०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

प्रदेश

कारको ठक्करबाट वृद्धको मृत्यु

न्यूजमधेश डेस्क राजविराज ,१२ कार्तिक । पुर्व –पश्चिम राजमार्ग अन्र्तगत सप्तरीको बरमझियामा आज बिहान कारको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको कंचनरुप नगरपालिका वडा नं. २ बरमझिया निवासी ७५ वर्षीय तीलक सुरेत रहेको इलाका प्रहरी कार्यालय कंचनपुरका प्रहरी नायव उपरिक्षक नरेश कुमार सिँहले जानकारी दिनुभयो । पुर्वबाट पश्चिम जाँदै गरेको […]

न्यूजमधेश सम्बादाता झापा, ११ कार्तिक । अदालतबाट दुई महिना कैद र रु एक करोड १५ लाख जरिवाना ठहर भएका एक फरार अभियुक्त एक वर्षपछि आज पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, झापाका सूचना अधिकारी राकेश थापाका अनुसार बैङ्किङ कसुरसम्बन्धी अभियोगमा गत पुस १४ मा उच्च अदालत, विराटनगरको इजलासले कनकाइ नगरपालिका ३ निवासी ५५ वर्षीय […]

अजय कुमार साह जनकपुरधाम ,११ कार्तिक । दशैं, तिहार र छठलगायत चाडपर्वमा नेपालको अर्थतन्त्र बढी चलायमान हुन्छ । दशैं सकिन लागेको र तिहार तथा छठ पर्वको आगमनसँगै जनकपुरसहित देशभरका बजारहरुमा चहलपहल बढेको छ । बजारमा किनमेल गर्नेहरुको भीड बढ्दै गएको छ । दशैंं सकाएर काममा फर्किनेहरु तथा तिहार र छठपर्व मनाउनका लागि आ–आफ्नो गाउँघर आउनेहरुको […]

न्यूजमधेश डेस्क महोत्तरी,१० कार्तिक । महोत्तरीलगायतका मिथिला क्षेत्रमा आज सोमबार देवी प्रतिमा विसर्जन गरिँदैछ । शारदीय नवरात्रका अवसरमा निर्माण गरी स्थापित गरिएका देवी दुर्गाका प्रतिमा देवी पूजन सम्पन्न भएसँगै आज विजया दशमीका दिन पवित्र जलाशयमा विसर्जन गरिन्छ । महोत्तरीको जलेश्वरस्थित अति प्राचीन भार्गव, पुरन्दर सर ९तलाउ० मा आज बिहानैदेखि ठाउँठाउँमा निर्मित देवी प्रतिमा गहिरो जलाशयमा […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१० कार्तिक  ।बडा दशैँअन्तर्गत आज दशमीका दिन मिथिलाञ्चलमा यात्रा पर्व मनाइँदैछ । यात्रा पर्वलाई मिथिलाञ्चलमा जतरा पर्व पनि भनिन्छ ।धार्मिक मान्यताअनुसार दशमीका दिन भगवती दुर्गाको यात्रा हुने भएकाले यसलाई वर्षभरिकै सबैभन्दा पवित्र दिन मानिन्छ । मिथिला क्षेत्र शक्ति उपासनाका लागि प्रसिद्ध रहेको क्षेत्र हो । भगवती दुर्गालाई शक्तिस्वरूपा मानेर परम श्रद्धापूर्वक पूजा […]

न्यूजमधेश सम्बादाता रौतहट,९ कार्तिक । दरबन्दी अनुसारको विशेषज्ञ चिकित्सक नियुक्त गर्न माग गर्दै एच पी एस फाउन्डेसनका संयोजक हेम प्रसाद साहले रिले अनशन सुरु गरेको छ । फाउन्डेसन संयोजक साहका अनुसार झन्डै साढे सात लाख जनसंख्या रहेको रौतहट जिल्लाको एक मात्र जिल्ला अस्पताल रहेको छ।त्यसमा पनि सरकारले तोकेको ९ विशेषज्ञ को दरबन्दी हुँदाहुँदै एक जना […]

न्यूजमधेश डेस्क जनकपुरधाम,९ कार्तिक । जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा गएराती ८ हजार ९ सय ६८ बोका वलि दिइएको छ । महाबीर युवा कमिटीका पूर्व अध्यक्ष सुनिलकुमार प्रसादले दिएको जानकारी अनुसार शनिवार राती ७ बजेर १५ मिनेटमा शुरु भएको सो वलिप्रदान राती ११ बजेर २५ मिनेटसम्म चलेको थियो । एकरातमा संसारमै सबैभन्दा बढी बोकाको वली […]

न्यूजमधेश सम्बादाता सप्तरी ,८ कार्तिक । बलात्कार प्रयास गरेका आरोपमा महदेवा गाउँपालिका वडा नम्बर ३ बलिया बथनाहाका दुई जना पक्राउ परेका छन् । अभियुक्तमा ५२ वर्षीय र ४८ वर्षीय छन् । इलाका प्रहरी कार्यालय कञ्चनरुप सप्तरीका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहका अनुसार आरोपितले एक्लै देखेर पछाडिबाट समाती गत असोज ३० गते बिहान बलात्कार प्रयास गरेको […]