न्यूजमधेश डेस्क रौतहट,१४ मंसिर । छोरीको हत्यामा संलग्न रहेको आरोपमा बाबुआमासहित सातजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा हत्याका आरोपी आमा, बाबु र पैसा लिएर अमृता साहलाई गोली हानेर हत्या गरेका अन्य पाँच जनालाई सार्वजनिक गरिएको छ । पक्राउ पर्नेमा बाबु रामअयोध्या साहतेली, आमा सीतादेवी र भाडाका हत्याका आरोपी देवाही […]
न्यूजमधेश डेस्क जनकपुरधाम,१४ मंसिर ।सर्लाही जिल्लाको पूर्व–पश्चिम हुलाकी सडकको निर्माण कार्य एक हप्ताभित्र अघि नबढे आन्दोलनमा उत्रने स्थानीयवासीले चेतावनी दिएका छन् । ठेकेदारले लापर्वाही गरेका कारण लामो समयसम्म पनि अलपत्र अवस्थामा रहेको पूर्व–पश्चिम हुलाकी सडकको निर्माण कार्य यथाशीघ्र पुनः सञ्चालन नगरे जिल्लाका राजनीतिक दल र स्थानीयवासी आन्दोलनमा उत्रने भएका हुन् । शनिबार सर्लाही सदरमुकाम मलङ्गवामा […]
न्यूजमधेश डेस्क सप्तरी ,१३ मंसिर । खेल्ने क्रममा साढे तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालतले १४ वर्षीय एक बालकलाई छ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलाशले गत कात्तिक २४ गते कसुर ठहर भई सजाय निर्धारणका लागि पेश भएकामा शुक्रबार कैदसजाय तोकिएको जिल्ला अदालतले जनाएको छ । खेल्ने […]
न्यूजमधेश डेस्क सर्लाही ,१३ मंसिर । जिल्लाको फुलजोरदेखि छिमेकी देश भारतसँग सिमाना जोडिएको त्रिभुवननगरसम्म पुग्ने सडक निर्माणको काम सुस्त भएको भन्दै स्थानीयवासी आक्रोशित भएका छन् । एक्काइस किलोमिटर लामो सडकखण्डको केही भागमा निर्माण सकिएको भए पनि अधिकांश भागको काम अधुरै छ । हुलाकी सडक आयोजनाले निर्माण शुरु गरेको काम निर्माण शुरु भएको लामो समय भइसक्दा […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१२ मंसिर । भारतमा निर्मित अगरबत्तीको १०० थान खाली खोल ल्याउँदा रु दुई लाख ५१ हजार जरिवाना गरेको सुन्दा अचम्भ लाग्छ, तर यो घटना सत्य हो । वीरगञ्ज महानगरपालिका–१६ बाइपासस्थित वैष्णो देवी मन्दिर नजिकै रहेको जय अम्बे टे«ड एण्ड जेनरल अर्डर सप्लायर्सका दीपक भन्ने कामदारले रु ५०० मूल्य बराबरको अगरबतीको १०० खाली […]
न्यूजमधेश डेस्क जनकपुरधाम ,१२ मंसिर । मुख्यमन्त्री लालबाबु राउतले सरुवारोग तथा महामारी नियन्त्रण अस्पताल र ट्रमा सेन्टर निर्माण हुने स्थलको आज निरीक्षण गर्नुभएको छ । बाराको कलैया उपमहानगरपालिका–१६ झिटकैयामा ५० शय्याको सरुवारोग तथा महामारी नियन्त्रण अस्पताल र बाराकै पथलैयास्थित प्रादेशिक स्वास्थ्य तालीम केन्द्रमा ट्रमा सेन्टर निर्माण गर्ने नीतिअनुरुप सो स्थलको निरीक्षण कार्य गरिएको मुख्यमन्त्री तथा […]
न्यूजमधेश डेस्क सर्लाही,१० मंसिर । जिल्लाको धनकौलमा रहेको अन्नपूर्ण चिनी मिलले अहिलेसम्म पनि किसानलाई भुक्तानी दिएको छैन । केही दिनअघि यहाँका उखु किसान अघिल्ला वर्षमा बेचेको उखुको भुक्तानी माग्न काठमाडौँ पुगेका थिए । त्यसबेला उद्योगको केन्द्रीय कार्यालयमा रहेका अन्नपूर्णका उखु प्रबन्धकले छठअघि केही रकम किसानको खातामा पठाउने आश्वासन दिएको तर किसानले अहिलेसम्म पनि भुक्तानी पाएका […]
कुलदिप दास बर्दिबास ,९ मंसिर । महोत्तरीको बर्दिवास नगरपालिका वडा नम्बर १४ शुभम् बस्तीबाट आइतबारदेखि बेपत्ता भएकी ६ वर्षीया बालिका बलात्कार गरेर हत्या गरेको विरोधमा स्थानीयवासी आन्दोलित भएका छन् । आइतबार साँझदेखि बस्तीबाटै हराएकी शहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातुनको शव सोमबार मध्यराति बोरामा राखेर फालिएको अवस्थामा भेटिएको थियो । आक्रोशित स्थानीयवासीले पूर्व–पश्चिम […]