२० फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

मन्त्री साहले भने,‘कोरोनाको खोप सुरक्षित छ, निर्धक्क भएर लगाउनुस्’

Logo
प्रकाशित बुधबार, माघ १४, २०७७

न्यूजमधेश डेस्क
सप्तरी,१४ माघ । सप्तरीमा बुधबारदेखि कोरोना बिरुद्धको खोप लगाउने अभियान सुरु भएको छ । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा आयोजित एक कार्यक्रमबीच अभियानको उद्घाटन गरेका हुन् ।

जिल्लामा पहिलो चरणमा ३ हजार ७ सय ५४ जनालाई खोप लगाउने योजना रहेको छ । मन्त्री साहले अभियानको उद्घाटन गरेपश्चात् सो अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। रन्जित झालगायतका चिकित्सक, स्वास्थ्यकर्मी, एम्बुलेन्स र शववहानका चालक तथा स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारी र सफाइकर्मीले खोप लगाएका छन् ।

सो अवसरमा मन्त्री साहले यो खोप जिवनरक्षाका लागि सुरक्षित भएको भन्दै निर्धक्क भई लगाउन आग्रह गरे । उनले भने, ‘यो सुरक्षित छ, कुनै शंका नगरी ढुक्क भई लगाउनुहोस् ।’ खोपबारे विभिन्न भ्रामक हल्ला चलाइएको प्रंसङ्ग कोट्याउँदै उनले त्यस्तो हल्लाको पछाडी नलाग्न सबैमा आग्रह पनि गरे ।

मन्त्री साहले सबैलाई आश्वस्त पार्न स्वास्थ्यकर्मीहरुबाटै खोप लगाएर अभियानको सुरुवात गरिएको बताए । कार्यक्रममा गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख डा। रन्जित झाले कोही पनि यो खोपबारे भ्रममा नपर्न आग्रह गरे । उनले भने, ‘भारतमा परिक्षण भइसकेर आएको खोपले कुनै नराम्रो घटना भइहाल्छ भन्ने सोच्नु र आत्तिनु पर्दैन् ।’

भारत सरकारले पहिलो पटक १० लाख डोज “कोभिशिल्ड” खोप नेपाललाई उपहार स्वरुप उपलब्ध गराएपछि देशैभर एकैदिन कोरोनाविरुद्धको खोप लगाउने अभियान सुरु भएको हो ।

सप्तरीमा राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल र रुपनी गाउँपालिकास्थित ठाकोदेबी जोगेन्द्र भगत प्रहरी अस्पतालमा गरी दुई स्थानको खोप केन्द्रबाट कोरोना बिरुद्धको खोप अभियान संचालनमा ल्याइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् ।

जिल्लामा हालसम्म कोरोना संक्रमणले ज्यान गुमाउनेको संख्या ४१ रहेको छ भने १ हजार ८ सय ३० जना संक्रमित भएका छन् । संक्रमित सबै निको भई घर फर्किएपछि हाल संक्रमितको संख्या शुन्यमा झरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]