०४ जेठ २०८१, शुक्रबार
17-05-2024 , Fri
×

प्रदेश

महोत्तरीमा पनि निषेधाज्ञा जारी

न्यूजमधेश डेस्क जलेश्वर,२२ बैशाख । महोत्तरी जिल्लामा कोरोना महामारीको दोस्रो लहर चलिरहेको बेला सङ्क्रमण दरमा अत्यधिक वृद्धि हुनुका साथै आठ व्यक्तिको मृत्युसमेत भइसकेको अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले आजदेखि जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकाभरि नै लागू हुनेगरी वैशाख २२ गते बिहान ६ […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,२२ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देशवासीका नाममा सम्बोधन गर्दै ढाडस दिएका थिए, ‘उपचार नपाएर कोही पनि मर्नुपर्ने अवस्था आउन दिन्नँ’ तर सम्बोधनको एक दिनपछि मंगलबार धनुषाको बटेश्वर गाउँपालिका–४ का ४५ वर्षीय लोकबहादुर परियारको उपचार नपाएरै मृत्यु भयो। चार दिनदेखि रूघाखोकी, जिउ दुख्ने र ज्वरोबाट पीडित उनले गाउँकै औषधि पसलबाट […]

न्यूजमधेश डेस्क झापा ,२१ बैशाख ।जिल्लाको भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकबध प्रहरी चौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको चट्याङ लगेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार सोमबार राति १०ः५५ बजेतिर गस्तीमा रहेको अवस्थामा उहाँ चट्याङ लागेर घाइते हुुनुभएको थियो । तत्कालै भद्रपुरको ओमसाइ पाथिभरा अस्पताल पु¥याउँदा […]

न्यूजमधेश डेस्क जनकपुरधाम,२१ बैशाख । सरकारले संक्रमणको अवस्थालाई मध्यनजर गर्दै जिल्लामा निषेध आदेश जारी गर्न सिडियोहरुलाई नै प्रत्यायोजन गरेको अधिकार प्रयोग गर्दै धनुषासहित विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीबाट निषेधाज्ञा जारी भएको छ । कोरोना भाईरस डबल म्युटेन्टको तीब्र रुपमा फैलिँदो सङ्क्रमण रोकथामको प्रयास स्वरुप प्रमुख जिल्ला अधिकारीहरुले जिल्ला जिल्लामा निषेधाज्ञा जारी गरेका हुन् । काठमाण्डौं […]

न्यूजमधेश डेस्क इनरुवा ,१९ बैशाख । सुनसरी प्रशासनले शनिबार इनरुवा–३ स्थित महेन्द्रचोक क्षेत्र सिल गरेको छ । तीन दिनको अवधिमा कोरोना सङ्क्रमणबाट एकै परिवारका दुईको मृत्यु र सात जना सङ्क्रमित भएपछि तत्काललाई सो क्षेत्र सिल गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताउनुभयो । अर्को सूचना जारी नभएसम्मका लागि महेन्द्रचोक क्षेत्र सिल गरिएको उहाँले जानकारी दिनुभयो […]

न्यूजमधेश डेस्क सुनसरी ,१७ बैशाख । सुनसरीमा शुक्रबार मध्यरातदेखि निषेधाज्ञा सुरु हुने भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले शुक्रबार मध्य(रातिदेखि लागु हुनेगरी निषेधाज्ञा जारी गरेको छ । कोरोना भाइरसको दोस्रो लहरसँगै संक्रमितको तीव्र दरले एक साताका लागि निषेधाज्ञा जारी गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताएका छन् । निषेधाज्ञा २४ गतेको मध्य(रातिसम्म गरिनेछ […]

न्यूजमधेश डेस्क कंचनपुर ,१५ बैशाख । प्रलोभनमा पारेर भारततर्फ लग्दै गरेका १२५ महिला बेचबिखन हुनबाट जोगिएका छन् । माइती नेपाल कञ्चनपुरले सीमानाका गड्डाचौकी र झोलुङ्गे पुल हुँदै भारततर्फ लैजाँदै गरेका महिलाको रोकथाम गरी घर फिर्ता पठाएको हो । गत १४ महिनाको अवधिमा भारततर्फ प्रलोभनमा परेर लग्दै गरेका महिलाको सीमानाकामा रोकथाम गरिएको माइती नेपालका कञ्चनपुर संयोजक […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१५ बैशाख । संघीय सांसद प्रदिप यादवले एम्बुलेन्स तथा शव वाहन हस्तान्तरण गरेका छन् । आफ्नो संसदीय विकास कोषबाट खरिद गरिएको शव वाहन वीरगञ्ज महानगरपालिकामा उद्घाटन गरी हस्तान्तरण गरेका हुन् । आज एक कार्यक्रमकाबीच एम्बुलेन्स शव वाहन उपलब्ध गराइएको सांसद यादवले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।