०७ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

प्रदेश

धनुषामा मोटरसाइकल दुर्घटना : चार बालकको मृत्यु, एक घाइते

न्यूजमधेश डेस्क जनकपुरधाम,१६ चैत्र । धनुषाको सबैलामा गए राति भएकोे मोटरसाइकल दुर्घटनामा चार बालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। सबैला नगरपालिका–१२ बरकुर्वामा राति ८ः३० बजेतिर ज६प ६७३९ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार पाँचमध्ये चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले […]

न्यूजमधेश डेस्क सर्लाही ,११ चैत्र। सर्लाहीको पर्सा गाउँपालिका–३ नारायणपुर चोकमा बिहीबार साँझ ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानिय जोगिन्द्र साहका २ वर्षीय छोरा रितिक साह रहेका छन्। घाइते बालकको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा बेलुकी साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। प्रदेश २, ०३ ००१ त […]

न्यूजमधेश डेस्क काठमाडौं,११ चैत्र । मधेसको टन्टलापुर घाममा बिहानैदेखि पसिना बगाएर सयौं युवा जिल्ला प्रहरी कार्यालय धनुषा अगाडि लामबद्ध छन्। प्रहरी कार्यालयसँगैको तिरहुतिया गाछि मैदानमा उक्त भिडियो हेर्दा यस्तो लाग्छ, त्यहाँ कुनै ठूलो मेला लागेको छ। लाइन बस्दा पटक–पटक झगडा, गालीगलौंच र धक्कामुक्की हुनु सामान्य जस्तै भएको छ। प्रहरी कर्मचारीबाट बेला–बेलामा लाठी र झापड पनि […]

न्यूजमधेश डेस्क जनकपुरधाम,१० चैत्र।मधेस प्रदेशमा लामो समयदेखि विद्युत् महसुल नतिर्ने १२ हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटिएको छ । विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरधामका अनुसार विद्युत् उपभोग गरे पनि लामो समयसम्म विद्युत् महसुल नबुझाउने १२ हजार ८३३ ग्राहकको विद्युत् लाइन काटिएको छ । मधेस प्रदेशका आठवटै जिल्लास्थित वितरण केन्द्रबाट खटिएको टोलीले चालु आर्थिक […]

न्यूजमधेश डेस्क सर्लाही ,९ चैत्र। मधेश प्रदेशका सर्लाही जिल्लाको सदरमुकाम मलंगवाबाट प्रहरीले नाइट्राभेट १० नामक लागुऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ । मंगलवार दिउँसो वडा नम्बर ८ स्थित गोरखकाली प्रहरी चौकी अगाडी चेकिङमा खटिएको प्रहरीको टोलीले हरिवन नगरपालिका ११ बस्ने वर्ष २४ को रोहित लामालाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका लामालाई शंका […]

न्यूजमधेश डेस्क जनकपुरधाम,९ चैत्र । मधेस प्रदेशको प्रदेशसभाको आजका लागि बोलाइएको बैठक पुनः स्थगन गरिएको छ। प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले सूचना जारी गर्दै विशेष कारणवश बैठक स्थगन भएको जानकारी गराउनुभएको छ । प्रदेशसभाको बैठक चौथोपटक स्थगन भएको हो। अर्को बैठक शुक्रबार दिउँसो २ बजे बस्ने तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ। यसअघि गत फागुन […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,८ चैत्र।लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले सरकारमा सहभागी हुनेबारे प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल भइरहेको बताएका छन्। मंगलबार जनकपुरमा आयोजित पार्टीको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा ठाकुरले यस्तो बताएका हुन्। ‘प्रधानमन्त्रीले सरकारमा सहभागी हुन हामीलाई आग्रह गर्नुभएको छ। त्यहीअनुसार पार्टीभित्र छलफल चलिरहेको छ,’ ठाकुरले भने। सरकारमा सहभागिताका लागि आफूहरूले उठाउँदै आएका मागहरू […]

न्यूजमधेश डेस्क सर्लाही,८ चैत्र। सर्लाहीको गोडैता नगरपालिका–१० मा सोमबार राति जिपको ठक्करबाट एक जना पैदलयात्री मृत्यु भएको छ । ठक्करबाट एक जना पैदलयात्री गम्भिर घाइते भएका छन् । मृत्यु हुनेमा भारत घर भई हाल सर्लाहीको गोडैतास्थित माइतीमा बस्दै आएकी ४० वर्षिया रंजिता देबी मंण्डल रहेकी छिन् । उनको अस्पताल लैजाँदै गर्दा बाटोमानै मृत्यु भएको प्रहरीले […]