुन् । बन्दाबन्दी घोषणा गर्नेमा दमक र मेचीनगर नगरपालिका तथा कमल र बुद्धशान्ति गाउँपालिका छन् । चारवटै पालिकाले एक हप्ताका लागि बन्दाबन्दी […]

चन्द्रकला भण्डारी झापा ,३० श्रावण । दुई सन्तान एउटै घटनामा गुमाएको पीडा । तीन साता बितिसक्यो, हालखबर सोध्नसमेत कोही आउँदैनन् । पोखरीमा डुबेर दुई छोरा गुमाएपछि झापाको भद्रपुर–२ निवासी कमला थामीको दिनरात रोएरै बित्ने गरेको छ । गत साउन ७ गते मावली घर भद्रपुर–२ मा रहेका बेला उनका दुई छोरा १४ वर्षीय करण थामी र […]

न्यूजमधेश सम्बादाता झापा ,२२ श्रावण । बन्दाबन्दी खुलेसँगै सीमा क्षेत्रमा तस्करी धन्दा सलबलाएकोे छ । साउन महिनामा मात्र झापाको प्रहरीले रु २० लाखभन्दा बढी मूल्यका तस्करीका सामान दशगजाबाट बरामद गरी भन्सारमा बुझाएको देखिन्छ । झापाको काँकडभिट्टा, बाहुनडाँगी, भद्रपुर र कुमरखोदबाट विगतदेखि नै तस्करी धन्दा हुने गरेको छ । कोभिड–१९ को विश्वव्यापी महामारीमा सरकारले बन्दाबन्दी लागू […]

न्यूजमधेश सम्बादाता उदयपुर,१८ श्रावण ।जिल्लाको बेलका नगरपालिकाको रामपुर ठोक्सिला बजारस्थित नगरपालिका परिसरमा आज दिउँसो आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा इलाका प्रहरी कार्यलय रामपुर ठोक्सिलाका प्रहरी जवान र एक आन्दोलनकारी घाइते भएका छन् । इलाका प्रहरी कार्यलय रामपुर ठोक्सिलाका अनुसार बेलका नगरपालिका नेपाली काँग्रेस, सङ्घीय समाजवादी पार्टी र राप्रपाले नगरपालिकाविरुद्ध विरोधसभा गरेको र सो कार्यक्रम बरगाछी […]