१९ चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

होली कसरी मनाउने ?

Logo
प्रकाशित सोमबार, चैत्र १६, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१६ चैत्र । तपाईं होली कसरी मनाउने तयारीमा हुनुहुन्छ ? संभवत रंग एवं अबिर ल्याउनुहुन्छ । पानी, पिचकरी र लोलाको व्यवस्था गर्नुहुन्छ । पानी छ्याप्नुहुन्छ । रंग दल्नुहुन्छ । लोला हान्नुहुन्छ । अझ तपाई किशोरवय वा युवाअवस्थामा हुनुहुन्छ भने तपाईंले अनेक किसिमको रसायनले आफुलाई रंगाउनुहुनेछ । बेपरवाह बाटोमा हिँड्नेलाई वा आफुले देखे जतिलाई लोला हान्नुहुनेछ । मौका परे पानीले निथु्रक्क भिजाइदिनुहुनेछ ।

शरीरभर रंग दलेर, कपाल र अनुहारलाई बहुरंगी बनाएर सडकमा जत्था बनाएर हिँड्नुहुनेछ । वाइकमा विन्दास हुँइकनुहुनेछ । वा छतमा बसेर लुकीलुकी बटुवालाई पानी छ्याप्नुहुनेछ । अब सोच्नुहोस् त, के तपाईंले होली खेल्नुभयो ? कि अरुलाई सताएर त्यसबाट भद्दा मनोरञ्जन लिनुभयो ?

होलीको मर्म, महिमा, महत्व र मूल्य एकातिर छ । तर, हामी होलीलाई भद्दा मजाक बनाइरहेका छौं । अतः होलीबाट हामीले असली उमंग लिन जानेकै छैनौ । त्यसो भए कसरी खेल्ने त होली ?

हरेक चाड पर्व आपसी सद्भाव, सौहार्द्धता फैलाउने एवं कायम राख्ने मेलो पनि हो । हामीले यस्ता चाडपर्व मनाइरहँदा आफुले मात्र आनन्द लिएर हुँदैन, अरुलाई आनन्दित तुल्याउनु पनि पर्छ । यसर्थ रंगहरुको उत्सव मनाइरहँदा अरुलाई दुःख, कष्ट दिने होइन, आपसी खुसी साट्ने हो ।

होली खेल्नुपूर्व कस्तो रंग प्रयोग गर्ने ? कस्तो पहिरन लगाउने ? सुरक्षाको के कस्ता विधी अपनाउने ? कहाँ खेल्ने ? कोसँग खेल्ने ? कसरी खेल्ने ? मोटामोटी खाका तयार गर्न सकिन्छ । अक्सर आफ्नै घरपरिवार, नातेदार, साथीभाईवीच अबिर दलेर होली खेल्ने गरिन्छ । होली खेल्दा पुराना एवं उज्यालो रंगको पहिरन लगाउने गरिन्छ । कपाल, अनुहारको छाला आदिमा रंगको असर हुनसक्ने भएकाले हेयर आयल, जेल, क्रिम आदि प्रयोग गरिन्छ ।

खासगरी होली होलीका लागि अबिर प्रयोग गर्नु राम्रो मानिन्छ । अझ संभव भएसम्म त प्राकृतिक रंग, जस्तो कि, फूल, पात आदिको रंग, चन्दन आदिको रंग बनाएर होली खेल्ने गरिन्छ । यस किसिमको रंग छालामैत्री हुन्छ । होली खेल्दा मिठोमसिनो खानेकुरा, संगीत आदिको पनि व्यवस्था गरिन्छ । साथै होली खेलिसकेपछि सरसफाईका लागि पानीको व्यवस्था गर्नुपर्छ ।

रंगहरुको पर्व मनाउने आ–आफ्नै तौर तरिका, शैली हुनसक्छ । यद्यपी यसले कसैलाई हानी गर्नु, दुःख दिनु भनेको यस पर्वको वास्तविक मर्मलाई नबुझ्नु हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]