१० आषाढ २०८२, बुधबार
25-06-2025 , Wed
×

मधेस

छठपर्वको मुख्यमन्त्री राउतद्वारा शुभकामना

न्यूजमधेश डेस्क जनकपुरधाम ,५ मंसिर । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले लोकआस्थाको महापर्व छठपर्वको अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बी एवं प्रदेशवासीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ । मुख्यमन्त्री राउतले आज एक विज्ञप्ति जारी गर्दै विश्वसहित मुलुक अहिले कोरोना महामारीको चपेटामा रहेको हुँदा स्वास्थ्य सतर्कता अपनाई लोकआस्थाको महापर्व […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२९ कार्तिक । जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगरमा आज बिहान श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधाम उपमहानगरपालिका–२० घर भई हाल वडा नंं ७ जानकीनगरमा बस्ने सञ्जीव साहलाई प्रहरीले पक्राउ गरेको हो । साहले श्रीमती आरती र छोरी रिया साहको शरीरमा समेत एसिड […]

न्यूजमधेश डेस्क राजविराज,२८ कार्तिक । सप्तरीमा ३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनरुप नगरपालिका–४ का सोविन्द्र रामलाई बिहीबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कञ्चनरुपले उजुरी दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाएको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताउनुभयो । शौचालय गर्न निक्लिएका बेला आरोपितले पीडितलाई पछाडिबाट मुख बन्द गरी बाँसको झाडीमा लगेर यही […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२८ कार्तिक । महोत्तरी जिल्लामा पक्राउ पर्ने लागुऔषधका कारोबारीको सम्पर्क सञ्जाल पहाड मधेशसम्म भएको पाइएको छ । लागुऔषधका कारोबारीले सञ्जाल नै स्थापना गरेर महोत्तरीका सीमावर्ती क्षेत्रबाट कारोबार चलाइरहेको पाइएपछि प्रहरीले लागुऔषध नियन्त्रणका लागि विशेष सर्च अभियान सञ्चालन गरेको छ । प्रहरीले लागुऔषध नियन्त्रणका लागि देखाएको यो सक्रियताका कारण लागुऔषध कारोबारी र प्रयोगकर्ताहरू […]

न्यूजमधेश डेस्क बारा ,२४ कार्तिक । जिल्लाको पथलैयादेखि वीरगञ्जको आइसिपीसम्म ६ लेन सडक खण्डको ठेक्का लिएर समयमा काम नगर्ने ठेकेदार कम्पनी युनाइटेड बिल्डर्सलाई रु एक करोड ६८ लाख जरिवाना गरेको व्यापारीक मार्ग विस्तार योजना कार्यालय पथलैयाले जनाएको छ । तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित २०६९ सालमा निर्माण थालिएको वीरगञ्ज पथलैया २६ किलोमिटर सो सडक खण्डको […]

न्यूजमधेश डेस्क महोत्तरी,२२ कार्तिक । दीपावली र छठ पर्व नजिकिएसँगै महोत्तरीसहित मिथिला क्षेत्र उमङ्गित छ । कृष्णपक्षमा मनाइने उज्यालोको पर्व दीपावलीको तयारीमा प्रदेश नं २ मा पर्ने सम्पूर्ण मिथिला क्षेत्र अहिले पर्वमय बनेको हो । दीपावली पर्वको पक्ष ९कात्तिक कृष्णपक्ष० शुरु भएसँगै मिथिला क्षेत्रका सबैजसो घर रङ्गरोगन गरेर चम्क्याइँदा छन् । के धनी, के गरिब […]

न्यूजमधेश डेस्क महोत्तरी,२२ कार्तिक । तिहार दीपावली पर्वको मुखमा महोत्तरी जिल्लाका नदीमा उत्खनन् ह्वात्तै बढेको छ । सामान्यतया जिल्लाको उत्तरी क्षेत्रका बर्दिबास, भङ्गाहा र गौशाला नगरपालिकामा मनपरी हुँदै आएको नदी उत्खनन् पछिल्लो समयमा जिल्लाको सुदूर दक्षिणी भेगमा पनि ह्वात्तै बढेको हो । दीपावली पर्वको मुखमा नदी किनारमा निर्मित तटबन्ध नै भत्कने गरि उत्खनन् बढेको छ […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२२ कार्तिक । धार्मिक एवं पुरातात्विक सम्पदा कपिलेश्वर मन्दिरको संरक्षण र अभिलेख उपलब्धको खाँचो आँैल्याइएको छ । कपिलेश्वर मन्दिर युवा समितिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो खाँचो औँल्याउँदै पुरातत्व विभागले अभिलेखलाई अलपत्र पारेकाले अन्योलको अवस्था रहेको जानकारी दिइयो । पुरातत्व विभागबाट बेलाबेलामा आएको अध्ययन, अनुसन्धान टोली यहाँको विभिन्न मूर्ति र अभिलेख […]