१६ चैत्र २०८२, मंगलबार
31-03-2026 , Tue
×

पर्सामा ६ सय नेताकार्यकर्ता जनमत प्रवेश

मुख्यमन्त्री सिंहले गरे स्वागत
Logo
न्यूज मधेश प्रकाशित आइतबार, कार्तिक १०, २०८१

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् ।

पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो नेतृत्वको सरकारले अहिले अगाडि बढाएको उनले बताए ।मुख्यमन्त्री सिंहले भने,‘संघीयताको वास्तविक अनुभूती अब मधेसका जनताले गर्न पाउँछन् । अबको ६ महिनाभित्रमा मधेस सरकारले यहाँका जनतालाई संघीयताको अनुभूती गराउँछ ।’

विगतको सरकारको जस्तो मधेस प्रदेश सरकारका योजनाको लाभ सत्ताधारी दलका कार्यकर्ताले नभई अब त्यसको लाभ सिधै जनताले पाउने उनले बताए । उनले भने,‘ कार्यकर्ता पोस्ने काम यो सरकारले गर्दैन । हरेक योजना जनताको आवश्यकता र चाहना अनुसार वितरण हुन्छ।’

मुख्यमन्त्री सिंहले संघ सरकार र उसका मातहतका कर्मचारी संयन्त्रको असहयोगका बाबजुदपनि प्रदेश सरकारले ती चुनौतीलाई चिर्दै मधेसको विकास र समृद्धिका लागि काम गरिरहेको जिकिरपनि गरे ।युवाको विदेश पलायन रोक्न प्रदेश सरकारले मधेसमै रोजगारी र अवसरको सृजना गर्न कृषि, पर्यटन लगायतका क्षेत्रमा काम गरिरहेको उनले बताए ।

मधेस सरकारले वीरगन्जमा आइटी पार्क , माटो पार्क निर्माण लगायतका महत्वकांक्षी योजनाहरु चालु आर्थिक वर्षको बजेटमा समावेश गरिसकेको जानकारी गराउँदै उनले त्यसका लागि जग्गा खोजीको काम भइरहेको बताए ।

कार्यक्रममा विभिन्न दलका गरि ६ सय भन्दा बढी नेताकार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेको र उनिहरुलाई मुख्यमन्त्री सिंहले टीका लगाएर पार्टीमा स्वागत गरेको जनमत पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिए ।

कार्यक्रम संयोजक बृजेश्वर प्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रमलाई केन्द्रिय सदस्यहरु हरिहर साह कानु,सिमा गुप्ता र श्याम गुप्ता, जिल्ला अध्यक्ष सर्राफ, नेतृ रम्भा मिश्रा,नेता सुनिल मुखिया लगायतलेपनि सम्बोधन गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

जनकपुरधाम : मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यही मड्सिर २१ गते जनकपुरधाममा मनाइने राम सीताको विवाह महोत्सव अर्थात् विवाह पञ्चमीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजनामा विवाह पञ्चमी महोत्सव तयारी सम्बन्धमा आज यहाँ आयोजित बैठकमा उहाँले सो निर्देशन दिनुभएको हो । मुख्यमन्त्री सिंहले भारतको अयोध्याधामबाट आउने जन्ती तथा […]

वीरगन्ज : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशमा जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनेपछि मधेसी जनतामा नयाँ आशा पलाएको बताएका छन् । पर्साको जगरनाथपुर गाँउपालिका वडा नम्बर ४ सुहपुरमा आइतबार जनमत पार्टीले आयोजना गरेको बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले यस्तो दाबी गरेका हुन् ।मधेस प्रदेशमा विगत ७ वर्षदेखि जकडिएका कामहरु आफनो […]