२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

मन्त्री साहले भने,‘कोरोनाको खोप सुरक्षित छ, निर्धक्क भएर लगाउनुस्’

Logo
प्रकाशित बुधबार, माघ १४, २०७७

न्यूजमधेश डेस्क
सप्तरी,१४ माघ । सप्तरीमा बुधबारदेखि कोरोना बिरुद्धको खोप लगाउने अभियान सुरु भएको छ । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा आयोजित एक कार्यक्रमबीच अभियानको उद्घाटन गरेका हुन् ।

जिल्लामा पहिलो चरणमा ३ हजार ७ सय ५४ जनालाई खोप लगाउने योजना रहेको छ । मन्त्री साहले अभियानको उद्घाटन गरेपश्चात् सो अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। रन्जित झालगायतका चिकित्सक, स्वास्थ्यकर्मी, एम्बुलेन्स र शववहानका चालक तथा स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारी र सफाइकर्मीले खोप लगाएका छन् ।

सो अवसरमा मन्त्री साहले यो खोप जिवनरक्षाका लागि सुरक्षित भएको भन्दै निर्धक्क भई लगाउन आग्रह गरे । उनले भने, ‘यो सुरक्षित छ, कुनै शंका नगरी ढुक्क भई लगाउनुहोस् ।’ खोपबारे विभिन्न भ्रामक हल्ला चलाइएको प्रंसङ्ग कोट्याउँदै उनले त्यस्तो हल्लाको पछाडी नलाग्न सबैमा आग्रह पनि गरे ।

मन्त्री साहले सबैलाई आश्वस्त पार्न स्वास्थ्यकर्मीहरुबाटै खोप लगाएर अभियानको सुरुवात गरिएको बताए । कार्यक्रममा गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा। रन्जित झाले कोही पनि यो खोपबारे भ्रममा नपर्न आग्रह गरे । उनले भने, ‘भारतमा परिक्षण भइसकेर आएको खोपले कुनै नराम्रो घटना भइहाल्छ भन्ने सोच्नु र आत्तिनु पर्दैन् ।’

भारत सरकारले पहिलो पटक १० लाख डोज “कोभिशिल्ड” खोप नेपाललाई उपहार स्वरुप उपलब्ध गराएपछि देशैभर एकैदिन कोरोनाविरुद्धको खोप लगाउने अभियान सुरु भएको हो ।

सप्तरीमा राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल र रुपनी गाउँपालिकास्थित ठाकोदेबी जोगेन्द्र भगत प्रहरी अस्पतालमा गरी दुई स्थानको खोप केन्द्रबाट कोरोना बिरुद्धको खोप अभियान संचालनमा ल्याइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।

जिल्लामा हालसम्म कोरोना संक्रमणले ज्यान गुमाउनेको संख्या ४१ रहेको छ भने १ हजार ८ सय ३० जना संक्रमित भएका छन् । संक्रमित सबै निको भई घर फर्किएपछि हाल संक्रमितको संख्या शुन्यमा झरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राजविराज। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश सरकार संवेदनशील रहेको बताएका छन्। सप्तरीको महादेवा गाउँपालिका—१ स्थित चिम्टीका अग्निपीडितको अवस्थाबारे आज जानकारी लिनेक्रममा आज मुख्यमन्त्री यादवले मधेसमा बसोबास गर्ने हरेक व्यक्तिको पीडा र समस्याप्रति सरकार संवेदनशील रहेको बताए। उनले आगलागीपीडित जनतालाई राहत तथा पुनस्र्थापनाका काममा पनि सरकार तदारुकताका साथ लाग्ने भन्दै उनले समस्याबाट नआत्तिन […]

महोत्तरी। बालबालिका न हुन्, घरबारविहीन भई खुला आकाशमुनि आउँदा पनि निस्फिक्री जीवन बाँचिरहेका छन्। न छानाको चिन्ता छ न मानाको। चिन्ता छ त केवल ‘खरानीको घर’ अरुको भन्दा राम्रोसँग कसरी ठड्याउने ! यही वैशाख १२ गते आगलागीबाट एक सयभन्दा बढी घर जलेर खरानी भएका महोत्तरीको मटिहानी-६ को जरलहवागाछी बस्तीमा अहिले यस्तै दृश्य देखिन्छन्। घरबास कहिले […]

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२ डिग्री सेल्सियसको सेरोफेरोमा छ । प्रचण्ड रापसँगैको तातो हावाका बीच पनि यहाँ गृहिणी भने बर्खा यामका लागि ‘गुइँठा’ बनाउन व्यस्त छन् । मधेसमा खाना पकाउने इन्धनको जोहोमा ‘गुइँठा’ बनाउने व्यस्तता बढेको हो । बर्खामास खाना पकाउन यहाँका गृहिणी जेठसम्म ‘गुइँठा’ बनाउने काममा व्यस्त हुन्छन् । […]