१४ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

जसपाका एक दर्जन नेता नेकपा ओली समूहमा प्रवेशको तयारीमा

Logo
प्रकाशित शुक्रबार, माघ २३, २०७७

न्यूजमधेश डेस्क
काठमाडौं,२३ माघ । दुई दिनअघि जनता समाजवादी पार्टी ९जसपा० का नेता शिवजी यादव नेकपा ओली समूहमा प्रवेश गरे । र, प्रवेशलगत्तै यादवले भने, ुजसपामा एक(दुई दिनमा पहिरो जान्छ ।ु

तत्कालीन संघीय समाजवादी पार्टीको पदाधिकारी रहेका यादव एक्कासि ओली समूहमा प्रवेश गर्लान् भन्नेचाहिँ जसपाका नेताहरूले सोचेका थिएनन् ।

अध्यक्ष उपेन्द्र यादवनिकट मानिएका यादव असन्तुष्ट भएको चर्चा पनि चलेको थिएन । बरु, संसद विघटनअघि अन्य दर्जन सांसदको नाम चर्चामा थियो । जसपा स्रोतका अनुसार प्रधानमन्त्री ओलीले जसपाका अन्य एक दर्जन नेताहरूमाथि नजर लगाएका छन् । जसलाई केही दिनभित्रै पार्टी प्रवेश गराउने प्रयासमा छन् ।

प्रदेश २ मा आफ्नो उपस्थिति बलियो गराउने प्रयासमा रहेका ओली जसपाका नेताहरू त्यसमा पनि उपेन्द्र यादवनिकटलाई तान्ने प्रयासमा छन् । अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो ओलीको प्रतिनिधिसभा विघटनप्रति तटस्थजस्तो देखिन्छन् । महतोले भनेका छन्, ुप्रतिनिधिसभा पुनःस्थापनाले समस्या समाधान गर्दैन ।ु

त्यसैले जसपामा बलियो देखिएको उपेन्द्र यादवको समूहलाई विभाजित गर्ने प्रयासमा ओलीले त्यस समूहका नेताहरूलाई भित्र्याउने प्रयास गरेका हुन् । जसपा स्रोतकाअनुसार विमल श्रीवास्तव, रेणु यादव, प्रदीप यादवलगायतका नेताहरूलाई ओलीले पार्टी प्रवेश गराउने तयारी गरेका छन् ।

त्यसमा राजपाका पूर्वअध्यक्ष राजकिशोर यादव पनि रहेको स्रोतको दाबी छ । यो समूहले पटक(पटक ओली समूहसँग छलफल गरेका छन् । अपहरण काण्डले चर्चा बटुलेका सुरेन्द्र यादव पनि ओली समूहमा प्रवेशका लागि छलफलमा छन् ।

राजकिशोर यादव नेकपा प्रवेश गर्ने पार्टीभित्र चर्चा भए पनि यो विषय कल्पना पनि गर्न नसक्ने उनी बताउँछन् । पार्टीभित्र आफ्नो राजीनिक चरित्र हत्या गर्न यस्तो हल्ला चलाएको हुनसक्ने उनको प्रतिक्रिया छ ।

ुप्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक भएको भन्ने कुरामा म प्रस्ट छु । त्यसकारण असंवैधानिक कदम चाल्ने पार्टीमा प्रवेश गर्ने कल्पना नृ गर्न सकिँदैन । मेरो राजनीतिक चरित्र हत्या गर्न हल्ला चलाइएको होु उनको भनाइ छ ।

श्रीवास्तवले प्रतिनिधिसभा विघटनअघि नै जसपाबाट करिब १२ जना सांसद बोकेर नयाँ पार्टी बनाउने र ओली समूहमा समाहित हुने प्रयास गरेका थिए । तर, त्यतिबेला राजनीतिक दलसम्बन्धी ऐनको दफाले रोकेको थियो । ऐनले संसद् र केन्द्रीय समिति दुवैतिर ४० प्रतिशत संख्या चाहिने व्यवस्था गरेको छ ।

तर, केन्द्रीय समितिमा श्रीवास्तवले ४० प्रतिशत पुर्‍याउने सम्भावना थिएन । त्यसैले त्यतिबेला रोकिएका श्रीवास्तवलाई अहिले बाटो खुला भएको हो ।

स्थानीय निर्वाचनका बेला राजपाबाट वीरगञ्ज महानगरको मेयरमा टिकट नपाएपछि विजय गच्छदारको लोकतान्त्रिक फोरमबाट मेयरको उम्मेदवार भएका थिए, श्रीवास्तव । मेयरमा पराजित भएपछि संघीय समाजवादीमा प्रवेश गरेर श्रीवास्तवले प्रतिनिधिसभाको टिकट हात परेका हुन् ।

जसपाका एक केन्द्रीय कार्यकारिणी सदस्यले दिएको जानकारीअनुसार श्रीवास्तवले ४० प्रतिशत सांसदको संख्या पुर्‍याएर पार्टी विभाजनको प्रयास गरेका थिए । त्यतिबेला उनीसँग करिब ३० प्रतिशत संख्या पुगिसकेको थियो । ३४ जना सांसद रहेको जसपामा श्रीवास्तवले ११ जनाको साथ पाएका थिए ।

श्रीवास्तव संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिको सभापतिसमेत थिए । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनले पहिला पनि पार्टी विभाजनको भूमिका खेलेका थिए ।

प्रदीप यादव संसादको हैसियतमा गत वर्ष स्वतन्त्र तिब्बतको कार्यक्रम सहभागी हुन लिथुनिया गएपछि विवादमा तानिएका थिए । गत वैशाखमा रेणु यादव, मोहम्मद इस्तियाक राई, विमल श्रीवास्तव, सुरेशकुमार यादवलगायतका नेताहरू सक्रिय थिए । त्यतिबेला यादवले विभाजनका लागि सक्रिय र नेतृत्वदायी भूमिका खेलेकी थिइन् । तर, अहिले विमल श्रीवास्तव सक्रिय रहेको जसपाका एक पदाधिकारीले दाबी गरे ।

वैशाखमा पार्टी विभाजन गर्न नसकेका श्रीवास्तव पार्टी एकतापछि जसपाको केन्द्रीय सदस्य पनि बन्न सकेनन् । विभाजनको खेलमा संलग्न भएको भन्दै अध्यक्ष उपेन्द्र यादवले श्रीवास्तवको नाम केन्द्रीय सदस्यका लागि सिफारिस नै गरेनन् । त्यसपछि झन् रुष्ट भएका श्रीवास्तव ओली समूहमा प्रवेश गर्न खोजेको जसपाका नेताको दाबी छ ।

१० वैशाख २०७७ मा राजपा र संघीय समाजवादी पार्टीले रातारात एकता गरेका थिए । तीन दिनअघि ७ वैशाखमा दल विभाजनका लागि सहज हुने गरी सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि संघीय समाजवादी पार्टी विभाजनको डिलमा पुगेको थियो ।

विभाजनका लागि समाजवादी दलका नेताहरू यादव, राई, श्रीवास्तवलगायतका नेता सक्रिय रूपमा लागेका थिए । सरकारले ल्याएको अध्यादेशले संसदीय दलमा ४० प्रतिशत सांसद भए वा केन्द्रीय समितिमा ४० प्रतिशत संख्या पुग्ने अवस्थामा दल विभाजन गर्न सकिने व्यवस्था गरेको थियो । त्यही आधारमा समाजवादी दलका केही नेताहरूको प्रयासमा ४० प्रतिशत सांसद पुग्ने अवस्था आएको थियो ।

त्यो संख्या पुर्‍याउन नदिन राजपा र समाजवादी पार्टीबीच रातारात एकताको घोषणा गरियो । जसले गर्दा यादव, श्रीवास्तव र इस्तियाकहरूको प्रयास सफल नभएको हो । त्यतिबेलादेखि नै सुषुप्त अवस्थामा रहेको त्यो चाहना जनता समाजवादी पार्टीमा प्रकट हुन थालेको नेताहरूको भनाइको छ । अहिले यो विषयमा जसपाका नेताहरू औपचारिक रूपमा बोल्न भने मानिरहेका छैनन् । -शिलापत्र

कमेन्ट गर्नुहोस्
सम्बन्धित

महोत्तरी : महोत्तरी २ मा जनता समाजवादी पार्टी (जसपा नेपाल) बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार शरद सिंह भण्डारीलाई जिताउन रामसुहाग यादव’मुखिया जी’ दिनरात खटिरहका छन्। लोहरपट्टी नगरपालिकाका जसपाबाट मेयरका प्रत्यासी समेत रहेका मखिया जी अहिले सिंहका लागि चुनावी कमाण्डरका रूपमा खटिरहेका छन्। ८ औ पटक चनावी प्रतिस्पर्धामा रहेका सिंहलाई सघाउन उनी निकै खटिरहेका छन्। उक्त क्षेत्रमा […]

सिरहा ,१५ भदौ । जनमत पार्टीले मिर्चैया नगरपालिकाको नगर कार्यसमितिको अध्यक्षको जिम्मेवारी अंजय कुमार साहलाई जिम्मेवारी दिएको छ । जनमतले शुक्रबार साहलाई नगर अध्यक्षको जिम्मेवारी दिएको हो । साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था मिर्चैयाका निर्वाचित अध्यक्षसमेत रहेका साह युवा नेताका रूपमा चर्चित र स्थापित छन् । नगर नेतृत्वको जिम्मेवारी पाएपछि साहले पार्टी अध्यक्ष […]

काठमाडौं,१२ भदौ । महोत्तरीको भंगाह नगरपालिकाका मेयर सञ्जिव साहले अश्लिलता प्रदर्शन गर्ने विवादित कार्यक्रम ‘आर्केस्ट्रा’को आयोजनास्थलमै एक युवालाई कुटपीट गर्दै मोबाइल खोसेका छन् । स्थानीय युवा रविन्द्र महत्तोले गाउँमा ‘आर्केस्ट्रा मेला’ लगाएको विषयमा प्रश्न गर्दै कार्यक्रममा उपस्थित मेयरको फोटो भिडियो खिच्न खोज्दा आक्रोशित बन्दै युवामाथि कुटपीटसहित मोबाइल खोसेर लगेका हुन् । ‘आर्केस्ट्रा’ जस्तो संवेदनशिल कार्यक्रम […]