०२ चैत्र २०८२, मंगलबार
17-03-2026 , Tue
×

महामूर्ख सम्मेलन २०७७ को उपाधि महजोडी पाए

Logo
प्रकाशित आइतबार, चैत्र १५, २०७७

न्यूजमधेश डेस्क
जनकपुरधाम ,१५ चैत्र । प्रत्येक वर्ष तराई होलीको पूर्व सन्ध्यामा दिइने ‘महामूर्ख’को उपाधि यस वर्ष ‘मह’ जोडिले पाएका छन् । शनिबार मिथिला नाट्य कला परिषद् ९मिनाप०द्वारा जनकपुरधाममा आयोजित कार्यक्रममा महामूर्खको उपाधि वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश अचार्य ‘मह’ जोडीलाई प्रदान गरिएको हो ।

प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल र मिनापका अध्यक्ष परमेश झाले मह जोडीलाई उपाधि हस्तान्तरण गरे । यस्तै, मन्त्री सोनलले ‘पटमूर्ख’को उपाधि पाएका छन् । मिनापले विभिन्न १५ विधामा उपाधि प्रदान गरेको छ । जसअन्तरगत ‘मुर्ख शेरोमनी’को उपाधी मन्त्री जितेन्द्र सोनलले पाएका हुन् ।

यस्तै, प्रदेशसभा सदस्य परमेश्वर साहले ‘बज्रकिट’, जनकपुरधाम उपमहानगरपालिका ४ का वडाध्यक्ष सुर्दशन सिंह ‘बैशाखानन्द’, जसपाका नेता राजिव झा ‘वंश कुरहारी’, सञ्चार उद्यमी शंकर साह ‘मुसरीलाल’ र सितल साह ‘ढोरवा’को उपाधि पाएका छन् ।

महिला नेत्री विन्दु ठाकुरले ‘खुब सुरती’को उपाधि पाएकी छिन् भने मिथिला चित्रकार एस सी सुमनले ‘घरघुस’को उपाधि पाए । पर्यावरण अभियन्ता सुरेश शार्मा ‘हाराशेख’, सुजित झा ‘सिलौटानन्द’, सञ्चारकर्मी अशोक दत्त ‘बोतलानन्द’, मोडल क्यामप्सका सञ्चालक विरेन्द्र साह ‘लोढाशंकर’, विरेन्द्र कर्ण ‘बज्रकीट’ र मैथली विकास कोषको अध्यक्ष जिवनाथ चौधरी ‘पटमूर्ख’को उपाधिद्वारा सम्मानित भए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]