०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

प्रदेश

मधेश भवनभित्र रुख खस्दा पर्खाल भत्कियो, विद्युत अवरुद्ध

न्यूजमधेश डेस्क जनकपुरधाम,१० भाद्र । प्रदेश २ सरकारको प्रमुख प्रशासनिक केन्द्र रहेको मधेश भवनभित्र एउटा रुख खस्दा विद्युत अवरुद्ध भएको छ । लगातारको बर्षाले जनकपुरधामस्थित मधेश भवनभित्रको एउटा रुख खस्दा विद्युतको पोल भाँचिदिँदा विद्युत अवरुद्ध भएको हो । बिहीबार बिहान एक्कासी बडहरको रुख ढल्दा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साहको निवासको पर्खाल समेत […]

न्यूजमधेश डेस्क सप्तरी ,७ भाद्र । लगातारको वर्षाका कारण सप्कोशी नदीमा आएको बाढीले सप्तरीको कोशी टप्पु भनेर चिनिने गोबरगाढाका बाढीपीडित भोकभोकै बस्न बाध्य छन् । हनुमाननगर कङ्कालिनी नगरपालिका–१३ गोबरगाढाका झण्डै ३५ परिवार विगत चार दिनदेखि राहतको पर्खाइमा छन् । कोशी नदीमा आएको बाढीले गोबरगाढाका घर जलमग्न भएका थिए । वडाध्यक्ष बिन्देश्वर यादवका अनुसार स्थानीय प्रमोद […]

न्यूजमधेश डेस्क सुनसरी ,७ भाद्र । सुनसरीको इटहरी उपमहानगपालिका–२० स्थित पानीपिया नजिकै दुर्घटनामा परेर सोमबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर–१४ का २० वर्षीय सफल राजवंशी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । कोशी राजमार्गअन्तर्गत रानीबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १–०२–०००१–६–८४४५ नम्बरको ट्याङ्करले नम्बर नखुलेको मोटरसाइकललाई ठक्कर दिएको थियो […]

लक्ष्मी साह बारा ,६ भाद्र । ५० हजार रुपैयाँ ऋण चुक्ता गर्न ७ वर्षमा साँवा ब्याजसहित ८ लाख रुपैयाँ पुग्छ भन्दा अचम्म लाग्न सक्छ । तर बारा सिम्रौनगढ नगरपालिका–१० देवापुरटेटाकी ५० वर्षीया निलादेवी ठाकुर लोहारसँग साहु विन्दालाल यादवले चर्को ब्याज मागेका हुन् । निला भने आफू मिटर ब्याजीको फन्दामा परेको भन्दै प्रहरीकोमा पुगेपछि घटना बाहिर आएको छ । […]

मिथिलेश यादव लहान , ६ भदौ । सिरहाको गोलबजार नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्रीधर केसीले आफु चढ्ने जीप चालकलाई दश लाख उपचार खर्च दिन आदेश गरेको खुलेको छ। केसी चढ्ने जिपका चालक गोलबजार नगरपालिका–७ पुरानो चोहर्वाका विक्रम श्रेष्ठलाई दश लाख उपचार खर्च दिन लेखा अधिकृतलाई आदेश दिएका हुन। चालक श्रेष्ठ अधिकृत केसीका नातेदार हुन्। गोलबजार […]

न्यूजमधेश डेस्क सुनसरी ,२८ श्रावण । सुनसरीको कोशी गाउँपालिका– ४ मा आज जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ५५ वर्षीय रामेखङ खत्वे रहेको प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । बिहान शौच गर्न गएको बेलामा कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको हात्तीले आक्रमण गरेको थियो । आक्रमणबाट खत्वेको घटनास्थलमै […]

न्यूजमधेश डेस्क लहान ,२६ श्रावण । विभिन्न अपराधमा संलग्न रही फरार रहेका १३८ फरार अभियुक्तलाई सिरहा प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको छ । अदालतको फैसला कार्यान्वयन गराउन आव २०७७÷७८ मा ती सबैलाई पक्राउ गरी अदालतमा पेश गरेको सिरहा प्रहरीले जनाएको छ । विभिन्न घटनामा संलग्न रही अदालतबाट तोकिएको कैद सजाय, जरिवाना नतिरी फरार अभियुक्तलाई […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२५ श्रावण। आरती साहलाई एसिड प्रहार गरेको आरोपमा धनुषा जिल्ला अदालतले उनका श्रीमान् सञ्जीव साहलाई कसुर गरेको ठहर गर्दै सजाय निर्धारणका लागि पेस गर्ने आदेश गरेको छ । एसिड विक्रेता नागेन्द्र साहको हकमा भने अदालतले सफाइ दिएको हो । जिल्ला अदालतका न्यायधिश कृष्णमुरारी सिवाकोटीको एकल इजलासले एसिड प्रहार गरेको आरतीका श्रीमान् सञ्जीवलाई […]