२४ बैशाख २०८१, सोमबार
06-05-2024 , Mon
×

समाज

मानव बेचबिखन रोक्न आमजनतामा जनचेतना जगाउनु पर्छ : उपसचिव खत्री

न्यूजमधेश डेस्क जनकपुरधाम,२० भाद्र।महिला बालबालिका,युवा तथा खेलकुद मन्त्रालय मधेश प्रदेशका उपसचिव देवकी खत्रीले मानव बेचबिखन रोक्न सबै मिलेर जनचेतना जगाउनु पर्ने बताएकी छ्न । ‘हाम्रो आवाज चेलीबेटी बेचबिखनबाट मुक्त समाज र तिनैतहको सरकार मानव बेचबिखन विरुद्धको सरोकार’भन्ने मूल नाराका साथ मानव वेचविखन तथा ओसारपसार बिरुद्धका १६ औं राष्ट्रिय दिवसका अवसरमा माईती नेपाल धनुषाले जनकपुरको जानकी […]

परबिन कुमार पण्डित जनकपुरधाम ,१९ भाद्र।रौतहटमा करेन्ट लागेर एक बालिकाको ज्यान गएको छ। जिल्लाको गरुडा नगरपालिका-२ का स्थानीय दिनेश सहनीकी १४ वर्षीय छोरी अम्बिका सहनीको करेन्ट लागेर मृत्यु भएको हो । उनलाई आइतबार करिब १ बजेको समयमा नुहाउने क्रममा धारामा लगाएको मोटरबाट करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

न्यूजमधेश डेस्क जनकपुरधाम ,१८ भाद्र। धनुषाबाट प्रतिबन्धित लागु औषधसहित दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका ४ बिनटोलका २१ वर्षीय राजकिशोर मुखिया र २२ वर्षीय शत्रुधन यादव रहेको जिल्ला प्रहरी कार्यलय धनुषाले जानकारी दिए। ईलाका प्रहरी कार्यलय खजुरीका प्र.नि निरंजन घिमिरे र सशस्त्र प्रहरी बल बिओपि महिनाथपुरबाट सशस्त्र प्रहरी निरीक्षक गणेश दत्त […]

क्रान्ति शाह वीरगन्ज,१६ भाद्र। मिटरब्याजीको चंगुलमा फसेर छोरो ३ महिनादेखि जेलमा परेपछि आमा ७३ वर्षीया सुनैनादेवी यादव बिलखबन्दमा परेकी छन्। घर व्यवहार चलाउन भन्दै रौतहटको मौलापुर नगरपालिका–२ सोनरनियाकी सुनैनाका छोरा दयाशंकरप्रसाद यादवले २०७६ असोजमा नातामै पर्ने बाराको कलैया उपमहानगरपालिका–५ घुसुकपुरका अनिल यादव प्रियदर्शीसँग १४ लाख रुपैयाँ ऋण लिएका थिए। अनिल बाराकै प्रसौनी गाउँपालिका–३ नौतन गण्डकस्थित […]

न्यूजमधेश डेस्क जनकपुरधाम ,१४ भाद्र। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता प्रगतिशील पार्टी नेपालबीच आसन्न आम निर्वाचनमा गठबन्धन गर्ने निर्णय भएको छ । मंसिर ४ गते हुने आम निर्वाचनमा जनता प्रगतिशील पार्टीसँग गठबन्धन गर्ने सहमती भएको लोसपा प्रमुख सचेतक तथा वार्ता समितिका संयोजक उमाशंकर अरगरियाले जानकारी दिए । गठबन्धन गर्ने सहमती पत्रमा लोसपाको तर्फबाट वार्ता […]

न्यूजमधेश डेस्क सिरहा ,११ भाद्र। सिरहाका एक जना जनप्रतिनिधिले श्राद्धमा गर्ने खर्चले एम्बुलेन्स किन्ने निर्णय गरेका छन् । सिरहा नगरपालिका वडा नम्बर ६ का अध्यक्ष इन्द्रजीत यादवले एक साताअघि बितेका आफ्ना हजुरआमाको श्राद्धको भोज नगर्ने र त्यो रकमले एम्बुलेन्स किन्ने बताएका छन् । ‘सुरुमा उहाँको श्राद्धको भोज गर्नुपर्छ भन्ने सबैको सहमति भयो’ वडाअध्यक्ष यादवले भने, […]

न्यूजमधेश डेस्क सिरहा,७ भाद्र। सिरहा लहान नगरपालिका–१४ बस्तीपुरका ८० वर्षीय फेकु महतोको ठूलो इच्छा थियो, नेपाली कांग्रेसका नेता प्रदीप गिरिलाई अन्तिम बिदाइ तथा श्रद्धाञ्जली अर्पण गर्ने । तर आफ्ना प्रिय नेताको पार्थिव शरीरमाथि श्रद्धाञ्जली अर्पण गर्ने उनको इच्छा त्यत्तिकै रह्यो । उपचारका क्रममा निधन भएका कांग्रेस नेता गिरिको निधनपछि काठमाडौँको पशुपति आर्यघाटमा अन्तिम बिदाइ गरेका […]

न्यूजमधेश डेस्क झापा,६ भाद्र । यहाँका पूर्वी र उत्तर क्षेत्रका सर्वसाधारणलाई अझै पनि जङ्गली हात्तीको त्रास छ । भारतबाट प्रवेश गर्ने जङ्गली हात्ती नियन्त्रण गर्न विश्व बैंकको सहयोगमा नेपाल सरकारले हात्ती प्रवेश गर्ने गौँडामा विद्युतीय तारबार गरे पनि जङ्गली हात्ती रोक्न सकिएको छैन । हालसम्म झापामा हात्तीको आक्रमणबाट ४८ नेपाली नागरिकको मृत्यु र गैर नागरिक […]