०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri
×

झापामा अक्सिजन बैंक स्थापनाको तयारी

Logo
प्रकाशित मंगलबार, कार्तिक २५, २०७७

न्यूजमधेश सम्बादाता
झापा ,२५ कार्तिक । कोरोना भाइरसका सङ्क्रमित बढ्दै गएपछि जिल्लामा एकका लागि एक अभियानले अक्सिजन बैंक स्थापना गर्ने तयारी गरेको छ ।

विर्तामोडमा स्थापना गरिने बैंकबाट घरमै उपचार गरिरहेका कोभिड १९ का सङ्क्रमितलाई उपचारमा सहज सेवा दिने उद्देश्यले अभियानले अक्सिजन बैंकको स्थापना गर्ने भएको हो ।

अभियानका संयोजक महेन्द्रकुमार गिरीले सङ्क्रमितको सङ्ख्या दिनानुदिन बढ्दै गएको कारण अस्पतालमा बिरामीले बेड नपाउँदा श्वासप्रश्वासमा समस्या हुने भएपछि विरामीलाई घरमै सेवा दिन अक्सिजन बैंकको स्थापनाको तयारी गरेको बताउनुभयो ।

उहाँले १५ दिनभित्रमा रु। १२ लाखको लगानीमा दुई सय अक्सिजनका सिलिन्डरको भण्डारण गरेर बैंक शुरु गर्ने बताउनुभयो ।

उहाँले कोरोना सङ्क्रमणका कारण घरमै उपचार गराइरहेका आर्थिक रुपमा सामान्य, असहाय र विपन्न परिवारलाई निःशुल्क सिलिण्डर उपलब्ध गराउने भए पनि अन्यलाई भने सशुल्क सेवा दिइने बताउनुभयो । संयोजक गरीले कोभिड सूचना तथा सहायता केन्द्रको समेत स्थापना गरेर कोरोना सङ्क्रमितलाई निःशुल्क परामर्श दिइने जानकारी दिनुभयो ।

अभियानले यसअघि झापाको कनकाईमा पिसिआर प्रयोगशाला स्थापना गरेर सरकारलाई हस्तान्तरण गरिसकेको छ । रु। एक करोड २ लाख ५६ हजारको लागतमा अत्याधुनिक प्रयोगशाला स्थापना गरेको अभियानले प्लाज्मा बैंक स्थापना गर्न नेपाल रेडक्रस सोसाइटी बिर्तामोडलाई रु।११ लाख रुपैयाँ प्रदान गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफ्नो पदबाट कुनै हालतमा राजीनामा नदिने बताएका छन् । नयाँ वर्ष २०८१ को पूर्वसन्ध्यामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रम मुख्यमन्त्री कार्कीले संविधानको रक्षा र जनताको हक अधिकार स्थापित गर्न सरकार निर्माण गरेको बताए । मुख्यमन्त्री कार्कीले सबै दललाई नयाँ वर्ष २०८१ मा सर्वदलीय सरकार […]

काठमाडौँ । जनमत पार्टीले बैशाख १५ गते हुने उपनिर्वाचन अन्तर्गत इलाम-२ मा प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पहिचानवादीहरूको तर्फबाट थाम्सुहाङ उम्मेदवार बनाउने निर्णय भएको अध्यक्ष डा. सीके राउतले बताए । थाम्सुहाङ किराँत-लिम्बुवान प्रदेश नामांकन अभियानका राष्ट्रिय अध्यक्ष हुन् । जनमतको हालै बसेको केन्द्रीय समितिको बैठकले कोशी प्रदेशमा चलिरहेको पहिचान आन्दोलनको मर्मबमोजिम पहिचानसहितको […]

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेश लगातार छैटौं खेलमा पनि पराजित भएको छ । गण्डकीले जितको लागि दिएको १ सय ६८ रनको लक्ष्य पछ्याउने क्रममा कोशी १५.२ ओभरमा २५ रन मात्र बनाउदै अलआउट भयो । कोशीका कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । यो प्रधानमन्त्री कप इतिहासकै सबैभन्दा कम योगफल […]